विशेष

Search news by date range:

  • अस्पतालमा रकम बुझाउन नसकेकी कल्पना घर जान पाउने

    अस्पतालमा रकम बुझाउन नसकेकी कल्पना घर जान पाउने भगवती पाण्डे, बुटवल, चैत १६ -

    बुटवलको दाह्री ग्याङ समूहले आर्थिक सहयोग गरेपछि जाजरकोटकी कल्पना रोका उपचारपछि अस्पतालबाट घर जान पाउने भएकी छन्। ३७ दिन पहिले घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाईते बनेकी जाजरकोट पजारू गाविस ९ की २७ वर्षीय कल्पनाको उपचार पुरा भए पनि अस्पताललाई बुझाउन रकम नभएपछि घर जान पाएकी थिईनन्।

  • मेसीको अनुपस्थितिमा अर्जेन्टिनालाई अर्को धक्का, बोलिभियासँग २–० ले पराजित

    मेसीको अनुपस्थितिमा अर्जेन्टिनालाई अर्को धक्का, बोलिभियासँग २–० ले पराजित ला पेज, चैत १६ (एजेन्सी) -

    गत साता मात्र चिलीलाई पराजित गर्दै दक्षिण अमेरिकी क्षेत्रको छनोटमा तेस्रो स्थानमा उक्लिएको अर्जेन्टिनाका लागि यो नतिजा पीडादायक बन्ने पक्का छ। किनभने अंक तालिकामा अर्जेन्टिनालाई पछ्याइरहेको चिली र कोलम्बिया भिन्दा भिन्दै छनोटको अरु खेलमा आजै भिडिरहेका छन् र उनीहरुको जित्ने सम्भावनालाई नकार्न सकिन्न।

  • १८ मिनेट संयमता अपनाउन नसक्दा नेपालको पराजय

    १८ मिनेट संयमता अपनाउन नसक्दा नेपालको पराजय नवीन अर्याल, काठमाडौं, चैत १५ -

    पहिले डिफेन्डर कप्तान विराज महर्जन चोटका कारण मैदानमै उत्रिन नसक्नु, त्यसपछि १२ मिनेटमा विक्रम लामा रातो कार्ड पाएर मैदानबाट बाहिरिनु, नेपाली फुटबलका लागि आजको दिन बिर्सनलायक बन्न पुग्यो। 

  • सरकारको अधिकारमा सर्वोच्चको हस्तक्षेप भएको कांग्रेस केन्द्रीय समितिको निर्णय

    सरकारको अधिकारमा सर्वोच्चको हस्तक्षेप भएको कांग्रेस केन्द्रीय समितिको निर्णय विष्णु बुढाथोकी, काठमाडौं, चैत १५ -

    पार्टीले गरेको निर्णय पत्रको ६ नम्बर बुँदामा संवैधानिक सर्वोच्चता र बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको सिद्धान्त स्विकार गर्दै नेपालको संविधानले कार्यकारिणी अधिकारको स्पष्ट व्याख्या गरेको भएता पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदातलले हालसालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको महसुस गरेको उल्लेख छ।

  • विशाल राईले ३५ वर्ष पुरानो गणेश थापाको कीर्तिमान बराबरी गरे

    विशाल राईले ३५ वर्ष पुरानो गणेश थापाको कीर्तिमान बराबरी गरे नवीन अर्याल, काठमाडौंं, चैत १५ (सेतोपाटी) -

    विशाल राईले ३५ वर्षपछि फिलिपिन्सलाई गोल गर्ने इतिहास रचेका छन्। उनले एएफसी एसिया कप छनोटअन्तर्गत मनिलामा हाल भइरहेको खेलमा गोल गरेका थिए। विशालले पहिलो हाफको निर्धारित ४५ पछि थप गरिएको एक मिनेटमा गोल गरेका थिए। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि थियो।

  • ८० न्यायाधीश नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

    ८० न्यायाधीश नियुक्तिविरुद्ध सर्वोच्चमा रिट सेतोपाटी संवाददाता , काठमाडौँ, चैत १५ -

    उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति विरुद्ध २ नायव महान्यायाधीवक्ता र २ सहन्यायाधीवक्ताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। न्यायाधीश नियुक्तिमा कानुन सेवामा आफुहरु विशष्ट तह र वरिष्ठ हुँदा हुँदै नियुक्ति नगरेकोमा आक्रोसित अधिकारीहरु सर्वोच्च अदालत गएका हुन्। उनीहरु नियुक्तिमा नपरेपछि महान्यायाधीवक्ताको कार्यालयका कर्मचारी संगठनले फागुन ११ देखि तिनदिनसम्म मुलुकभरको बहस बहिस्कार गरेका थिए। त्यस बहस बहिस्कारमा रिट निवेदकहरुले साथ दिएका थिए।

  • फिलिपिन्सका दुई प्रभावशाली खेलाडी नेपालविरुद्ध नउत्रिने

    फिलिपिन्सका दुई प्रभावशाली खेलाडी नेपालविरुद्ध नउत्रिने काठमाडौं, चैत १५ (सेतोपाटी) - एएफसी एसिया कप छनोटअन्तर्गत केही करिब एक घण्टापछि फिलिपिन्ससँग मनिलामा भिड्न लागेको नेपाली टोलीलाई केही राहत मिलेको छ। फिलिपिन्सले आफ्नो दुई स्टार खेलाडी केभिन इन्ग्रेसो र मिसाग बाहाडोरन चोटका कारण आजको खेलमा नउत्रिने फिलिपिन्सले जनाएको छ। केभिन जर्म...

  • घरेलु टोली बंगलादेशसँग पराजित हुँदै  नेपाल समूह चरणबाट बाहिरीयो

    घरेलु टोली बंगलादेशसँग पराजित हुँदै  नेपाल समूह चरणबाट बाहिरीयो काठमाडौं, चैत १५ (सेतोपाटी) -

    बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोर्दै  प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार नेपालले घरेलु टोली बंगलादेशको यु २३ टिमसँग ८३ रनको ठूलो पराजय बेहोरेको हो।

  • बंगलादेशसँग नेपाल ८३ रनले पराजित, समूह चरणबाटै बाहिरियो

    बंगलादेशसँग नेपाल ८३ रनले पराजित, समूह चरणबाटै बाहिरियो सेतोपाटी संवाददाता, काठमाडौं, चैत १५ -

    एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ। बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा अलआउट हुँदै १७४ रनमा समेटिएको थियो।

  • दुई नम्बर प्रदेशका छ जिल्लामा मतदान केन्द्र निर्धारण भएन

    दुई नम्बर प्रदेशका छ जिल्लामा मतदान केन्द्र निर्धारण भएन सेतोपाटी संवाददाता, काठमाडौं, चैत १५ -

    स्थानीय निर्वाचनका लागि दुई नम्बर प्रदेशका छ जिल्लामा मतदान केन्द्र निर्धारण हुन सकेको छैन। मधेसी मोर्चाको विरोधका कारण मतदान केन्द्र निर्धारण हुन नसकेको हो। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिलेसम्म ६९ जिल्लामा मतदान केन्द्र निर्धारण भइसकेको छ। दुई नम्बर प्रदेशका ८ जिल्लामध्ये बारा र पर्सामा मतदान केन्द्र निर्धारण भइसकेको उनले सेतोपाटीलाई जानकारी दिए।

  • गोविन्द गौतम मारिएको ठाउँको रुख नै सीमास्तम्भ भएको भारतको दाबी

    गोविन्द गौतम मारिएको ठाउँको रुख नै सीमास्तम्भ भएको भारतको दाबी शेरबहादुर सिंह, कञ्चनपुर,  चैत १५ -

    दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला। तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुङ्ग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ।

  • कप्तानको भूमिकामा विराजको अग्निपरीक्षा

    कप्तानको भूमिकामा विराजको अग्निपरीक्षा नवीन अर्याल, काठमाडौं, चैत १५ -

    हाम्रो टिम पनि सन्तुलित छ। पछिल्लो खेलमा हामीले आफ्नो गल्तीको कारण गोल खाएका थियौं। त्यो गल्तीबाट हामीले धेरै सिकेका छौं। उनीहरु हामीभन्दा बलियो टिम हो। त्यसैले सम्हालिएर खेल्नुपर्ने आवश्यकता छ विस्तृतमा

     

  • हिममानवको हत्या कसले गर्यो?

    हिममानवको हत्या कसले गर्यो? द न्यूयोर्क टाइम्स -

    ‘हामी र उनीबीच अत्यन्त धेरै समानता पाइयो। उनी हिमालमा जाँदा जस्ता सामग्री प्रयोग गर्थे, आज पनि हामी त्यस्तै सामान प्रयोग गर्छौं। बस्, त्यस्ता सामग्री निर्माणमा प्रयोग हुने वस्तु फरक छन्,’ संग्रहालयकी सहायक निर्देशक क्याथेराइन हेर्सेल भन्छिन्, ‘हामी अझै एकअर्कालाई मार्दैछौं। हुन सक्छ, उक्त घटना भएको समयदेखि आजसम्म मानव जातिको विकासक्रम धेरै अघि बढेको छैन।’ 

  • स्थानीय चुनाव ‘हुन्छ कि हुँदैन’ होइन ‘हुन्छ-हुन्छ’

    स्थानीय चुनाव ‘हुन्छ कि हुँदैन’ होइन ‘हुन्छ-हुन्छ’ सेतोपाटी संवाददाता, काठमाडौं, चैत १४ -

    ‘त्यसबेला मैले सधैं 'हुन्छ हुन्छ' मात्रै भनेँ र संविधान सभाको निर्वाचन सम्भव भयो,' २०७० सालमा संविधान सभाको अर्को निर्वाचन गराएको स्मरण गर्दै उनले भने, 'यो त्यस्तै समय हो। त्यसैले यतिबेला हुन्छ वा हुँदैन भन्ने प्रश्नमै जानु हुँदैन।'

  • आन्दोलनरत दलसँग सहमति गर्दै पार्टी निर्वाचनमा होमिनुपर्छ

    आन्दोलनरत दलसँग सहमति गर्दै पार्टी निर्वाचनमा होमिनुपर्छ सेतोपाटी संवाददाता, काठमाडौं, चैत १४ -

    नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुले संविधानको कार्यान्वयनका लागि असन्तुष्ट मधेसी मोर्चा र प्रमुख विपक्षी दलसँग सहमति गरी तत्काल निर्वाचनमा जान पार्टी नेतृत्वले क्रियाशिल भूमिका खेल्न सुझाव दिएका छन्।

  • रोहित चन्दबाट बढी आशा राखेको छु- प्रशिक्षक कोजी ग्योटोकु

    रोहित चन्दबाट बढी आशा राखेको छु- प्रशिक्षक कोजी ग्योटोकु कोजी ग्योटोकु, काठमाडौं, चैत १४ -

    शान्त र मृद्धभाषी ५२ वर्षीय यी प्रशिक्षकले २००८ देखि २०१० सम्म भुटानको प्रशिक्षक भएर काम गरेका थिए। त्यतिबेला उनले भुटानको फुटबलमा केही परिवर्तन गराउन सफल भए पनि नतिजा उनको पक्षमा रहेन्। भुटानले उनको नेतृत्वमा खेलेको १४ मध्ये १ खेलमा मात्र विजय हात पार्‍यो। २ मा बराबर र ११ खेलमा पराजय भोग्यो। तर, नेपालको प्रशिक्षक नियुक्त भएपछि उनको नेतृत्वमा राष्ट्रिय टोलीले खेलेको ४ मध्ये कुनै खेल हार्नु परेको छैन। नेपालले तीनमा जित र एक बराबरी खेलेको छ।

  • उपप्रधानमन्त्री निधिद्वारा मृतकका परिवारलाई १० लाख हस्तान्तरण

    उपप्रधानमन्त्री निधिद्वारा मृतकका परिवारलाई १० लाख हस्तान्तरण विराटनगर, चैत १४ -

    उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय एसएसबीको गोली प्रहारबाट मृत्यु भएका मोरङको अमाही बरियाती–७ स्थित खयरबनका वासुदेव साहकी धर्मपत्नी उर्मिलादेवी साहलाई सरकारको तर्फबाट राहतस्वरुप आज रु दस लाखको चेक हस्तान्तरण गरेका गरेका छन्।

  • सबै क्षेत्र राजनीतिले पीडित भएः केपी ओली

    सबै क्षेत्र राजनीतिले पीडित भएः केपी ओली सेतोपाटी संवाददाता, काठमाडौं, चैत १४ -

    देशको दिगो विकासबारे बुद्धीजिविसँग सोमबार छलफलमा बोल्दै एमाले अध्यक्ष ओलीले सुशासन, पुनर्निर्माण, शिक्षा र स्वास्थ्य लगायतका सबै क्षेत्र राजनीतिबाट पीडित भएको बताएका हुन्। ‘राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम गर्न लाग्दै थियो यसका प्रमुख कार्यकारी अधिकृतलाई राजनीतिक प्रतिशोधका कारण हटाइयो,’ उनले भने, ‘पुनर्निर्माणमा भएको राजनीतिकरणकै कारणले आउँदो बर्षादमा पनि भूकम्पपीडितको घर नबन्ने भयो।’

  • घर बन्यो शर्मिलाको

    घर बन्यो शर्मिलाको किशोर बुढाथोकी, सिन्धुपाल्चोक, चैत १४ -

    घरकै मूल अभिभावकको रुपमा जिम्मेवारी बहन गरिरहेकी उनको अवस्थाको बारेमा १३ महिनाअघि सानो उमेर ठूलो जिम्मेवारी शिर्षकमा सेतोपाटीमा समाचार प्रकाशन भएको थियो । सो समाचारको आधारमा रोट्रयाक्ट क्लब अफ रुद्रमतिको पहलमा आशा प्रोजेक्ट र फोन्जीको सहयोग उनले पाएकी थिइन् । सरकारले दिएको अनुदानको पहिलो किस्ता र संस्थाले दिएको २ लाख पचास हजार रुपैयाँ उनले घर बनाउन लगानी गरेकी थिइन् । सहयोग र अनुदानको पैसाले अपुग भएपछि उनले आफूले पाल्दै आएको भैसी ५५ हजार रुपैयाँमा बेचेर घर बनाएको उनी बताउँछिन् ।

  • घोडे जात्रा मनाइयो हेर्नुहोस् तस्बिर र भिडियोमा

    घोडे जात्रा मनाइयो हेर्नुहोस् तस्बिर र भिडियोमा नारायण महर्जन, काठमाडौं, चैत १४ -

    नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम सम्पन्न गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश शुसीला कार्की लगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा गरिएको घोडेजात्रा ट्रिक राइड र बग्गीबाट सुरु भएको थियो । समारोहमा नेपाली सेनाले घोडा दौड र अश्वकला प्रर्दशन गरेको छ ।

    हेर्नुहोस् सैनिक मञ्च टुँडिखेलमा मनाइएका केही तस्बिरहरू

  • नेपालमा रेल विस्तारका लागि चिनियाँ राष्ट्रपतिले नै सक्रियता लिने

    नेपालमा रेल विस्तारका लागि चिनियाँ राष्ट्रपतिले नै सक्रियता लिने काठमाडौं, चैत १४ -

    उनीहरूबीच करिब ३५ मिनेट भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ दिएका थिए। चीनका राष्ट्रपति जिनफिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैँले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरेका थिए।

  • उपचार खर्च बुझाउन नसक्दा निको भए पनि अस्पतालमै

    उपचार खर्च बुझाउन नसक्दा निको भए पनि अस्पतालमै भगवती पाण्डे, बुटवल चैत १४ -

    अस्पतालले उपचार वापत २ लाख १३ हजार रूपैया बुझाउन बाँकी रहेको जनाएपछि घरमा पालेका भेंडा बेचेर रकम लिएर आउँदै गरेका राजेन्द्रका कान्छा बुवा विर बहादुर रोकाको पनि चार दिन अघि जांजरकोटमा भएको बस दुर्घटनामा परि मृत्यु भएपछि रोका परिवारलाई झनै ठूलो बज्रपात परेको छ।

  • हेर्नुहोस् नेपाल र पाकिस्तानको खेल तस्बिरमा

    हेर्नुहोस् नेपाल र पाकिस्तानको खेल तस्बिरमा काठमाडौं, चैत १४ (सेतोपाटी) -

    बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८० रन बनायो। १८१ रनको लक्ष्य पछ्याएको टेष्ट राष्ट्र पाकिस्तानले इमाम उलहकको सर्वाधिक सतकीय पारीको मद्धतले ४५.१ ओभरमा जित हात पार्‍यो।

  • नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

    नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित सेतोपाटी संवाददाता, काठमाडौं, चैत १४ -

    बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८० रन बनायो। १८१ रनको लक्ष्य पछ्याएको टेष्ट राष्ट्र पाकिस्तानले इमाम उलहकको सर्वाधिक सतकीय पारीको मद्धतले ४ ओभर बाँकी छँदै जित हात पार्‍यो।

  • चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच भेटवार्ता

    चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच भेटवार्ता काठमाडौं, चैत ४ -

    प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका छन्। बोआओ फोरममा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री दाहालले सोमबार  राष्ट्रपति सीसँग दुई पक्षीय हितका विषयमा भेटवार्ता गरेका हुन् ।

  • एमाले अध्यक्ष ओली र भारतीय राजदुत पुरी बीच भेट

    एमाले अध्यक्ष ओली र भारतीय राजदुत पुरी बीच भेट सेतोपाटी संवाददाता , काठमाडौँ, चैत १४ -

    प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मनजीभ सिंह पुरीबीच भेटवार्ता भएको छ। आईतबार राष्ट्रपति विद्या भण्डारीलाई ओहोदाको प्रमाण पत्र बुझाएका नवनियुक्त भारतीय राजदूत पुरीले सोमबार विहानै प्रमुख प्रतिपक्ष नेताका नेता ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

  • नेपालले पाकिस्तानलाई १८१ रनको चुनौति दियो

    नेपालले पाकिस्तानलाई १८१ रनको चुनौति दियो सेतोपाटी संवाददाता, काठमाडौं, चैत १४   -

    एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको चुनौति दिएको छ। निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पाकिस्तानको २३ वर्ष मुनिको टोलिविरूद्ध नेपालले १८० रन बनाएको हो। बंग्लादेशमा टस हारेर ब्याटिङमा ओर्लिएको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ४३ रन बनाए। उनले १२५ बलको सामना गर्दै ३ चौकाको मद्धतमा ४३ रन बनाएका हुन्।

  • घोडेजात्रा साँस्कृतिक चाड हो कि सैन्य तमासा?

    घोडेजात्रा साँस्कृतिक चाड हो कि सैन्य तमासा? सेतोपाटी संवाददाता, काठमाडौं, चैत १४ -
    घोडेजात्रा सैनिकहरूको कवाज मात्र हो। बरु यसको अघिल्लो दिन र राति काठमाडौंका नेवारले परम्परागत पाँहाचरे पर्व मनाउँछन्। यस दिन असन, इन्द्रचोक, महाबौद्ध, नरदेवी लगायत काठमाडौंका भित्री बजारमा ठूलो जात्रा हुन्छ। लगभग इन्द्रजात्राकै जस्तो देवीदेवतालाई खटमा राखेर जुधाउने गरिन्छ। दिनभरि र रातभरि पनि यो जात्रा चल्छ।
     

  • इन्फ्रास्ट्रकचर बैंकमार्फत् रेल्वेमा लगानी गर्न चीनलाई नेपालको अनुरोध

    इन्फ्रास्ट्रकचर बैंकमार्फत् रेल्वेमा लगानी गर्न चीनलाई नेपालको अनुरोध सेतोपाटी संवाददाता, काठमाडौं, चैत १४ -

    पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी सजिलै अाउन गाह्रो हुने हुँदा चीनको पहलमा खुलेको एसियन इन्फ्रास्ट्रकचर बैकंमार्फत् रेल्वे लगायतका पुर्वाधारमा लगानी जुटाइदिन पनि नेपालले अाग्रह गरेको महतले बताए। सो अवसरमा उपप्रधानमन्त्री वाङले रेल्वेको कामलाई तीव्रता दिन दुई देशका रेल्वे हेर्ने बिभागलाई प्राबिधिक लगायतका छलफल अघि बढाउन निर्देशन दिनुपर्ने सुझाएका थिए। दुबै पक्षबीच अहिलेसम्म भएका र भबिष्यमा हुने सहमति, समझदारीलाई अघि बढाउन द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाउने र तिनको नियमित बैठक गर्ने पनि सहमति भएको छ। 

  • काठमाडौंका ५ वटा क्यासिनोमा छापा

    काठमाडौंका ५ वटा क्यासिनोमा छापा प्रकाश ढुंगाना, काठमाडाैं चैत १४ -

    प्रहरीले काठमाडौंका ५ वटा क्यासिनोमा छापा मारेको छ। महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले ५ वटा क्यासिनोमा छापा मारेको हो। राती ९ बजेदेखि साढे ११ बजेसम्ममा प्रहरीले सोल्टी होटल, याक एण्ड यति,सांग्रिला, र्‍याडिसन र हायात होटलमा रहेको क्यासिनोमा छापा मारेको महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए।

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट