चारै तिर दशैँको माहोल छ । हिजो फुलपाती भित्र्याएर आज अष्टमी मनाएर । हिजोसम्मको व्यस्त बजार आज लगभग पुरै बन्द छ । आफन्त घर परिवारसँग मिठो खाएर पूजाआजा गरेर मनाइन्छ दशैँ ।
दशैँकै बेला जात्रा हुने खोकनाको चहलपहल भने केही भिन्दै छ । सारा खोकनाबासी सिद्धिकाली जात्रा अर्थात् खोकना जात्रामा झुमिरहेका छन्।
३३ कोटी देवताको पुजा आजा र उनीहरुको नाँचसंगै चल्ने यो जात्रा मनाउँदा वर्षदिनको अनिष्ट सबै हराएर जाने खोकनाबासीहरुको विश्वास छ।
खोकनामा यही जात्रालाई दशैको रुपमा लिइन्छ र हर्षोल्लासका साथ आफ्ना आफन्तजनहरुसंग भोज भतेर गरेर मनाइन्छ।
दशैँको बेला हुने अन्य देवी देउताको मन्दिरमा जस्तै यहाँ पनि बलि दिने चलन छ । बलि नदिए अनिष्ट हुने बताउँछन् खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डगोल। १३औँ शताब्दी देखि बसोबास सुरु भएको इतिहास छ । दसैँका बेला गरिने जात्राको परम्परा भने कहिलेदेखि सुरु भएको भन्ने यकिन नभएको बुढापाकाहरु बताउँछन्।
त्यहीँ हुने खोकना जात्राका केही तस्बिर: