विशेष

Search news by date range:

  • सिलवाललाई आजै थुनामुक्त गरी अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

    सिलवाललाई आजै थुनामुक्त गरी अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ११ -

    सर्वोच्च अदालतले नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई थुनामुक्त गरेर आजै यथाशिघ्र अदालतमा हाजिर गराउन आदेश दिएको छ। सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले उक्त आदेश गरेको हो।

  • विगतको भन्दा पनि खतरनाक संशोधनः ओली

    विगतको भन्दा पनि खतरनाक संशोधनः ओली सन्जिब बगाले, काठमाडौं, वैशाख ११ -

    सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘सीमाना हेरफेर गर्न प्रदेश सभाको सहमति नचाहिदो व्यवस्था राख्न खोजेर सरकारले चलाखीका साथ खतरनाक ढंगले प्रस्तुत गरेको छ। उनले भने,‘प्रदेश सभाको सहमति चाहिने संवैधानिक व्यवस्था नै हटाउन खोजियो। सरकारी प्रस्ताव पारित भयो भने नरहे बाँस नबझे बासुरीको अवस्था आउँछ।’

  • जेठ ३१ मा दोस्रो चरणको निर्वाचन गर्ने निर्णय मान्य हुँदैनः एमाले

    जेठ ३१ मा दोस्रो चरणको निर्वाचन गर्ने निर्णय मान्य हुँदैनः एमाले सेतोपाटी, काठमाडौं, वैशाख ११ -

    प्रमुख प्रतिपक्ष नेकपा एमालेले जेठ ३१ गते दोस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय मान्य नहुने चेतावनी दिएको छ।एमालेले जेठ १५ गते बजेट पेश गरेर निर्वाचन प्रभावित तुल्याउने गरी सत्ता पक्षले दोस्रो चरणको निर्वाचनको मिति तय गरेको भन्दै मान्य नहुने प्रष्टयाएको हो ।

  • डिआइजी सिलवालको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आजै आउने

    सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ११ -

    नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा सोमबार दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकिएको छ। अदालतले रिटमा आजै आदेश सुनाउनेछ। सिलवालका तर्फबाट सोमबार दिउँसो अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

  • आफूलाई पक्राउ गरेको भन्दै डिआइजी सिलवालद्वारा सर्वोच्चमा रिट

    आफूलाई पक्राउ गरेको भन्दै डिआइजी सिलवालद्वारा सर्वोच्चमा रिट शोभा शर्मा, काठमाडौं, वैशाख ११ -

    नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका छन्। सोमबार दिउँसो सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले  सर्वोच्चमा रिट दायर गरेका हुन्। उनको रिटमा  सिलवाललाई पक्राउ नगर्न आदेश माग गर्दै रिटको पेशी आजै तोक्न अनुरोध गरिएको छ।

  • भरतपुर महानगरपालिकाको मेयरमा प्रधानमन्त्री पुत्री रेणु दाहालको उम्मेदवारी

    भरतपुर महानगरपालिकाको मेयरमा प्रधानमन्त्री पुत्री रेणु दाहालको उम्मेदवारी सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ११ -

    प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ। यसअघि सेतोपाटीसँग कुरा गर्दै दाहालले गृह जिल्ला चितवनबाट नै आफूलाई स्थानीय तहको निर्वाचनका लागि आउन बारम्बार दबाब आएको बताइन्।

  • उम्मेद्वार मनोनयन समय दुई दिन पछि सर्यो

    उम्मेद्वार मनोनयन समय दुई दिन पछि सर्यो सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ११ -

    सरकारले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति दुई दिन पछाडि सारेको छ। सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठकले यस अघि तय भएको बैशाख १६ गतेको मितिलाई हेरफेर गरेर वैशाख १८ मा उम्मेद्वारको मनोनयन दर्ता गर्ने निर्णय गरेको हो।

  • प्रहरी प्रधान कार्यालयले सिलवाललाई छानबिनका लागि बोलायो

    प्रहरी प्रधान कार्यालयले सिलवाललाई छानबिनका लागि बोलायो सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ११ -

    मन्त्रिपरिषदको आदेशमा नेपाल प्रहरी प्रधान कार्यालयले डिआइजी नवराज सिलवाललाई सोधपुछका लागि बोलाएको छ। सर्वोच्च अदालतमा नवराज सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको आशंकामा मन्त्रिपरिषदले नेपाल प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो।

  • जेब्रा क्रसबाट बाटो काट्दै गर्दा मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिवको मृत्यु

    जेब्रा क्रसबाट बाटो काट्दै गर्दा मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिवको मृत्यु प्रकाश ढुंगाना, काठमाडौं, वैशाख ११ -

    जेब्रा क्रसबाट बाटो काट्ने क्रममा काठमाडौंको अनामगरमा पूर्व गृह सचिव पद्मराज सुवेदीको मृत्यु भएको छ। आइतबार अनामनगरस्थित बाजेको सेकुवा अगाडिपट्टी रहेको जेब्रा क्रसबाट बाटो काट्ने क्रममा ७९ वर्षीय सुबेदीलाई मोटरसाइकलले ठक्कर दिएको सिंहदरबारका ट्राफिक प्रहरी निरीक्षक बाबुकाजी गिरीले सेतोपाटीलाई जानकारी दिए।

  • मेसीलाई रोक्ने योजना बनाउन नसक्दा म्याड्रिड आफ्नै घरमा ३–२ ले पराजित

    मेसीलाई रोक्ने योजना बनाउन नसक्दा म्याड्रिड आफ्नै घरमा ३–२ ले पराजित काठमाडौं, बैशाख ११ (सेतोपाटी) -

    तर, यति हुँदा पनि जिदानसँग मेसीलाई रोक्ने कुनै अचुक अस्त्र देखिएन्। त्यसैले म्याड्रिडको गोल पोस्टतर्फ पुछली झै नाचेका मेसीले कप्तान सर्जियो रामोसलाई उद्देलित तुल्याएका थिए। पछि उनी मेसीलाई नै खराब ट्याकल गरेको आरोपमा रातो कार्ड पाएर मैदान छोड्न विवश भए।

  • स्वास्थ्य मन्त्रालयद्धारा मणिपाल अस्पताललाई खारेजीको चेतावनी

    स्वास्थ्य मन्त्रालयद्धारा मणिपाल अस्पताललाई खारेजीको चेतावनी सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १० -

    मुस्ताङको कागबेनीमा शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ ।पत्र बुझेको २४ घण्टा भित्र स्पष्ट कारण र आधारसहित स्पष्टिकरण पेस गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ ।

  • फ्रान्सको राष्ट्रपतीय चुनावमा विश्वब्यापी चासो

    फ्रान्सको राष्ट्रपतीय चुनावमा विश्वब्यापी चासो सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १० -

    कठोर बामपन्थी उम्मेद्वार मेलानकोन र लि पेन युरोपियन युनियनमा फ्रान्सको स्थानबारे पुनर्विचार गर्ने घोषणा गरेका छन्। त्यसको अर्थ बेलायत जस्तै फ्रान्स पनि युरोपियन युनियनबाट अलग्गिन सक्नेछ। यदि फ्रान्स अलग्गिए युरोपियन युनियन निकै कमजोर हुने र त्यसको भविष्य झनै सङ्कटमा पर्नेछ।

  • मोर्चा/गठबन्धनद्वारा आन्दोलनका सबै कार्यक्रम स्थगित (भिडियो)

    कठमाडौं, वैशाख १० (सेतोपाटी ) -

    सरकारसँग सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गर्ने बारे मोर्चा र गठबन्धनको बैठक तीनकुनेस्थित संघीय समाजवादी फोरमको मुख्यालयमा आइतबार बसेको थियो। बैठकले सरकारले आइतबार गरेका संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्ने र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नेे निर्णय सकारात्मक भएको भन्दै आन्दोलन तत्काल स्थगित गर्ने निर्णय गरेको हो।

  • आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित प्रकाश ढुंगाना, काठमाडौं, वैशाख १० -

    प्रहरी प्रधान कार्यालयमा कार्यरत २ जना प्रहरी घुस लिएको आरोपमा निलम्वनमा परेका छन्।  चालचलन शाखामा कार्यरत प्रहरी हवल्दार शिवराज सिलवाल र प्रहरी जवान नगेन्द्रप्रसाद रिजाललाई आइजिपी प्रकाश अर्यालले निलम्बन गरेका हुन्।

  • दोस्रो चरणको निर्वाचन जेठ ३१ मा गर्ने प्रस्ताव मन्त्रिपरिषदद्वारा पारित

    दोस्रो चरणको निर्वाचन जेठ ३१ मा गर्ने प्रस्ताव मन्त्रिपरिषदद्वारा पारित बिष्णु बुढाथोकी , काठमाडौं, वैशाख १० -

    ‘आयोगसँग छलफल गरी उम्मेद्वारी दर्ताको समय बढाउने निर्णय भएको छ’, कार्कीले भने, ‘दुई चरणको निर्वाचन र समय बढाउने विषयमा सोमबार बिहान सरकारले आयोगसँग छलफल गर्नेछ।’  यसअघि वैशाख ३१ को निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने समय वैशाख १६ गतेसम्म तोकिएको थियो।

  • दाहाल र ओलीबीच एक घन्टा वान टु वान वार्ता

    दाहाल र ओलीबीच एक घन्टा वान टु वान वार्ता सन्जिब बगाले , काठमाडौं, वैशाख १० -

    ओली निवास बालकोटमा भएको वार्तामा प्रधानमन्त्री दाहालले शनिबार साँझ मधेसी मोर्चासँग सहमति भएको र सो सहमतिमा समर्थन जनाउन आग्रह गरेका थिए। जवाफ ओलीले सहमतिको लिखित हेरेपछि मात्रै आफूले यो विषयमा जवाफ दिने बताएका थिए। ओली निकट स्रोतका अनुसार दिउँसो १ देखि २ बजेसम्म भएको वान टु वान वार्तामा ओलीले बजेटपछि निर्वाचन गर्दा आचारसंहित उल्लंघन हुँदैन भनेर समेत दाहाललाई सोधेका थिए।

  • विश्व फुटबलको रोमाञ्चक खेल आज

    विश्व फुटबलको रोमाञ्चक खेल आज नवीन अर्याल, काठमाडौं, वैशाख १० -

    म्याड्रिड टिममा सेन्टर डिफेन्स राफायल भार्ने चोटका कारण बाहिर छन्। पछिल्लो खेलमा मेसीलाई कडा मार्कमा राखेका भार्नेको अनुपस्थितिले बार्सिलोनामा केही उत्साह थपिएको छ। किनभने मेसी ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले २९ गोल गरिसकेका छन्। च्याम्पिन्स लिगको क्वाटरफाइनलमा युभेन्ट्ससँग कुनै गोल गर्न नसकेर घाइते बाघ‌झैं बनेका मेसीको अगाडि यतिबेला म्याड्रिड उभिएको छ।

  • ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित

    ओलीलाई भेट्न दाहाल बालकोटमा, मन्त्रिपरिषद् बैठक स्थगित सन्जिब बगाले, काठमाडौं, वैशाख १० -

    प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार प्रधानमन्त्री एक्लै ओलीलाई भेट्न गएका छन्। ‘सम्भवतः ओलीजी पनि एक्लै हुनुहुन्छ होला’, दाहालले भने ‘दुई नेताबीच वान टु वान वार्ता हुन लागेको हो।’

  • साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार

    साझा पार्टीबाट काठमाडौंको उपमेयरमा अधिवक्ता निरूपमा यादव उम्मेदवार काठमाडौं, वैशाख, १० (सेतोपाटी) -

    सप्तरीमा जन्मिएर बाँकेमा हुर्किएकी यादव अहिले काठमाडौँ वडा नम्बर १४ की वासिन्दा हुन्। ३९ वर्षीया यादवले गत १५ वर्षदेखि अधिवक्ताको रूपमा काम गरिरहेकी छन्। यादवले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन्।

  • संशोधन विधेयकमा परिमार्जन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    संशोधन विधेयकमा परिमार्जन गर्न मन्त्रिपरिषद् बैठक बस्दै सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १० -

    मधेसी मोर्चासँग शनिबार साँझ भएको सहमतिअनुसार संविधान संशोधन विधेयकमाथि परिमार्जनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

  • बस दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा

    बस दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा सागर राज तिमिल्सिना, पोखरा, वैशाख १० -

    मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालले उपचार नगरेपछि पोखराको फूलबारी क्लबले डाक्टरलाई नियन्त्रणमा लिएको छ।

  • मोर्चाको आन्दोलन भोलिदेखि स्थगित हुने

    मोर्चाको आन्दोलन भोलिदेखि स्थगित हुने सन्जिब बगाले, काठमाडौं, वैशाख ९ -

    शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चा र सरकारबीचको बैठकले सरकारले संसोधनको प्रक्रिया भोलिदेखिनै बढाउने गरी सहमति गरेकाले मोर्चाले पनि आफूले यसअघि सार्वजनिक गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ।

  • बालुवाटारमा के–के विषयमा सहमति भयो, हेर्नुहोस् विस्तृतमा

    बालुवाटारमा के–के विषयमा सहमति भयो, हेर्नुहोस् विस्तृतमा बिष्णु बुढाथोकी, काठमाडौं, वैशाख ९ -

    सरकारले संसदमा दर्ता गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक परिमार्जनसहित संसदबाट पास गराउने विषयमा सरकार र मधेसी मोर्चाबीच सहमति भएको छ। सरकारले आइतबार नै परिमार्जनसहितको संशोधन विधेयक मन्त्रिपरिषदले पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको महतोले बताए। त्यसपछि उक्त विधेयकलाई संसदबाट फास्ट ट्रयाकमा पारित गरिनेछ।

  • एमालेलाई अध्यारोमा राख्ने काम भयोः नेम्बाङ

    सन्जिब बगाले, काठमाडौं, वैशाख ९ -

    सरकार र मोर्चाबीच शनिबार साँझ बालुवाटारमा गरेको सहमतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ। मोर्चासँग सहमति गर्दा आफूहरूलाई कुनै जानकारी नदिइकन सरकारले अध्यारोमा राख्ने काम गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सेतोपाटीलाई बताए।

  • दोस्रो चरणको निर्वाचन जेठ ३१ गते

    सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ९ - सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन विषयमा सहमति भएको छ। सहमतिअनुसार दोस्रो चरणको निर्वाचनमा जेठ ३१ गते हुने राजेन्द्र महतोले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा मात्र निर...

  • दुई चरणमा निर्वाचन हुने, मोर्चाको आन्दोलन स्थगित गर्ने सहमति

    दुई चरणमा निर्वाचन हुने, मोर्चाको आन्दोलन स्थगित गर्ने सहमति संजिब बगाले, काठमाडौं, वैशाख ९ -

    सत्तारुढ दल, राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धन सम्मिलित बैठकले दुई चरणमा निर्वाचन गर्ने र मोर्चाको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्ने र मोर्चा निर्वाचनमा जाने सहमति भएको हो।

  • एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा ज्ञवाली, श्रेष्ठ र सुवेदी सिफारिस

    एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा ज्ञवाली, श्रेष्ठ र सुवेदी सिफारिस   सेतोपाटी संवाददाता , काठमाडौं, बैशाख ९ -

    नगर कमिटीले पठाएको नाममा छलफल गरेपछि जिल्ला कमिटीले तीन व्यक्ति सिफारिस गरेको एमाले नेता काशीनाथ अधिकारीले सेतोपाटीलाई बताए। अधिकारीका अनुसार जिल्ला कमिटीले देवी ज्ञवाली, केशवलाल श्रेष्ठ र विजय सुवेदीलाई सिफारिस गरेको छ।

  • मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कदै गरेको बस दुर्घटना, ५ को मृत्यु, ३० घाइते

    मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कदै गरेको बस दुर्घटना, ५ को मृत्यु, ३० घाइते सेतोपाटी , काठमाडौं, वैशाख ९ -

    मुक्तिनाथ दर्शन गरेर फर्कदैं गरेको बस कागबेनीमा दुर्घटना भएको छ। दुर्घटनामा परी ५ जनाको ज्यान जानुको साथै ३० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घाइतेहरूको जनस्वास्थ्य कार्यालय जोमसोममा उपचार भइरहेको छ।

  • विराटनगरलाई हराउँदै पारसको टिम चौराहाले जित्यो धनगढी प्रिमियर लिगको उपाधि

    काठमाडौं, वैशाख ९ (सेतोपाटी) -

    धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शनिबार भएको फाइनलमा टिम चौराह धनगढीले शरद भेसवाकरको टिम विराटनगर किंसलाई हराउँदै उपाधि जितेको छ। एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको चौराहाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। १६० रनको लक्ष्य पछ्याएको विराटनगर १८.१ ओभर  खेल्दै सबै विकेट गुमाएर मात्र ९७ रनमा समेटियो।

  • चौराहाद्वारा विराटनगरलाई जितका लागि १६० रनको लक्ष्य

    सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ९ -

    धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई जितका लागि १६० रनको चुनौती दिएको छ। एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको चौराहाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको हो।

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट