दशैं र रेमिट्यान्सको सम्बन्ध

skoda
  • Get News Alerts

आर्य संस्कृतिमा मात्र होईन अन्य संस्कृतिमा समेत पर्वहरुको विशिष्ट महत्व रहिआएको छ। विशेषत पर्वमा भेटघाट र पुनर्मिलनको अन्तर्निहित उद्देश्य निहित भएपनि आफ्नै परम्परागत साँस्कृतिक मान्यता समेत रहिआएका छन्।
 
आ–आफ्नो परम्परा अनुसार मान्यजन तथा गुरुबाट आशिर्वाद लिने अवसरको रुपमा समेत पर्वका ढाँचा विकसित भएर आएका छन्। आश्विन शुक्लपक्षको प्रतिपदा तिथिदेखि दश दिनसम्म मनाइने दशैंलाई हामी विशेष पर्वका रुपमा मनाउँदै आएका छौं।
 
दशैंको समयमा झन्डै ३० प्रतिशत बढीले आप्रवाह हुने रेमिट्यान्सले तथ्यगत रुपमा दशैं र रेमिट्यान्स वीचको अन्योन्याश्रित सम्बन्धलाई अझ गहिराइमा पुगेर बुझ्न मद्दत गर्नेछ। थोरै बैना लगाएर दशैं वा माघे सक्रान्तीको भाकामा भैँसी किन्ने ग्रामीण नेपाली समुदायको पुरानो प्रचलन हो। साहु ऋणी वीचको वाक्लो आवतजावत समेत यस्तै पर्व विशेषमा बढी हुने गर्थे। घरको छाना र बच्चाबच्चीको नाना फेर्ने मानवीय आधारभूत आवश्यकताका लागि समेत रेमिट्यान्स आप्रवाह हुने यस्तै सुखद अवसर प्रतिक्षा गर्ने गरेका हामी धेरै छौं।  
 
देशको परम्परागत आर्थिक गतिविधिमा प्रत्यक्ष जोडिएको रेमिट्यान्सलाई दशैँसँग मात्र जोडेर व्याख्या गरिनु संकुचित हुन्छ। यद्दपी, देशको बिद्यमान प्रतिकुल परस्थितिमा रेमिट्यान्सको आर्थिक गतिविधिले नागरिकलाई दशैँ  मान्ने अप्ठ्यारो परिस्थितिबाट थोरै भएपनि मुक्ति मिलेको छ। गत बैशाखको भूकम्पीय विनासले क्षत विक्षत तुल्याएका देशका उत्तरी नाकाहरु सुचारु हुन नपाउदै झन्डै ६६ प्रतिशत समान आयात हुने दक्षिणी नाका समेत विगत दुई महिनादेखि प्रभावित छन्। त्यसैमा थपिएको छिमेकी मित्रराष्ट्र भारतको नाकावन्दीले दशैं मनाउने समस्त नेपालीलाई दशैँ साँच्चै दशा बनेर भित्रिएको छ। 
 
परस्परमा मिलेर बसेको समुदाय नेपाल राष्ट्रको विशेषता हो, भलै यो परस्परीक सदभावलाई भत्काउने कैयन कुचेष्टा पछिल्लो समयमा किन नभएका हुन्। अहिलेको अभावमा साट्न मिल्ने चिज र वस्तुहरु साटेर दशैँ मनाउँदै गरेका कैयन नेपालीहरु भेट्न टाढा जानुपर्दैन, देशकै राजधानी काठमाडाैँ काफी छ। 
 
दशैँको मौकामा भ्याइनभ्याइ यात्रु ओसार्ने ट्याक्सी चालक मेरो बुझाईमा सबैभन्दा बढी मर्कामा छन्। निर्वाध सडकमा गुडेर आफ्नो र परिवारको दशैँ  मनाउनुपर्ने चालकहरु ट्याक्सीलाई पेट्रोल पम्पको दिनहुँ लामो लाइनमा राखेर श्रमका लागि प्रवासिएको आफ्नो साथीलाई ट्याक्सी भित्रैबाट फोन गर्छ ‘ओ हेर न ! तेल नभएर गाडी नै गुडाउन पाइएन, दशैँ मान्ने पैसा पठाईदे, गाडी गुड्न थालेपछि फिर्ता गरुँला’।  
 
यो पछिल्लो प्रतिनिधि उदाहरणले सायद पंक्तिकारका समकक्षी सवैको वाल्यकाल ब्यूँतिएको हुनुपर्छ। कारणवश मुग्लान भएका आफ्ना आफन्तलाई यस्तो पर्व विशेषमा छुट्टी नमिल्दा नयाँ लुगा फेर्ने बाल – शुलभ हठ अधुरै रहन्थ्यो। ती ट्याक्सी चालकका बच्चाबच्चीलाई त्यो अभाव झेल्नु नपरोस् ! धन्य भन्नु पर्छ ! विदेशबाट पैसा आउनलाई अहिले मान्छे नै आउनु पर्छ भन्ने छैन। रेमिट्यान्स व्यवसाय संस्थागत भएको छ। गाउँगाउँमा रेमिट्यान्स वितरण गर्ने स–साना एकाईका वित्तीय संस्था बाक्लै खुलेका छन्। दशैँ मनाउने समाजका सदस्यको वित्तीय आवश्यकतालाई पूर्ति गर्ने विकल्पको रुपमा  रेमिट्यान्सको आवश्यकता यस्तो प्रतिकूल परिस्थितिमा झन् बढी महसुस हुने रहेछ।  
 
दशैं मनाउने मात्र होईन ईद, ल्होसार..आदि मनाउने नेपाली र हाम्रा निकट छिमेकी राष्ट्रका नागरिकको बैंकिङ्ग आवतजावत समेत मुलत यस्तै यस्तै पर्व विशेषमा बढ्ता हुन्छ। विगत पचास बर्षदेखि रेमिट्यान्समा आश्रित फिलिपिन्सका नागरिक रेमिट्यान्सको अभिन्न सम्बन्धमा जोडिएका छन्।
 
तसर्थ, रेमिट्यान्स समग्र एशियाली मुलुकका नागरिकका लागि मूलतः पर्व वा त्यस्तै तत्कालिन आवश्यकता पूर्ति गर्ने चल पूँजीको रुपमा प्रयोग हुदैँ आएको छ। त्यसो त वैदिशिक सहायता र रेमिट्यान्सको प्रयोग आपतकालीन मानवीय सेवामा उपयोग हँुदै आएको तथ्यलाई विश्व बैंकले समेत स्वीकार गरिसकेको छ। 
 
सायद आर्थिक वर्ष २०६५÷६६ को दशैंमा हुनुपर्छ, राष्ट्र बैंकले  पर्याप्त पैसा बजारमा उपलब्ध गराउन सकेको थिएन। पंक्तिकार रेमिट्यान्स सेवा प्रदायक एक प्रतिष्ठित कम्पनीको प्रतिनिधिको हैसियतले साउदीमा थिएँ। बजारमा नोटको भौतिक अभाव यस्तो प्रकृतिको जागिरमा तनाव बढाउने प्रमुख कारक हो।
 
जुन यस्ता उत्सवमा प्रायः दोहोरिन्छ। सेवा प्रभावित हुदा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहनु पेशाको धर्म हो। त्यो समयमा कैयन सेवाग्राहीका गुनासा अनुभव गरेको छु, उनीहरुले भन्थे, ‘दाइ यो पैसा भएन भने मेरो परिवारको दशैं खल्लो हुन्छ’। हामीले गर्न सक्नेसम्मको काम गरेर दशैं खल्लो बन्न दिएनौं। यो समयमा रेमिट्यान्समा आश्रित नेपाली समुदायका धेरै पीडालाई प्रत्यक्ष अनुभव गर्न पाएको छुँ। 
 
अहिले झन्डै ६० प्रतिशत घरधुरी रेमिट्यान्समा आश्रित छन् कम्तीमा ती परिवारको दशैँ  रेमिट्यान्ससँग प्रत्यक्ष गासिएको छ। वस्तु बिनिमयले एकआपसमा मुद्राको परिचालन हुने स्वाभाविक संजालमा हामीले अवरोध सिर्जना गरेका छौं। सोलुखुम्बुका पाखा बारीमा फल्ने (बंगको) आलु अहिले निर्वाध तराई झर्न पाउँदैनन्।
 
तराइको खाधयान्न निर्वाध सोलुखुम्बु उक्लिन पाउँदैनन्। आलु भन्नुस वा खाद्यान्न यस्तै घरयासी उत्पादनको क्रय विक्रयबाट चाडपर्वको खुसी साट्ने हाम्रो सिमित सुविधालाई समेत हामीले नै कुल्चेका छौं। यसले राष्ट्रको आन्तरिक आर्थिक गतिविधिलाई ठूलो क्षति पुर्‍याएको छ फलत, चाडपर्वको अवसरमा रेमिट्यान्सको चर्को निर्भरता थोपरिएको मात्र होइन निर्विकल्प बनेको छ। रेमिट्यान्स हुँदाहुँदै पनि हाम्रो यो दशैं मंगलमय हुदैछैन।
 
त्यो पैसा अत्यावश्यक पर्ने वस्तु विनिमयमा खपत हुने हो तर, अहिले बजारमा ती वस्तु उपलब्ध छैनन्। पैसा हुँदाहुदै पनि समान किन्न पाइएन अब के गरौँ त ! सायद मान्छेले यसरी नै चित्त बुझाउलान्। 
 
नेपाली युवा श्रमिकले अन्तर्राष्ट्रिय श्रम बजारमा पसिना बगाएर आर्जन गरेको रेमिट्यान्स बहुराष्ट्रिय कम्पनीका उत्पादनको खरिदका खर्चिन्छ। बहुराष्ट्रिय कम्पनीले आफ्ना उत्पादन बेचे वापत राज्यलाई  कर तिर्छन्, देशको आर्थिक गतिविधि धानिएको छ। तसर्थ, रेमिट्यान्स यस्तो आयातमुखि अर्थतन्त्रको मेरुदण्ड हो भनेर निसंकोचभन्दा आपत्ति हँुदैन। यसरी हेर्दा रेमिट्यान्स दशैँ मनाउन मात्र उपयोगी छैन समग्र देशको अर्थतन्त्रमा यसको गर्भिलो उपस्थिति छ।
 
आन्तरिक उत्पादनका क्षेत्रमा रेमिट्यान्सलाई आकर्षित गर्न नसक्दा आयतमुखि अर्थतन्त्रमाथिको निर्भरता अनुकुल बन्दै गएको हो। दीर्घकालीन अर्थतन्त्रको नेतृत्व गर्ने क्षेत्र कृषि, जलविद्युत र पर्यटनको प्रवद्र्धनमा शिथिलता उत्पन्न हुँदा स्वाभाविक रुपमा युवाको विदेश मोह वाध्यकारी मानिन्छ। देशका झन्डै ४० लाख यस्तै युवा प्रवासिएका छन्। तीनका आश्रितले पर्व विशेषमा रेमिट्यान्समा आँखा लगाउनु अस्वाभाविक होईन। 
 
अमानवीय क्रियाकलापको दानवलाई बध गरेपछि रामलाई भगवानको रुपमा स्वीकार गरिएको हो। महिषासुर राक्षसको बधको खुशीयालीमा दुर्गा भवानीले आह्वान गरेको उत्सव विजयादशमीलाई हामीले अनादिकालदेखि ‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवाधात्रृ स्वाहा स्वधा नमस्तुते’ भन्ने संङ्कीर्तनका साथ बडादशैंको रुपमा मनाउँदै आएका छौं। यी दुवै सन्दर्भ कृत्रिम अप्ठ्यारोको समयमा परेको यो दशैँसँग जोडिएका छन्। तसर्थ, दशैं आफैमा परम्परागत साँस्कृतिक मान्यता हो।
 
शास्त्रीय विधि विधानको धार्मिक मान्यता होईन। परम्परागत मान्यतालाई यो मन्त्र उच्चारण गर्दै हर्षोल्लासका साथ मनाउनु पर्ने देशका कर्मठ युवा विदेशबाट परिवारको खुसीका लागि पैसा पठाएर भिडियोमा घरको दशैँ हेर्नुपर्ने अवस्थामा पुगेका छन्।
 
ओमकार परिवारको मात्र नभएर असत्यमाथि सत्यको जीतको प्रतिकको रुपमा यो पर्व देवी देवताको पुजाआराधना गर्दै मनाईन्छ। परम्परागत मान्यतालाई अक्षुण्य राख्न, देवीदेवताको पुजाआराधान गर्न,  शक्तिपीठमा पुजाअर्चना गर्ने जस्ता परम्परागत आधारभुत मान्यतामा समेत रेमिट्यान्सको अपरिहार्य आवश्यकता महशुस गरिनु लज्जाको विषय हो।
 
परनिर्भरताको पराकाष्ट यहाँभन्दा अन्यत्र खोज्नु पर्दैन। यस्तो परनिर्भरताले विस्तारै राज्यका नागरिकलाई परम्परागत मान्यता र अनुशासन कायम राख्न समेत कठिन तुल्याउने छ। परम्परागत मान्यताको संरक्षण कुनै पनि सफल राष्ट्रका अमुल्य नीधि हुन्। यसलाई ख्याल गरौँ, परनिर्भरताले  हाम्रा घरघरमा मात्र होईन पर्व पर्वमा समेत अप्ठ्यारो पारेको छ। जुन, रेमिट्यान्स आश्रित अर्थतन्त्रले अव थेगिने अवस्थामा छैन। 
 

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • के हामीलाई हयाण्डसम केटा हेर्न मन लाग्दैन? के हामीलाई हयाण्डसम केटा हेर्न मन लाग्दैन?

    केटा मानिसको डिम्पलको वर्णन किन कसैले गर्न सकेनन्? केटाको गालामा भएको कोठीले म भुतुक्क भएँ भन्ने चर्चा किन कोही नारीवादी साहित्यकारले समते गरेनन्? मलाई थाहा छ यी तमाम मेरा प्रश्नहरुको उत्तर हामी सबैसँग छ। र त्यो उत्तर हो –केटा मानिस हेर्ने पात्र हो र हामी स्त्री जाति हेरिने पात्रका रुपमा समाजमा स्थापित छौं। हेर्ने पात्रले आफूलाई हेर्न चाहेको दृश्य वर्णन गरिदिए पुग्छ तर हेरिने पात्र तदअनुरुप बन्नुपर्छ। हेर्ने पात्रले चाहेको के हो त्यही जस्तो बन्न अभ्यास गर्नुपर्छ, नजानेको भए सिक्नुपर्छ ।

    शितल दाहाल

  • 'म मर्दा एक दिन बिदा हुन्छ हो?' 'म मर्दा एक दिन बिदा हुन्छ हो?'

    साँच्चै, हामी मर्दा कसैलाई केही फरक परेन भने हामी त कोहीसँग रिसाउन वा दु:खी हुन पनि नपाउने रहेछौं। जीवनभरि आशैआशमा बाँच्न बानी परेका हामी मृत्युबाट पनि आस गर्दा रहेछौँ है?

    नवराज पराजुली

  • दन्त्यकथा रिटर्न्स दन्त्यकथा रिटर्न्स

    १५ पाथी मकै किन्न हिँडेको हर्कमान बाटोमा कसैसँग भेटे नबोली हिँड्न सक्दैन। बगरको बाटो एक्लै काट्न दिक्क लागिरहेको बेला एकजना मान्छे आइपुग्छ। तर ऊ मरिकाटे बोल्ने हैन। भाइ, दाइ र हाकिमको सम्बोधनले बोलाउँदा पनि ऊ नबोलेपछि अन्ततः हर्कमान त्यो मान्छेलाई गुरू थाप्न तयार हुन्छ। तर गुरू एकचोटी बोलेको एक रुपियाँ लिने सर्तमा मात्रै बोल्न तयार हुन्छ।

    सौरभ कार्की

साहित्यपाटी

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

  • वृद्धाश्रमको एउटा कथा वृद्धाश्रमको एउटा कथा

    म मेरो जीवनभरिको सपना
    उपहार दिन चाहन्छु तिमीलाई!
    म आज तिमीलाई सुनाउन चाहन्छु यो कथा!
    तिम्रो देश यतिखेर बृद्धाश्रम बनिरहेको छ!
    तिम्रो देशका हरेक घरहरु
    रोइरहेका बृद्धाश्रम बनिरहेका छन् आज!
    तर म तिमीलाई
    मेरो समयको अर्कै कथा सुनाउन चाहन्छु!

    विप्लव ढकाल

  • लुरी केटी लुरी केटी

    काकीले कथा सुनाउँदा ती हजारौँ सेता परीहरुमा ऊ आफूलाई पनि कतै उभ्याउँथी। परीहरुसँगै आकाशबाट सेता हाँसमा चढेर धरतीमा ओर्लन्थी। सेतो फ्रक लगाएर, जादुको छडी बोकेर खिसिक्क हाँस्थी। सँगसँगै काकी पनि हुन्थिन्। आन्टी पनि उस्तै राम्री थिइन्। सेता लुगा लगाउँदा ठयाक्कै परीजस्तै देखिन्थिन्। बेला–बेला काकीले सेता कोट लगाएर सेतो घोडा चढी परीलाई लिन राजकुमार आएको कथा सुनाउँथिन्। यस्तो सुन्दा लुरीलाई बिछट्टै लाज लाग्थ्यो।

    विनिता बराल

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट