अजिंगरझैं घिस्रिने लामो रेल ‘कुहुँहुँ...’ आवाज निकाल्दै अघि बढथ्यो । डरलाग्दो इन्जिन, आँखामात्रै देखिने गरि टाउको छोपेका केहि मान्छे र एउटै लयमा पछयाइरहेका लस्करै डब्बाहरू । स्टेशनबाट रेल छुटनुअघिको दृश्य बडो एकतमासको हुन्थ्यो । रेलको सिटमा बसेकी केटीका आँखा बगिरहेका हुन्थे । रेल हिँडन सुरु गर्थ्यो र एउटा केटो रेलका डिब्बा पछयाउँदै दौडन्थ्यो । जसै रेलको स्पीड बढदै जान्थ्यो, पसिनाले निथ्रुक्क केटो उदास ठिंग उभिइरहन्थ्यो रेलको लिकमा । त्यो जक्शनबाट छुटने रेलले केटीलाई कता पुर्याउँथ्यो थाहा थिएन तर, स्टेशनबाट थुप्रैपटक छुटेको रेलले भने मलाई उदासीको गहिरो खाडलमा पुर्याएको थियो ।
दसैंका मेरा सम्झनासँगै जोडिएर आउँछ फिल्म । किनभने, दसैं भित्रिनुको अर्थ हुन्थ्यो, अबको महिनादिनसम्म मेरो जीवनमा सिनेमाले प्रवेश पाउनेछ र मिलेसम्म हरेक दिन सिनेमा हल म पुगेर फिल्म हेर्नेछु । दसैंको लामो बिदाले मनमा छुट्टै आनन्द भरिदिन्थ्यो र त्यस समयको सदुपयोग फिल्म हलसम्मको यात्रा थियो । माथिको दृश्य कुनै एउटा फिल्मको हो । तीन घन्टासम्म चलेको हिन्दी भाषाको त्यो फिल्म बुझे त मारिदिनु (तीन या चार कक्षा जो पढथेँ, नेपाली त राम्ररी बोल्न नआउने त्यसबेला हिन्दी त के खाएर आउनु ? पर्दामा उफ्रेका जो पुरुष पनि उस्तै लाग्ने । अहिले लाग्छ, त्यो रोमान्टिक फिल्म थियो, गीत पनि भएको। भाषा नबुझेपनि फिल्मचाहि“ रमाइलो लागेको थियो । केटोले रेललाई पछयाएको दृश्य धेरै पछिसम्म मेरो मनमा रहिरहयो । कुनै एक वर्षको दसैंमा घरबाट पैसा चोरेर होस वा दसैंमा टिकाबाट पाएको दक्षिणा लिएर मैले त्यस फिल्म केहिपटक हेरेको थिएँ । कैयौंपटक सपनामा पनि विछोडको त्यो दृश्य आइरहयो । अहिले पनि त्यस दृश्यको सम्झनाले म निकै उदास हुन पुग्छु । तर, त्यस दृश्यको छाप मस्तिष्कमा यति गहिरोस“ग किन बस्यो, म भन्न सक्दिनँ ।
न्यायो पाखी ओडि सुस्तरी आउँथ्यो चिसो दसैं र बास बस्थ्यो अगेनामा।
०००
स्थानः भक्तपुरको बागेश्वरी । मेरो बुढोमावला । खोइ के थियो, त्यहाँ जसले सहरमै हुर्केको मलाई दसैंको खास आनन्द दिन्थ्यो?
अहिले साँझ ढलिसकेपछि बजारको महक घरघर घुसिसक्छ । गाउँमा गाउँ उति नै बचेको छ, जति बचेको छ, सहरबाट गाउँको दुरी । अहिले गाउँको दसैं सहरकोभन्दा उति फरक छैन । अब गाउ“बाट सामान बजार जान्छ र बजारबाट फेरी गाउँसम्मै आउ“छ, पुरानो स्वरुप परिर्वतन गरेर र बढी मूल्य भएर ।
हरेक दसैंमा सिलाइन्थ्यो मेरो लागि सफारी सुट । टेलरबाट भर्खर ल्याएको नयाँ लुगाको वास्नाको वर्णन कसरी गर्ने ? त्यो वास्नाको मोहक अर्कै हुन्थ्यो । टिका लगाउन ठुलाहरूको अघि बस्दा उनीहरू आशिष भटयाउ“थे । आफनो ध्यान आशिषभन्दा पनि तिनको हातमा भएको खाममा जान्थ्यो । अबिर लागेको रातो खाम हात परेपछि सुटुक्क शौचालयतिर लागिन्थ्यो । पिसाब लागेकै हुन्नथ्यो, नया“ नोट भएको खाम खोल्ने लालसाले । बाबुआमाले अरुको अघि खाम खोल्नुहुन्न भनि सिकाएका अरू केटाकेटीको पनि लाइनै लाग्थ्यो शौचालयको ढोकामा । उसबेला म यति मुर्ख थिए“ कि, दस रुपैंयाको थोत्रो नोटस“ग पा“च रुपैया“को नयाँ नोट साटथेँ।
(नयाँ नोटले मलाई अहिले पनि उत्तिकै लोभ्याउँछ।)
सधैंको दसैंमा दस÷बीस रुपैया“ हात पर्ने मेरो लागि त्यो वर्ष विषेश भयो। शौचालय पसेर यसो खाम खोल्छु त, मेरो मुटु जोडले धडकियो, सपना देखेझैं भयो । खाममा त सय÷सयका दुईवटा र पचासको एउटा नोट छन । खाम खोलेपछि हि“डदा पनि खुट्टा थर्रर कापेँका थिए ।
त्यो खाम पक्कै मेरो बुबा वा आमालाई दिन ठिक्क पारिएको हुनुपर्छ, झुक्किएर मलाई आइपर्यो । तर, त्यो पैसाबारे घरमा कसैलाई भनिन“ । पैसाको सदुपयोग गर्न दसैंदेखि तिहारसम्मको बाकी“ बिदालाई सिनेमा हलमा बिताइयो । आमिर खान, सन्जय दत्त, शाहरुख खान, गोविन्दा, आदीस“गको नाता त्यहि दसैंको बेला गाँसिएको हो । उसबेला म सिनेमामा जीवन खोज्दोरहेछु, जीवनको मज्जा खोज्दोरहेछु । तर, उसबेला हेरेको फिल्ममा उहि रेलमा नायिका छुटेको दृश्य मात्र सम्झना छ । सायद, उसबेला म बढि उदास र भावुक हुने कारण फिल्म पो थियो कि ?
यसपालि म बुढोमावला जान्छु कि जान्न होला ? थाहा छैन । किनभने, अब गाउँ फर्कनु कुनै पुरानो सहर फर्कनुजस्तै लाग्छ ।