कस्तो छ ‘धनपति’को सुख-दुख ? (भिडियो)


फिल्म ‘धनपति’ को ‘सुखदुःख’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। फिल्मको रिलिज मिति नजिकिँदै जाँदा युट्युबमार्फत् गीत सार्वजनिक भएको हो।

आधा सुरको शब्द संगीतमा तयार गीतमा आधा सुर र शारदा अधिकारीको स्वर सुन्न सकिन्छ। भिडियोमा धनपति बनेका खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सुरभी बर्तौला मुख्य भूमिकामा देखिएका छन्।

फिल्मको मुख्य भूमिकामा रहेका खगेन्द्र लामिछानेको लेखन, दीपेन्द्र के. खनालको निर्देशनमा तयार फिल्म असार २३ मा रिलिज हुनेछ। फिल्मका निर्मातासमेत रहेका यी दुईले यसअघि निर्माण गरेको फिल्म ‘पशुपतिप्रसाद’ ले समीक्षकीय चर्चा बटुलेको थियो।

पूर्वी तराईबाट स-परिवार र स्वाभिमान बोकेर राजधानी आईपुगेको ‘धनपति’ अर्थात खगेन्द्र लामिछानेले आफ्नो स्वाभिमान बचाउन गर्नु पर्ने संघर्षको कथा ‘धनपति’मा रहेको निर्माण युनिटले बताएको छ।

निर्देशक स्वयमले खिचेको सिनेमामा खगेन्द्र र सुरक्षासँगै मनिष निरौला, आशान्त शर्मा, सुरवी वर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेलगायतको अभिनय छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.