विशेष

Search news by date range:

  • वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाउने मन्त्रिपरिषद निर्णय, २२ स्थानीय तह थपिए

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ८ -

    स्थानीय तहको संख्या पुनरावलोकन गर्न गठित कार्यदलको सिफारिसअनुसार सरकारले वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार अबेर बसेको बैठकले उक्त निर्णय गरेको हो।

  • वीरगन्ज र विराटनगर महानगरपालिका बनाउन सिफारिस, कहाँ कति स्थानीय तह थप्ने (सूचीसहित)

    काठमाडौं, ८ जेठ (सेतोपाटी) -

    स्थानीय तहको संख्या पुनरावलोकन गर्न गठीत कार्यदलले वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाउनको लागि सिफारिस गरेको छ। सोमबार बसेको कार्यदलको बैठकले तराई मधेशमा २३ वटा गाँउपालिका थप्ने समेत सिफारिस गरेको छ।

  • घरजग्गाले उकासेको नगरमा हरियाली योजना

    घरजग्गाले उकासेको नगरमा हरियाली योजना समुन्द्र राज घिमिरे, सीतापाइला (रामकोट), जेठ ८ -

    आफू एक्लैले ९० लाख लगानी गरेर नगरपालिकाका पाँच सय परिवारलाई पानी वितरण गरेको बताउने मोहन राजाको शासनकालसम्म घरजग्गा व्यवसायमा संलग्न थिए। घरजग्गा व्यवसायबाट २२/२३ करोड हाराहारी कमाइ भएपछि पूर्णकालीन राजनीतिमा लागेको उनी बताउँछन्।

  • निर्वाचन नतिजा अपेक्षाकृत : माओवादी केन्द्र

    निर्वाचन नतिजा अपेक्षाकृत : माओवादी केन्द्र सेतोपाटी संवाददाता , जेठ ८, काठमाडौं -

    सोमबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन समिक्षा गर्दै स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत भएको निष्कर्ष निकालेको उनकै वेवसाइटमार्फत जानकारी दिइएको छ।

  • बजेट अधिवेशन सुरू, भोलिदेखि बजेटको विषयमा छलफल हुने

    बजेट अधिवेशन सुरू, भोलिदेखि बजेटको विषयमा छलफल हुने सन्जिब बगाले, काठमाडौं, जेठ ८ -

    संसदको बजेट अधिवेशन सोमबारबाट सुरू भएको छ। आज बसेको व्यवस्थापिका संसद बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउँदै बजेट अधिवेशन सुरू भएको जानकारी गराएकी हुन्।

  • अब १० स्थानको मात्र नतिजा आउन बाँकी (हेर्नुहोस् कुन-कुन)

    अब १० स्थानको मात्र नतिजा आउन बाँकी (हेर्नुहोस् कुन-कुन) सेतोपाटी , काठमाडौं जेठ ८ -

    पहिलो चरणमा ३४ जिल्लाका २८३ स्थानीय तहमा भएको निर्वाचनमध्ये २७३ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये नेकपा एमालेले ११६ स्थानमा विजय हाशिल गरेको छ भने नेपाली कांग्रेसले १०४ स्थानमा जितेको छ। यस्तै माओवादी केन्द्रले ४६ स्थानमा जितेको छ। नेमकिपा, नयाँ शक्ति, राजमोले एक-एक स्थानमा जित्दा स्वतन्त्र उम्मेद्वारले तीन ठाउँबाट विजयी भएका छन्। अब १० स्थानको अन्तिम नतिजा आउन बाँकी छ।

  • कहाँ-कहाँ कुन पार्टीले जिते?(हेर्नुहोस् अपडेट सूची)

    कहाँ-कहाँ कुन पार्टीले जिते?(हेर्नुहोस् अपडेट सूची) सेतोपाटी संवाददाता, काठमाडौ, जेठ ८ - स्थानीय तह निर्वाचनमा अधिका‌ंश स्थानको नतिजा आइसकेको छ।  हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन्। एमालेले विजय हासिल गरेका स्थानहरुः काठमाडौं, शंखरापुर नगरपालिकाः सुवर्ण श्रेष्ठ कास्की, माछापुच्छ्रे गाउँपालिका :कर्णबहादुर गुरुङ कास्...

  • पहिलो चरणको चुनावको मुख्य विजेता- माओवादी केन्द्र

    पहिलो चरणको चुनावको मुख्य विजेता- माओवादी केन्द्र अमित ढकाल -

    यो सन्देश माओवादी केन्द्रका लागि कम सुखद छैन। तेस्रो ठूलो दलमा कायम रहनेबित्तिकै माओवादी केन्द्र आगामी संसदीय चुनावपछि बन्ने सरकारको पनि 'किङ मेकर' हुनेछ। केही दिनअघिसम्म आउने स्थानीय र संसदीय चुनावपछि माओवादी पार्टी ‘पत्तासाफ’ हुने अड्कलबीच 'किङ मेकर’ का रुपमा स्थापित हुनेतर्फ अघि बढ्नु माओवादीका लागि सानो उपलब्धि हैन।

  • काठमाडौं महानगरका १० वटा वडामा नतिजा घोषित, एमाले-६, कांग्रेस-४

    काठमाडौं, जेठ ७ (सेतोपाटी) -

    काठमाडौं महानगरपालिकामा अहिलेसम्म १० वटा वडाको मतपरिणाम सार्वजनिक भएकोमा नेकपा एमालेले ६ वटामा जितेर अग्रता लिएको छ। नेपाली कांग्रेस चारवटा वडामा विजयी भएको छ।

  • काठमाडौंकै सबभन्दा ठूलो नगरपालिकाका मेयर

    काठमाडौंकै सबभन्दा ठूलो नगरपालिकाका मेयर शोभा शर्मा, काठमाडौं, जेठ ७ -

    ०३७ फागुन ११ गते गाउँकै एउटा खाली ठाउँमा उनीहरुले स्कुल खोले र पढाउन थाले। उनीहरु रुखमा ब्ल्याकबोर्ड झुन्ड्याउँथे र खुला आकाशमुनि कक्षा चलाउँथे। स्कुलको नाम थियो, चुनदेवी प्राथमिक विद्यालय। प्रधानध्यापक गिरी आफैं थिए। लगभग ३६ वर्ष चन्द्रागिरीको शिक्षा क्षेत्र विकासमा काम गरेका गिरी अन्य ठाउँमा स्कुल खोल्न परे पनि अघि सरिहाल्थे।

  • भरतपुर महानगरमा १६२४ मतले एमाले अगाडि

    काठमाडौं, जेठ ७ (सेतोपाटी) -

    भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठवन्धन र नेकपा एमालेबीचको मतअन्तर फराकिलो हुँदै गएको छ। पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालको तुलनामा १६२४ मतअन्तरका साथ आफ्नो अग्रता कायम राखेका छन्।

  • काठमाडौंमा एमाले उत्साही, कांग्रेस चिन्तित

    काठमाडौंमा एमाले उत्साही, कांग्रेस चिन्तित रोहित खतिवडा, काठमाडौं, जेठ ७ -

    काठमाडौं महानगरपालिकाका ३२ मध्ये ७ वटा वडाको मतगणना सकिँदा एमाले उत्साही हुँदै गएको छ।  नेपाली कांग्रेसमा भने चिन्ता र निराश थपिन थालेको छ।  एक लाख ९० हजार हाराहारी मत खसेको महानगरमा ७७ हजार भन्दा बढी मत गणना भइसकेको छ। यति मत गन्दा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्य कांग्रेसका राजुराज जोशीभन्दा लगभग ७ हजार २ सय मतले अगाडि छन्।

  • वडाध्यक्षलाई दुःख दिने नीलकाजी अब आफैं वडाध्यक्ष

    वडाध्यक्षलाई दुःख दिने नीलकाजी अब आफैं वडाध्यक्ष गिरीश गिरी, काठमाडौं, जेठ ७ -

    २०४६ सालमा प्रजातन्त्र आएपछि जे कुरामा पनि खोँचे थापेर वडाध्यक्षलाई कामै गर्न नदिने पात्र अर्थात् मुख्य खलनायकका रूपमा नीलकाजी देखिएका थिए। त्यस किसिमका चरित्र असाध्यै बढी भएकाले त्यतिबेला काठमाडौं महानगरपालिकाले प्रायोजन गरेर बनाएको सन्देशमूलक टेलिफिल्म थियो त्यो। फोहर व्यवस्थापन गर्नै नदिने, सडक चौंडा पार्नै नदिने त्यस टेलिफिल्ममा अन्तिममा नीलकाजीकै घर आगलागी हुँदा दमकलसमेत पुग्न नपाएर ध्वस्त भएको हुन्छ।

  • जसले १०० भन्दा कम मतान्तरमा चुनाव जिते

    स्थानीय तह निर्वाचनमा अहिलेसम्म २६७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये २३ स्थानीय तहमा १०० मत भन्दा कम मतान्तरले उम्मेद्वार विजयी भएका छन्।

    हेर्नुहोस् को कहाँबाट विजयी भए?

  • दशौं आइपिएलको उपाधिका लागि आज मुम्बई र पूणे भिड्दै

    दशौं आइपिएलको उपाधिका लागि आज मुम्बई र पूणे भिड्दै हैदराबाद, जेठ ७ (एजेन्सी) -

    यो मामला धोनीकी पत्नी साक्षीले पनि प्रतिक्रिया जनाएकी थिइन्। उनले  इस्टाग्राममा लेखेकी थिइन्- चरा जब ज्यूँदो हुन्छ त्यतिबेला कमिला खान्छ तर जब चरा मर्छ कमिलाले त्यो चरालाई खान थाल्छन्। समय र परिस्थिति कुनैपनि बेला बदलिन सक्छ। कसैको पनि खिल्ली उडाउनु वा चोट पुर्याउनु हुँदैन।  धेरै विरोध भएपछि र धोनीले राम्रो खेल्न थालेपछि गोयन्काले ती दुबै ट्वीट डिलिट गरेका छन्। मुम्बईविरूद्ध  पाँच छक्का हानेर पूणेलाई फाइनलमा पुर्याएपछि गोयन्काले धोनीको तारिफ पनि गरेका थिए। 

  • काठमाडौं महानगरका सातवटा वडामा नतिजा घोषित, कांग्रेस ४, एमाले ३ मा विजयी

    सेतोपाटी संवाददाता, काठमाडौं, भदौ ७ -

    काठमाडौं महानगरपालिकामा अहिलेसम्म सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ, जसमध्ये नेपाली कांग्रेसले चारवटामा वडाध्यक्ष जितेर अग्रता लिएको छ भने नेकपा एमाले तीनवटा वडामा विजयी भएको छ।

  • फर्जि मत विवादले पोखराको मतगणना अन्यौलमै

    फर्जि मत विवादले पोखराको मतगणना अन्यौलमै सेतोपाटी संवाददाता, पोखरा, जेठ ७ -

     शनिबार दिउँसोदेखि रोकिएको पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना अझै सुरू हुन सकेको छैन। फर्जी मतको आरोप लगाउँदै पार्टीका प्रतिनिधिहरू बाहिरिएपछि शनिबार दिउँसो ४ बजेदेखि पोखरामा मतगणना हुन सकेको छैन। मतगणना सुरू गर्न पटक पटक बसेको सर्बदलीय बैठकमा समेत कुनै निष्कर्ष निस्किएन।

  • भाँडा बनाउँथे, अब सहर बनाउँछन्

    भाँडा बनाउँथे, अब सहर बनाउँछन् समुन्द्र राज घिमिरे, भक्तपुर, जेठ ६ -

    सुनील प्रजापतिकी पत्नी राधेश्वरी पन्तलाई स्पष्ट नेपाली बोल्न आउँदैन। बिहे गर्दासम्म क ख समेत नजान्ने उनले बिहेपछि प्रौढकक्षा पढिन्। अक्षर चिन्ने भइसकेपछि सुनीलले आफ्नो लाइब्रेरीबाट साहित्यका पुस्तक निकालेर श्रीमतीको अगाडि चाङ लगाइदिए। पार्टीको जस्तो कडा अनुशासनमा घरमै श्रीमतीलाई पढ्न लगाएछन्।

  • प्रधानमन्त्रीले जेठ १४ गते काठमाडौं–तराई फास्ट ट्रयाकको शिलान्यास गर्ने

    प्रधानमन्त्रीले जेठ १४ गते काठमाडौं–तराई फास्ट ट्रयाकको शिलान्यास  गर्ने रमेश लम्साल , काठमाडौं, जेठ ६ -

    उनले आफू प्रधानमन्त्री भएकै बेला नै द्रुतमार्ग नेपाली लगानीमा अगाडि बढाउने र आफैले शिलान्यास गर्ने बताउँदै आएका थिए। प्रधानमन्त्री कार्यालयकाअनुसार प्रधानमन्त्रीले यही जेठ १४ गते सो आयोजनाको शिलान्यास गर्ने तयारी गरेका छन्।

  • चितवनको राप्तीमा मेयर बनिन् एमालेकी प्रभा बराल

    चितवनको राप्तीमा मेयर बनिन् एमालेकी प्रभा बराल सेतोपाटी, काठमाडौं जेठ ६ -

    चितवनको राप्ती नगरपालिकामा एमालेकी प्रभा बरालले जित हासिल गरेकी छन्। उनीसहित नेपालमा निर्वाचित हुने महिला मेयरको संख्या चार पुगेको छ। बप्रभाले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी किरणभुषण ओलीलाई हराएकी हुन्। उपमेयरमा पनि एमालेकै इमानसिंह लामा बिजयी भएका छन्। 

  • कीर्तिपुर मेयरका बुवा भन्छन्– छोराले कसैको गाली खानु नपरोस्

    कीर्तिपुर मेयरका बुवा भन्छन्– छोराले कसैको गाली खानु नपरोस् समुन्द्र राज घिमिरे, काठमाडौं, जेठ ६ -

    सबैसँग मिलनसार लाग्ने उनी घरमा श्रीमतीसँग पनि धेरै कुरा खोल्दा रहेनछन्। सँगै रहेकी श्रीमतीले गुनासो पोख्न भ्याइहालिन्, ‘मेयरमा उठ्छु भनेर उहाँले एकचोटि पनि भन्नुभएन।’ दोस्रो संविधानसभाको निर्वाचन बेला उनलाई कीर्तिपुर क्षेत्रबाट टिकट दिने चर्चा पनि चलेको रहेछ। तर, स्थानीय तहमा मेयर पदको टिकट दिने सर्तमा सम्झौता भएको पनि श्रीमतीले अन्तैबाट सुनेकी रहिछन्। रमेशले न उठ्ने कुरा सुनाए न त उठिसकेपछि सुनाए।

  • चार महानगरसहित २६ स्थानको मत परिणाम आउन बाँकी कहाँ-कहाँ बाँकी छ हेर्नुहोस्

    काठमाडौं, जेठ ६ (सेतोपाटी) -

    वैशाख ३१ गते आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अहिलेसम्म २५७ स्थानीय तहको परिणाम आइसकेको छ। शनिबार बिहानसम्म उक्त परिणाम आइसकेको हो। अब चार महानगरसहित २६ स्थानको मत परिणाम आउन बाँकी छ। काठमाडौँ, ललितपुर, पोखरा र भरतपुर महानगरसहित हेटौंडा उपमहानगरको पनि मत परिणाम आउन बाँकी छ।

  • भरतपुरमा सर्वदलीय सहमति, मतगणना सुरू हुँदै

    भरतपुरमा सर्वदलीय सहमति, मतगणना सुरू हुँदै भरतपुर, जेठ ६ (सेतोपाटी) -

    भरतपुर महानगरपालिकाको गएरातिदेखि स्थगित मतगणना फेरि सुरू भएको छ। अहिले बिहान बसेको सर्वदलीय बैठकले सहमती गरेसँगै मतगणना सुरू हुन लागेको हो।

    ९ नम्बर वडाको मत गन्दै गर्दा फरक परेको भन्दै माओवादी केन्द्र र कांग्रेसले फेरि गणना गर्न माग गरेपछि मतगणना स्थगित भएको थियो।

  • निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस–माओवादीद्वारा भरतपुर महानगरको मतगणना बहिस्कार

    निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस–माओवादीद्वारा भरतपुर महानगरको मतगणना बहिस्कार चितवन, जेठ ५ -

    निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै भरतपुर महानगरपालिकामा कांग्रेस, माओवादी र राप्रपाले मतगणना बहिस्कार गरेका छन्। मत गणना सूचारू गर्ने विषयमा दलहरूबीच सहमति नभएपछि अहिले भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध भएको छ ।

  • भक्तपुरमा सुनील प्रजापति भारी मतले विजयी

    भक्तपुरमा सुनील प्रजापति भारी मतले विजयी काठमाडौं, जेठ ५ (सेतोपाटी) -

    भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति भारी मतले विजयी भएका छन्। हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार प्रजापतिले २५ हजार ५ सय ६८ मत ल्याएका छन्।

  • भरतपुरमा रेणु र देवीमध्ये कसले जित्ला?

    भरतपुरमा रेणु र देवीमध्ये कसले जित्ला? सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ५ -

    एमालेलाई  १० देखि १४ वडाको मत गणनामा ज्ञवालीले दाहालसँगको मतान्तर निकै फराकिलो पार्ने र २१ देखि २९ वडासम्म पनि उनलाई राम्रै भोट आउने भएकाले उनले जित्ने आशा छ। कांग्रेस माओवादी गठबन्धन कांग्रेसले चुनाव जितेको ४ नम्बर क्षेत्रका वडामा रेणुले अग्रता लिने त्यसलाई कायम राख्नेमा आशावादी छन्। विस्तृतमा

     

  • श्रीमतीको पहिलोपटक भोट पाएका मेयर

    श्रीमतीको पहिलोपटक भोट पाएका मेयर समुन्द्र राज घिमिरे, फर्पिङ (काठमाडौं), जेठ ५ -

    ‘मलाई उहाँले जित्नुहुन्छ भन्ने विश्वास त थियो, तर आठवटा वडाको गन्दासम्म पछि परेको मान्छे कसरी जित्नुहुन्छ होलाजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘घरमा कोही नभएको बेला म पूजाकोठामा गएर भगवानसँग प्रार्थना गर्थें र डाँको छाडेर रुन्थेँ। दूध खान पालेको गाई र मेरो भाषा नमिले पनि गाईले मेरो कुरा बुझ्छजस्तो लाग्छ। म गाईसँग पनि रुन्थेँ।’

  • कुपण्डोलमा ४५ वर्षदेखि कहिल्यै नहारेका वडाध्यक्ष

    कुपण्डोलमा ४५ वर्षदेखि कहिल्यै नहारेका वडाध्यक्ष गिरीश गिरी, ललितपुर, जेठ ५ -

    उनले २०२९ सालको चुनावदेखि यो वडाको बागडोर कसैको हातमा जान दिएका छैनन्। उनी यहाँ कतिसम्म लोकप्रिय छन् भने जतिपटक उठे, लगभग आधाजसोमा त कसैले उनको विपक्षमा उभिने हिम्मतै गरेनन्। उनी निर्विरोध उम्मेदवार भएरै जिते। जब जब उनलाई कसैले चुनौती दिन खोजे, पछारिए। सुन्दा पनि दन्त्यकथाजस्तो लाग्ने यी चामत्कारिक व्यक्तिका के विशेषता होलान्? मानिस कसरी यस्तो अनवरत वडाध्यक्ष बन्दा रहेछन्?

  • सरकारले भन्यो- मन्त्रिपरिषदले हिंसात्मक घटनाका दोषीलाई माफी दिएको वा मुद्दा फिर्ता लिएको छैन

    सरकारले भन्यो- मन्त्रिपरिषदले हिंसात्मक घटनाका दोषीलाई माफी दिएको वा मुद्दा फिर्ता लिएको छैन काठमाडौं, जेठ ५ (सेतोपाटी) -

    सरकारले तराई आन्दोलनका क्रममा भएका आपराधिक घटनामा संग्लग्न व्यक्ति विरूद्धका मुद्दा फिर्ता लिने निर्णय नगरेको बताएको छ। ‘छापा तथा सामाजिक सन्जालमा सरकारले आन्दोलनका क्रममा भएका जघन्य अपराध सम्वन्धी मुद्दा फिर्ता लियो भन्ने हल्ला चल्यो, जुन गलत हो,’ सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सेतोपाटीसँग भने, ‘त्यो नियोजित प्रचार हो। सरकारले त्यस प्रकारका कुनै मुद्दा फिर्ता लिने वा आम माफी दिने निर्णय गरेको छैन।’

  • मेयर पत्नी भन्छिन्- मिचेका सार्वजनिक जग्गामा पार्क बनाउन लगाउँछु

    मेयर पत्नी भन्छिन्- मिचेका सार्वजनिक जग्गामा पार्क बनाउन लगाउँछु शोभा शर्मा, काठमाडौं, जेठ ५ -

    पति मेयर भएपछि पूरा गर्नुपर्ने उनका केही माग रहेछन्। ‘अहिले त तिरो तिर्न गयो भने पनि पैसा नलिई काम गर्दैनन्, न छिटो काम हुन्छ, सरकारी काम पर्‍यो भने कति धेरै हैरानी बेहोर्नुपर्छ जनताले, सिटाँ जनताका मान्छे भए पो सबै समेट्न सक्थे अहिले त लथालिङ्गै छ,’ उनले आफ्ना पतितिर हेर्दै भनिन्, ’उहाँले जितेपछि यस्ता जनता पिर्ने काम बन्द हुनुपर्छ भनेकी छु मैले।’

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट