जीवनका थुप्रै कुइनेटाहरु पारभए, बाल्यावस्थाका कयौं पल र क्षणहरु अब कहिल्यै फर्केर आउँदैनन् । त्यसताका सायद १३–१४ वर्षको हुँदोहुँ, बाघझैं हानिँदै पिङ बनाउने उद्धेश्यका साथ गाउँको उत्तर–पूर्वस्थित चौतारा नामक ठाउँमा हाजिर भएँ । जहाँबाट माछापुच्छ्रे अन्नपुर्ण हिमालको रेन्ज, फेवाताल र पोखराका मनोरम दृश्यहरु छर्लङ्ग देखिन्छन् । दशैंको छुट्टि तिहारसम्मका लागि भइसकेकाले स्कुल जाँदाआउँदा साथीभाईहरुसँग पिङ हाल्ने योजना बनिसकेको थियो । प्रायःसप्तमीको बेलुकासम्ममा पिङ बनाइसक्ने गरिन्थ्यो, त्यसैले षष्ठीको त्यसदिन दैनिकै गर्नुपर्ने काम वस्तुभाउ चराउने, कसैले घाँस काट्ने काम सकेर २–३ बजे दिउँसो सबै साथीहरु चौतारामा हाजिर भयौं ।
हतार–हतार गर्दै तक्थाबाट भुटेका मकै र भट्टमास कट्टुको खल्तिमा च्यापी बेगवानले चौतारातिर हानिन्छु– पिङ हाल्ने उत्साहले । ठुलो नाति हजुरआमाले ज्यादै माया गनुहुन्थ्यो । विस्तारै हिड् । आजभन्दा झण्डै ३० वर्षअघिको एक दशैं चाडको मेरो बल्यकालको अनुभूति हो । जीवन संघर्षहरुमा गाउँबाहिर भौंतारिँदै समयकाल व्यतित् गरेपनि वर्षदिनमा गाउँ जाने रहरमा कमी कहिल्यै आएन । बाल्यावस्थाको दशैं र गाउँको सम्झनाहरुको छाप गहिरो गरी मन–मुटुमा गढ्ने रहेछन् । ती क्षणहरुको मुल्य जति उमेर ढल्कदै जान्छ त्यति नै बढेर आउने रहेछन् । यस पंत्तिकारलाई त्यो बेलाको दशैंको लिंगे पिङसँग पहेँलो बालीबीचको द्धन्द्धको कथा अहिल्यै ताजा गरी मानसपटलमा सल्बलाइरहेको छ ।
गाउँको तथाकथित मुखियाको नाति, साथीहरुले मलाई पिङ हाल्ने नेतृत्व दिए । समयकै प्रभाव होला, त्यसताका छोइछिटो, दलित, महिला, विपन्न वर्गकाहरुले जुनसुकै सामाजिक, आर्थिक र सांस्कृतिक अवसर हम्मेसी पाउँदैनथे । बालीनालीमा प्राकृतिक विपत् नलागे पनि वर्षभरि खानपुग्ने परिवार कमै थिए गाउँमा । सायद वर्गीय चरित्रको त्यो बेलाको समाजमा सम्झन्छु, मुखियाको नाति भएकाले सरसामानः बाँस, निगालो, बाब्बियो, आदिको जोहो गर्न पनि प्रभाव चाहिने हुनाले म पिङ हाल्ने लिडरमा चयन गरे साथीहरुले । एकछिनको छलफलपछि पिङ हाल्ने रणनीति तयार भयो । उसरी गाउँमा चम्राणी (रोटे) पिङ हाल्ने सामथ्र्य हामी भूराहरुमा थिएन, ठुलै कसरत गर्नुपर्दथ्यो । ठुल्ठुला काठका खम्बा र विम्ब थुप्रै चाहिन्थ्यो, अझ बलियाबा¨ा पाका उमेरका मानिसले मात्र त्यो काम गर्न सक्दथे । केही वर्षदेखि रोटे पिङ हाल्ने चलन पनि हट्दै गएको थियो । ठुला उमेरसमुहका ती काकाबाउँहरु पनि हाम्ले हालेको लिंगे पिङमै चित्त बुझाउँने गर्दथे । लिंगे पिङ हाल्ने र दशैंमा रमाउने प्रचलन पनि हट्ला कि भन्ने डरले हामी चिन्तित् हुने गर्दथ्यौ । वर्षेनी दशैंतिहारमा पिङ हाल्ने र खेल्ने हामे्र नियति बनेको थियो ।
हामी भुराहरुलाई दशैंको पिङको त्यत्रोविघ्न महत्व र प्रभाव होला भन्ने । पिङ र पहेँलो बाली (पाकेको भित्र्याउने बेलाको धान) बीचको द्धन्द्ध गाउँमा चर्कै हुने गर्दथ्यो । दशैं असोजभित्रै परेको समयमा पिङ मजाले हाल्न पाइन्थ्यो । तर कार्तिक महिनाको लहलहाउँदो पहेँलपुर धानबालीको मौसममा पिङ राखेमा असिना–पानीले बाली नष्ट गर्दछ भन्ने कुरा गाउँखाने सत्यकथा नै बनेको थियो । हुन पनि त्यससाल दशैं अहिलेको असोजको मध्यतिर नभै कात्तिकमा परेको थियो । तारेभिर मूनिको खेत, तलको सिमटार, हर्पनखोलासँगैको फेवाफाँट र पधेँरापारीका सबै धानखेतहरुमा धान पहेँलपूर लहलहाएको थियो । पोखराको पश्चिमपट्टि फेवातालको सिरानी भएर अवस्थित चापाकोट गाविस यस पंतिकारको जन्मथलामा बाल्यावस्था ब्यतित् भएको थियो ।
सिरैमा पञ्चासेको लेक, जंगल अनि विभिन्न खोला र खहरेहरु मिलेर बनेको हर्पनखोलाले चार गाविसरु– चापाकोट, भदौरेतमागि, कास्कीकोट र सरांगकोटको फेवाफाँट छिचोल्दै फेवातालको भुँडी भर्छ । यो मौसममा यहाँका किसानहरु चिन्तित् हुनेगर्दछन्, कारण बन्दछ असिना, जसले धानवाली नष्ट नगरोस् । नेपालकै धेरै पानी पर्ने स्थान र दैविक विपत्ति पहिरो र असिनाले क्षति गर्ने ठाउँका रुपमा कास्कीको यो पश्चिम बेल्ट जोखिमपूर्ण मानिन्छ । तथापि यहाँका बासिन्दाहरुमा यद्यापि असिना र पिङबीचको सम्बन्धमा रुढिगत मानसिकता हटेको छैन । सायद वर्षौदेखिको अनुभव र भोगेका तथ्यगत घटनााहरुले यसलाई सत्य बनाएको हुनसक्छन् । र अनि यो मानसिकताले गहिरो गरी जरा गाडेको हुनुपर्छ । हुन त धान काट्ने समय अति व्यस्त मानिन्छ । पिङ राखेपछि सबै केटाकेटी र युवासमेत यसमा झुम्मिने र समय खेर गइ घरयासी काममा बाधा पुग्ने हुनाले बुढाबुढीले यो परम्परा बसालेका होलान् । साना केटाकेटीहरुले समेत घरेलु काममा हात पटाउने चलन हाम्रो कृषि संस्कृति भएका सबै गाउँघरमा हुनेगर्दथ्यो । यी कामहरु बालश्रम नभइ स्वोरोजगर स्वरुप बाख्रालाई घाँसपात र बस्तुभाउँ हेर्दिनाले ठुला उमेर समुहकाले उत्पादनमूलक आर्थिक गतिविधिमा समय दिनसक्छन् भन्ने मान्यता हो ।
यस्तै विशिष्ट परिस्थितिले हाम्रो पिङ हाल्ने कार्यमा बाधाका स्वरहरु सुनिन थाले । पाका व्यक्तिहरुले भन्न थाले ल कसरी पिङ हाल्ने रहेछन् हेरौं । बाँस, चोया र बावियो कस्ले दिने रहेछ बुढाबुढी र आमाबाबुहरु भुनभुनिँदै थिए । लिंगे पिङको लागि ४ थान बाँस र खेल्नको लागि लµा (मोटो डोरी) बनाउन बाबियो र चोया चाहिन्छ । हामी भने पिङको लागि वर्गाकार भिरालो चउरमा चारबटा बाँस गाड्ने खाडल खन्ने काममा जुट्यौं । दुई घण्टामा त्यो काम सकाएर बाँस र बाबियो जुटाउने प्रयासमा घोत्लिन थाल्यौं । उसैबेला चौतारामा भद्रभलादमी र बुढाबुढीहरु आएर हामीहरुसँग खनिन थाले । दशैंको भोलिपल्टबाट धान काट्ने चटारो छ , धान लहलह पाकिसकेको छ । यी मोराहरु यस्तो राम्रो बाली नष्ट गर्ने करामतमा लाग्दैछन् भनी सबैले ख्याउख्याउ गर्न थाले । चौतारमा सबै जम्मा भइ एकछिन अगाडि खनेका खाडल पुर्दिन थाले । हामी बालकहरुलाई के थाहा पिङ राखेकै कारण असिना पर्ला भन्ने । हामी हाम्रो लक्ष्यमा अडिग बनिरहेका थियौं, अबुझ बनि मुखामुख गर्न थाल्यौं । त्यो षष्ठीको दिन भनाभन र बाजाबाजमा झमक्क साँझ पर्नथाल्यो । गाली गर्दै भरे घरमा फर्किउला भन्दै बुढाबुढी बस्तुभाउ दुहुन र घाँसपातका लागि गोठहरुतिर लागे । हामी भने छलफलमा जुटयौं के गर्ने कसो गर्ने मै अल्मलियौं ।
यत्तिकैमा एक साथीले एउटा रोचक कुरा ख्याल गराए । त्यो के भने पाँच वर्षअघिको दशैं पनि कात्तिकमै परेको थियो, हाम्रा दाजुहरु र काकाहरुको पालामा यस्तै पिङ र पहेँलो बालीको विवादका कारण पिङ राख्न पाएका थिएनन् । तर त्यस वर्ष असिनाले धानका बोटै नरहने गरी क्षति गरेको कुरा हामीलाई याद आयो । त्यसपछि हामी डटेर त्यो कुरा गाउँलेलाई राख्ने अन्तिम प्रयासमा जुट्ने भन्दै भोली बिहान सबेरै भेट्ने भनी घरतिर लाग्यौं । सो बमोजिम परारको त्यो घटनालाई सम्झाउँदै गाउँलेलाई बुझाउने प्रयास भोलीपल्ट बिहान चौतारामा भेला भयौं । त्यो घटना सम्झाएर हामी अडिग भएको देखेर आनाकानी त गर्दै थिए गाउँलेहरु, तर प्रतिरोध नगर्ने आभास हामीलाई परेपछि पिङ निर्माण गर्ने दौडाहा सुरु भयो ।
कास्कीको चापाकोट गाविस र त्यसमा पनि मेरोे घडेरी नाउँको गाउँ पशुपालनका लागि उपयुक्त ठाउँ हो । यहाँ वन पैदावा र ननटिम्बर बाँस, निगालो, बाबियो प्रशस्तै हुनेगर्दछ । प्रायः सबै परिवारका एकदुई बाँसघारी र बारीपाटाहरुमा निगालो र बाबियो टन्न हुने गर्दछ । जाबो चार थान तन्नेरी र सलक्क आकास छुँदै गरेका बाँसको लागि कतै गुहार्नै पर्दैनथ्यो । यसरी सप्तमीको विहानै आआफ्ना नितान्त घरका काम सकाएर दिउँसो एकबजे भेला भयौं । अघिल्लो बेलुका पुरिदिएका खाडल तयार गरी बाँसको जोरजाम र बाबियो र चोयाको लागि लाग्यौं । हामी आठ जनाको टोली थियौं । ५ जना बाँस ल्याउने र बाँकी तिन जना बाबियोको उठाउने काममा खटियौं । एकदुई मुठा बाबियो र दुईचार त्यान्द्रा पाटा÷चोया प्रति घरबाट उठाउँदा लट्ठोको लागि पुग्ने गर्दथ्यो । साँझ चारपाँच बजेको हुँदोहो बाँस र बाबियो जुट्यो । बाबियो अलिकमि भएको थियो, आधाउधी लट्ठोलाई पुग्ने कलेक्सन भएको थियो । बाँस ल्याउने हामी पाँच घर र अरु केही घरकाले दिएनछन् उल्टो लखेटेछन् । त्यसपछि हामी तुरुन्त घरमा गई घरको पछाडिबाट पालीमा चढेर छाँनामाथि झुण्ड्याएका बाबियोका मुठा चोरेर ल्यायौं र धारामा भिजाउँन राख्यौं । बाबियो र चोया पाटलाई २–३ घण्टा भिजाएमा पिङ खेल्ने लµो बाट्न सजिलो र बलियो हुने कुरा हामीलाई पहिल्यै थाहा थियो ।
चारवटा बाँसहरुलाई चारकुना भएको वर्गकार अलिक भिराले चउरमा खडा गर्नुपर्ने थियो । यसका लागि साँझ पर्न आँटेका कारण बाँसहरुलाई खाडल(डोब)मा उभ्यायौं मात्र । चार बाँसको टुप्पातिर पुतलीकस्ने र डाँडी राख्ने काम अति नै चुनौतिपुर्ण हुने गर्दछ, त्यसैले त्यो काम भोलिपल्ट अष्टमीको बिहानलाई थाती राखी लµो बाट्ने प्रवन्ध मिलाउनेतिर लाग्यौं । हामी भुराहरुले बाटेको लट्ठा कमसल हुनेहुँदा पाको व्यक्ति वा तन्नेरी दुईजना आवश्यकता पर्दथ्यो । यसका लागि हाम्रै साथीको बुबा र एकजना कामीबाले सधैंका दशैंमा लµो बाटिदिने गर्नुहुन्थ्यो । हामीले उहाँहरुलाई नै बिन्ति चढायौं । बेलुका घर जान डर लागिरहेको थियो । अलि ढिला गरेर अगिनोको छेउमा राखेको भात लुसुक्क खाएर ती दुईजना काकाबाउँहरुलाई लठ्ठो बाट्ने काममा हात पटाउन पुग्यौं । करिब ३० मिटर लामो लµो राती १२ बजेसम्ममा सकियो र सुत्न गयौं । सायद त्यो मिहेनतले होला राती सपनामा समेत पिङ खेलेको देखिन्थ्यो । कसले पिङ बढी लाने, पुत्ली कस्ले छुने, घामको छायाँ हेरी कसले बढी माथि कटाउने, पिङबाट झर्ने बेलामा चउरमा को परसम्म पुग्ने भन्ने खालका प्रतिस्पर्धा गरेको र साथसाथै पालैपालो खेल्ने र खेलाउने जस्ता बिपनामा हुने घटनाहरु सपनामा देख्ने गर्दथ्यौं ।
अष्टमीको बिहानको झुल्के घामसँगै हामी चौतारामा हाजिर भएर पिङको अन्तिम आकार दिनेकाममा जुट्यौ । चारजना चारवटा बाँसमा चारतिरबाट चढ्यौं । एउटाले राती बाटिसकेको लµो लिएर बाँसमा चढ्नुपथ्र्यो । माथि बाँसको उपयुत्तः उचाइमा पुगेपछि लµो बाँसमा बाँधी अर्को साथीलाई अर्को छेउ पुग्न दियौं । दुईबटा बाँसलाई त्यो उचाईमा बाँधी डाँडी राख्ने घाटमा चोया र पाटले बेस्मारी कस्नु पर्दथ्यो । त्यसै गरी अर्को छेउमा दुईबटा बाँसलाई पनि सोही बमोजिम बाँधियो । अब चार बाँसहरुलाई एउटै बिन्दुमा ल्याई बाँध्ने काम गर्नुपर्दथ्यो, जुन अलि जटिल र जोखिमपूर्ण मानिन्छ । सन्तुलन मिलाएर चार बाँसलाई डाँडीसम्मको दुरी कम पार्दै कस्ने काम सकायौं । यतिले मात्र पिङ बलियो हुँदैन लच्किने गर्छ, त्यसैले डाँडीदेखि एकडेढ मिटरमाथि विपरित दिशाका बाँसहरुलाई कस्नुपर्ने हुन्छ, जसलाई पुतली कस्ने पनि भनिन्छ, जुन बाँसको लगभग टुप्पाको भाग हो । यो कार्य निक्कै होसियारीपुर्ण तवरले गरियो, किनभने यहिबेला बाँस लच्केर वा फुत्केर दुर्घटना हुने सम्भावना प्रबल हुन्छ । अब भने पिङमा डाँडी जो करिब २देखि साढे २ मिटर लाम्बाईको हुन्छ, त्यो राख्ने बेला आयो । बाँसको फेदभन्दा अलि मोटो र बलियो काठको डाँडी जहाँ लµो बाँधेर पिङ खेल्न सकिन्छ त्यो दुई साइडका बाँसको कापमा राखियो । डाँडी राखेको ठाउँमा चोयापाटले बाँधिएको हुन्छ, डाँडीले चोयालाई खियाइँदिने हुँदा त्यसका लागि ऊनियो या हरियो झारपात राखेमा बाँधिएको ठाउँ नखिने र पिङ दिगो हुने गर्दछ । यसरी ऊनियो राखेर पिङको पुर्ण आकारमा परिणत गर्यौं ।
साधारणतया सप्तमीको साँझपखसम्म पिङ तयार हुनुपर्नेमा त्यससाल लिंगेपिङ र पहेँलोबालीको विवादका कारण अष्टमीको विहानभरिमा तयार गरियो । पिङ उद्घाटन गर्ने काम पुतली कस्ने वालाहरुले सर्वप्रथम पाउने हुँदा क्रमसँगै तल झरी खेल्न थाल्यौं । यसरी हामीले पूर्णरुपले दशैंको लिंगे पिङको मजा उठाउन सकेका थियौं । त्यस वर्ष हाम्रो गाउँमा असिना परेन, न कुनै विपद् आयो, सबैले राम्रोसँग दशैं मनाएपछि बालीनाली भित्¥याएका थिए । पछिल्ला वर्षहरुमा गाउँलेहरुले विरोध त गर्दथे तर भाईभजिताहरुले पिङ हालिनै रहेको पाएको छु । समयले ठुलै फड्को मारिसकेको छ । हर्पन खोलामा थुप्रै पानी बगिसकेको छ, अनि अभिसप्त फेवातालले खहरे खोलाहरुको र जलकुम्भी झारको हिँसा सहिरहेको छ । अनि मेरो त्यो गाउँ स्वच्छ छ, सचेत छ, निर्दोस छ, तर बेलाबेलाको दैविक विपद्ले प्रताडि पनि हुनेगर्दछ । यतिबेला सुन्दछु, गाउँमा केटाकेटीहरुमा त्यो जोस छैन रे, एसएलसी र प्लसटु सकेसी विदेशिन थालेकाले बुढाबुढी र केटाकेटीमात्र गाउँमा छन् रे, गाउँका खेतबारी बाँजै, बाँसघारीहरुले बोलाइरहन्छन् रे । सायद युवाउन्मूख र गाउँमुखी ग्रामीण दिगो विकासको आसमा मेरो गाउँ जस्तै हजारौं गाउँहरु पर्खिबसेका छन् ।
मेरी उनै हजुरआमा वितेको पनि दशवर्ष पुग्यो, मेरी आमा जो यतिबेला हजुरआमा बनेर मेरा गाउँका छोराछोरी र भाई भतिजाहरुलाई भन्दैछिन् होला खै ठुलोबा ? कहिले आउँछ, पिङ हाल है बाबु हो । अनि मुलुक हाक्ने चारतिर फर्केका पार्टीहरुका नेताहरुलाई भन्दिहून् , ती निष्कपट र स्वतन्त्र चार बाँसहरु सरह एकसुत्रमा बाँधिएर लिंगेपिङ निर्माण गरेझैं एकथान सहमतिको लोकतान्त्रिक संविधान निर्माण गर्देऊ । २०७१को शुभ विजया दशमीको पावन अवसरमा मेरी आमा, गाउँलेहरु दाजुभाइ तथा दिदिबहिनीहरु र भाइभतिजा सबैमा ह्रृदय भरिको न्यानो माया, सम्झना र शुभकामना ।