पत्रकारको दसैं

skoda
  • Get News Alerts

‘के छ पत्रकारजी! यसपालि दसैं यतै (सदरमुकाम) कि कता हो?'
कुनै कार्यालयका प्रमुख सोधे।
‘पत्रकारज्यू घरतिर कहिले?'
नेताजीको प्रश्न।
 
साँझपख सानो अँध्यारो डेरामा पुग्दा छोरा कराउँछ, ‘स्कूल विदा भो। अब घर जाने।' ‘साँच्ची घर कहिले जाने बाबा?' छोरी कमिजको बाहुला तान्छे। त्यसपछि श्रीमतीको पालो आयोः
 
‘भोलि त बजार जानु छ है। नानीबाबूलाई केही किनेको छैन। म पनि रित्तै छु। यसपटक त बहिनीलाई नि एक जोर किनिदिनु छ। पोहर उसले कति राम्रो कपडा ल्याइदिएकी। आमा (सासू) लाई झन दुई वर्ष भो केही किनिदिएको छैन। नानी (नन्द) लाई पनि किन्नु छ।'
 
पिसाबले च्यापेको थिएन सायद। ट्वाईलेट छिरेर खल्ती छामेको ९ सय ७० रुपैयाँ।
 
‘ला ए बूढो, ग्यास सकियो। दालमा सिठ्ठी नि लाको छैन।'
 
आउँदैगरेको पिसाब आफै वन्द भो उसको।
 
काम गरेको ठाउँबाट पैसो नझरेको कति भो भनेर के हिसाब गर्नु? सुरु गरेको वर्ष जति भयो, पारिश्रमिक नपाएको पनि त्यत्ति नै भयो। काठमाडाँैको अफिसमा फोन गर्‍यो भने भन्छन्ः ‘हामीले त होइन। यहाँहरूको म्यानेजमेन्ट त क्षेत्रले गर्छ। उतै कुरा गरौँ है।'
 
हेलो भनी नसक्दै ‘साथी दशैको विज्ञापन कति उठ्यो यार? केन्द्रले एक सुको हाल्दैन। त्यतैबाट म्यानेज गर भन्छ। ल है ल विज्ञापन तानौँ। अलिअलि हामीलाई पनि हेर्नुपर्छ, यस पटक त।'
 
७ वर्षदेखि हरेक वर्षको दसैँमा सुनिने वाक्य।
 
उसले न दसैँमा विज्ञापन माग्यो कतै, न त नयाँ वर्षमा। एक पटक प्रयास गर्न एउटा विकासे अ छिरेको थियोः ‘यार पत्रकारजी छलफल चलाउनु पर्‍यो। स्थानीय पत्रीकाको विज्ञापनले ध्वस्तै बनायो।' हाकिमले हात मिलाई नसक्दै भने। त्यसपछि विज्ञापनको भुतले तर्साएको पनि ४ वर्ष भयो।
केही महिनाअघि ‘ल साथी जिल्लाले तताउनु पर्‍यो। तलब खान नपाएर बिजोग भो। यसो उता (जिल्ला) बाट पेलौँ, हामी यतावाट सपोर्ट गछर्ौँ।'
आफ्नै कार्यालयको पत्रकार महासंघ शाखाबाट कसैले फोन गर्‍यो। आशाको त्यान्द्रो पनि टुट्यो, केही बर्षअघि।
 
कोठाभाडा नतिरेको आधा वर्ष भएछ। धन्न घरबेटीले २ पटक मात्र सम्झाएका छन्। दुधको पनि ४ महिनाको तिर्नु छ। रासन, छोराछोरीको स्कुल फिस, होटलको खाजा, पोहर जुत्ता किन्दाको। यताउता हिसाब गर्दा तिर्न बाँकी नै छ, करिब करिब आधा लाख।
 
छोराबुहारी अझ बोर्डिङ पढ्ने नातिनातिनी आउलान् भनेर दङ्ग छन् वा आमा पनि। भाइले दाइ आउला र मासु खाउला भनेर कुरेको माघे सक्रान्तिदेखि हो।
 
९ सय ७० गोजीमा। सबै सबै सोच्दै पसल पुग्यो, उधारो ग्यासको खोजीमा। कुनै जुगाड चलेन।
‘नाकावन्दीको असर।'
 
कोठामा आयो। होटलमा जानुको विकल्प थिएन। श्रीमती, छोराछोरी टिप्यो अनि आजको खाना होटलमा।
 
‘साहुजी चार ठाउँमा खाना है। दुई हाफ।'
बखाना लिएर आएको भाइले खाना टेबलमा नराख्दै बोल्यो, ‘सर मासु ल्याउँ?'
छोराछोरी संँगै बोले, ‘खाने खाने।' 
तुरुन्तै आयो मासु।
 
श्रीमती र छोराछोरीले मिठो मुखले मासु खाएको हेर्‍यो। आफूलाई खाना त के मासु नि नमिठो लागिरह्यो। आँखाभित्रको आँसु दबाएर आफैलाई धिक्कार्‍यो।
 
‘साहुजी कति भो?'
‘हजार ४० भो। हजार दिनु न।'
ला खल्तीमा ९ सय ७० मात्र छ। ९ सय दियो।
‘सय भोलि है।'
अँध्यारो अनुहार लगाएर साहुले स्वीकृति दियो। अब त्यो सय नआउने प्रायः निस्चित छ।
 
कोठामा आयो। टन्न पेट भरेका श्रीमती र छोराछोरी मस्तले निदाए। सिरानी भित्तामा ठडायो उसले। अनि अडेस लागेर गम्योः कसरी मनाउने दसँै?
 
‘हे भगवान, कसैले बच्चा जन्माएर सुत्का पर्न पाए नि हुन्थ्यो।'
अझ आत्माको कुनामा ‘जुठो'सम्मको सोँच्ा।
 
पोहर भन्दा ढिलै भए नि आएरै छोड्यो यसपालिको दसैँ। हर्षोल्लासको चाड। सानोमा सुनेको नयाँ कपडा, मिठो खानासंँगै रमाउने चाड।
 
कतैकतै सुनिन्थ्योः ‘हुनेलाई दसैँ नहुनेलाई दशा।'
यही दशाको बीचमा आउँछ सधैँ पत्रकारको दसँै।
 
राजधानीहुँदै जिल्लास्तरमा बसेर चौबीसै घण्टा दौडधुपमा व्यस्त पत्रकार अनि तिनको दसैँबारे सधैँ सबै मौन।
 
धेरै त थाहा छैन, धर्मेन्द्र झा, शिव गाउँले र अहिलेका महेन्द्र बिष्टले भोट माग्दै गर्दा खोकेका आश्वासनका मिठाभित्रका नमिठा वाक्य अहिले पनि धेरैको कानमा गुञ्जिरहेको छ।
 
सबैलाई सबै थाहा छ। भोग्ने त भोग्ने नै भो। भोगाउनेहरुको मनमा ‘हरि जागे पो' केही हुन्थ्यो। पत्रकार हकहितका लागि खुलेको एकमात्र छाता संगठन नै निर्धाे र स्वार्थी बनेपछि पार्टी निकट संगठनलाई झन के चासो।
 
पछिल्लो समयमा सबै भन्दा बढी विकास भएको भनिएको संचार। सबैभन्दा बढी सामन्त्ाी र नियमनहीन छ भन्दा केको अन्याय?

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • के हामीलाई हयाण्डसम केटा हेर्न मन लाग्दैन? के हामीलाई हयाण्डसम केटा हेर्न मन लाग्दैन?

    केटा मानिसको डिम्पलको वर्णन किन कसैले गर्न सकेनन्? केटाको गालामा भएको कोठीले म भुतुक्क भएँ भन्ने चर्चा किन कोही नारीवादी साहित्यकारले समते गरेनन्? मलाई थाहा छ यी तमाम मेरा प्रश्नहरुको उत्तर हामी सबैसँग छ। र त्यो उत्तर हो –केटा मानिस हेर्ने पात्र हो र हामी स्त्री जाति हेरिने पात्रका रुपमा समाजमा स्थापित छौं। हेर्ने पात्रले आफूलाई हेर्न चाहेको दृश्य वर्णन गरिदिए पुग्छ तर हेरिने पात्र तदअनुरुप बन्नुपर्छ। हेर्ने पात्रले चाहेको के हो त्यही जस्तो बन्न अभ्यास गर्नुपर्छ, नजानेको भए सिक्नुपर्छ ।

    शितल दाहाल

  • 'म मर्दा एक दिन बिदा हुन्छ हो?' 'म मर्दा एक दिन बिदा हुन्छ हो?'

    साँच्चै, हामी मर्दा कसैलाई केही फरक परेन भने हामी त कोहीसँग रिसाउन वा दु:खी हुन पनि नपाउने रहेछौं। जीवनभरि आशैआशमा बाँच्न बानी परेका हामी मृत्युबाट पनि आस गर्दा रहेछौँ है?

    नवराज पराजुली

  • दन्त्यकथा रिटर्न्स दन्त्यकथा रिटर्न्स

    १५ पाथी मकै किन्न हिँडेको हर्कमान बाटोमा कसैसँग भेटे नबोली हिँड्न सक्दैन। बगरको बाटो एक्लै काट्न दिक्क लागिरहेको बेला एकजना मान्छे आइपुग्छ। तर ऊ मरिकाटे बोल्ने हैन। भाइ, दाइ र हाकिमको सम्बोधनले बोलाउँदा पनि ऊ नबोलेपछि अन्ततः हर्कमान त्यो मान्छेलाई गुरू थाप्न तयार हुन्छ। तर गुरू एकचोटी बोलेको एक रुपियाँ लिने सर्तमा मात्रै बोल्न तयार हुन्छ।

    सौरभ कार्की

साहित्यपाटी

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

  • वृद्धाश्रमको एउटा कथा वृद्धाश्रमको एउटा कथा

    म मेरो जीवनभरिको सपना
    उपहार दिन चाहन्छु तिमीलाई!
    म आज तिमीलाई सुनाउन चाहन्छु यो कथा!
    तिम्रो देश यतिखेर बृद्धाश्रम बनिरहेको छ!
    तिम्रो देशका हरेक घरहरु
    रोइरहेका बृद्धाश्रम बनिरहेका छन् आज!
    तर म तिमीलाई
    मेरो समयको अर्कै कथा सुनाउन चाहन्छु!

    विप्लव ढकाल

  • लुरी केटी लुरी केटी

    काकीले कथा सुनाउँदा ती हजारौँ सेता परीहरुमा ऊ आफूलाई पनि कतै उभ्याउँथी। परीहरुसँगै आकाशबाट सेता हाँसमा चढेर धरतीमा ओर्लन्थी। सेतो फ्रक लगाएर, जादुको छडी बोकेर खिसिक्क हाँस्थी। सँगसँगै काकी पनि हुन्थिन्। आन्टी पनि उस्तै राम्री थिइन्। सेता लुगा लगाउँदा ठयाक्कै परीजस्तै देखिन्थिन्। बेला–बेला काकीले सेता कोट लगाएर सेतो घोडा चढी परीलाई लिन राजकुमार आएको कथा सुनाउँथिन्। यस्तो सुन्दा लुरीलाई बिछट्टै लाज लाग्थ्यो।

    विनिता बराल

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट