दुर्गा भवानीको आराधना गर्दैमा धर्म हुने होइन

  • Get News Alerts

दशैंको आशिर्वादलाई व्यक्तिमूुखीबाट समाजमुखी बनाउने कि?
मेरो एकजना साथीकी आमा छिन्, पवित्रदेवी रायमाझी। उनको दिनचर्या उनको नाम जत्तिकै पवित्र रहन्छ। प्रेम, उदारता, स्वच्छता र भक्तिभाव उनका विशिष्ट गुण हुन्। दिनभरीको प्रत्यक्ष र अप्रत्यक्ष पाप गर्ने अनि साँझ(विहान भगवानको पुजा(अर्चना गरेर त्यसलाई पखाल्न खोज्ने संकिर्ण, स्वार्थी, झूठ, मख्खिचुस, ठगहरुको भिडमा पवित्रदेवीको घरमा प्रवेश गर्दा मलाई आफूभित्रका तूषहरू एकैछिनका लागि भएपनि मेटिएको आभाष हुन्छ।
 
आफूसँग भएभरको सुम्पिएर लोक कल्याणमा जिवन नै अर्पण गर्ने अनुराधा कोइराला या दिलशोभा श्रेष्ठको जस्तो महानता औंलामा गन्न सकिने मान्छेहरुमा मात्र हुन्छ। त्यसैले, ‘ब्यबहारीक कल्याण’ या हरेक व्यक्तिले आफ्नो गच्छे अनुसार सकेको कल्याणकारी कामहरु गर्ने संस्कारको विकास गर्न सकियो भने समाज धेरै न्यायपूर्ण र सुसंस्कृत हुनसक्दथ्यो भन्ने भन्ने मेरो विश्वास रहिआएको छ। 
 
त्यसैले ‘व्यवहारीक कल्याण’ का कुरा म मौका पाउने वित्तिकै गरिहाल्छु। गफगाफको सिलसिलामा एकदिन पवित्रदेवीका छोरा तथा मेरा आत्मीय मित्र श्रीरामले मलाई भने, मेरी आमाले दशैंमा आशिर्वाद दिँदा सधैं भन्नु हुन्छ – 'खान पुगोस्, दिन पुगोस्' पवित्रदेवीका ती पवित्र चार शब्द मेरो जिवनमा ‘ब्यबहारीक कल्याण’ को मेरो विश्वासलाई भत्किन नदिने प्रेरणादायी शब्दका रुपमा अंकीत छन्। र, हरेक दशैं आउँदा म उनलाई श्रद्धापूर्वक संझने गर्दछु।
 
यो पटक पनि दशैं नजिकिँदै छ। आजसम्म दशैंमा मैले जे(जति आशिर्वाद पाएँ, ती सबै मैंसंग सम्वन्धित थिए र संभवतस् भविष्यमा पनि त्यस्तै हुनेछन्। ‘तँ ठूलो भए, तँ ज्ञानी भए, तँ मानि भए, तँ धनि भए, तँलाई कहिले रोग नलागोस्, चन्द्रमा दाहिने हुन्’ आदि(इत्यादी मैले सुनि आएका आशिर्वादहरू हुन्। अहिले म यसो सोच्छु, यो समाज विग्रनु, यो सन्सार प्राविधिक र बौद्धिक ज्ञानको भण्डारका रुपमा विकशित भएर पनि यतिविघ्न अमानविय समस्याहरूबाट ग्रस्त हुनमा मूलरुपले बालबालिकाहरूलाई जुन ढंगबाट हुर्काइन्छ, बढाइन्छ र पढाइन्छ, त्यो नै जिम्मेवार छ। सानैदेखि हामी मान्छेलाई यति व्यक्ति केन्द्रीत हुन प्रेरित गर्छौं कि ठूलो हुँदासम्म उसका लागि ब्यक्तिगत उपलब्धिले जति महत्व केहीले पनि राख्दैन। 
 
तर ठूलो भएपछि भने पढेलेखेका, जानेबुझेका, धनसम्पत्ति भएकाहरूले तुलनात्मकरूपमा व्यक्तिगत उपलब्धिभन्दा सामाजिक रूपान्तरणका सम्बन्धमा बढी बोल्नुपर्ने र आदर्शको खेति गर्नुपर्ने बाध्यता श्रृजना हुँदोरहेछ। त्यसै भएर धेरै ठूलो कहलिएका मानिसहरूले पद(पैसा मेरालागि केही पनि होइन, मेरालागि यो समाज र राष्ट्रको हितले बढी महत्व राख्दछ भनेको हामी बारम्बार सुन्दछौं। अधिकांश स्थितिमा तिनले जे भन्छन् त्यो शतप्रतिशत झूठ हो भन्ने तिनहरु स्वयंलाई थाहा हुन्छ। 
 
किनभने हामी सबैलाई सानैदेखि व्यक्तिगत हितलाई सर्वोपरि ठान्न आशीर्वादका पूण्य घडिहरूदेखि यत्रतत्र सर्वत्र यसरी प्रशिक्षित गरिएको हुन्छ कि हाम्रा नसा(नसामा व्यक्तिगत मान, प्रतिष्ठा र अर्थोपार्जनका कोषिकाहरू बहिरहेका हुन्छन्। हामी बालबालिकालाई जसरी व्यक्ति केन्द्रीत हुन प्रशिक्षित गर्छौं र तिनै बालबालिकाहरू वयस्क भएपछि तिनबाट समाजका लागि जे अपेक्षा गर्छौं, त्यसको बीचमा ठूलो विरोधाभाष छ।
 
आज संसारमा देखिएका अधिकांश समस्या त्यही विरोधाभाषको नतिजा हो। हरेक दिन, काठमाण्डौका कयौं पाँचतारे होटेलहरुमा यो देश कसरी बनाउने भनेर गोष्ठीहरू भैरहेका हुन्छन्, हरेक दिन संसारभर समाज रूपान्तरणका विषयलाई लिएर सयौं पुस्तकहरू प्रकाशित भैरहेका हुन्छन्, हरेक दिन लाखौंलाख मानिसहरूले त्यस्ता ‘अग्रगमनकारी’ सोचपूर्ण पुस्तकहरू पढिरहेका हुन्छन्। तर, समष्टिगतरूपमा हेर्दा यो समाज र संसार उँभो लागिरहेको महशूस हुँदैन। हत्या, हिँसा, सामाजिक असुरक्षा, वातावरणीय ह्रास बढ्दो छ र त्यो भन्दा पनि महत्वपूर्ण गरिब र धनिबीचको खाडल कहालि लाग्दोरूपमा फराकिलो र गहिरो छ। किनभने, ज्ञान, विवेकको संवाहक नभएर, गर्व र प्रदर्शनको वस्तु भएको छ। 
 
अधिकांश परिस्थितिमा ज्ञान भोको हुन्छ, त्यसले माग्छ मात्र, दिँदैन। त्यो कसैको दोष होइन, हामीलाई त्यस्तै सिकाइएको छ। सानैदेखि मेरो मष्तिस्कमा धेरै पढेको, ठूलो ओहोदमा पुगेको, धेरै धन कमाएको, नाम कमाएको ब्यक्ति, ठूलो मान्छे हो भन्ने छाप परेको छ। तिनैलाई मेरो प्रेरणा र आदर्शका रूपमा प्रस्तुत गरिएको छ। ठूलो मान्छेको नसा यति बिघ्न कडा हुन्छ कि त्यसले अन्तिम साससम्म पनि मान्छेलाई छोड्दै छोड्दैन। 
 
ठूलो मान्छे हुने नसा लागेपछि मान्छेको चेतना ठूलै हदले साँगुरिएर आफैंमा केन्द्रीत हुनजान्छ। मान्छेलाई स्व(केन्द्रीत नसाले गाँजेको थाहा नहुने होइन, राम्रैसँग थाहा हुन्छ। तर म स्वार्थी छु भनेर स्वीकार्न उ लजाउँछ र आफूले आफ्नै बृत्ति विकास, नाम र दामका लागि गरिरहेको कामलाई उ समाज रूपान्तरणसँग जोड्न लालयित हुन्छ। 
 
त्यसैले पत्रकार लगायत सबै पेसाका मान्छेले सधैं आफ्नो कर्मले समाज र देशलाई योगदान पुर्याइरहेको दावि गर्दछन्। तर समाज र देश विग्रनाको जिम्मेवारी भने कोही पनि लिन चाहाँदैनन्। सबैले अरू, खासगरी राजनीतिकर्मीहरुलाई दोषी देख्दछन्। वास्तविकता चाहिँ के हो भने, हामी सबै दोषी छौं। गन्धा वातावरणका माझ आ(आफ्नो पेसागत दायित्व इमान्दारीपूर्वक पुरा गर्नेहरू अलि कम जिम्मेवार छन्, त्यति पनि पुरा नगर्नेहरू बढी जिम्मेवार छन्। फरक त्यत्ति हो। तर जिम्मेवार चाहिँ हामी सबै जिम्मेवार छौं।
 
हामी सबैले आफू, आफ्नो पेसा र परिवारबाहेक अरुको वास्ता गरेकै छैनौं। गैर(इमान्दार र भ्रष्टहरूको त कुरै छोडिदिउँ। इमान्दार भए पनि आर्थिकरूपमा विपन्नहरुको पनि कुरा छोडिदिउँ। हामीले कतिजना त्यस्ता व्यक्तिहरू देखेका छौं, जो इमान्दार, समाज र देशको रुपान्तरणकाबारे चिन्तित, आर्थिकरूपमा सम्पन्न छन् अनि साथसाथै आफ्नै खल्ति खोलेर केही न केही सकारात्मक काम पनि गर्छन्रु 
 
अधिकांश स्थितिमा बैठक, गोष्ठी, कार्यशालाआदिमा आदर्शको भाषण दिन मान्छे आउँछन् तर कुनै राम्रो कामका लागि अलिकति पैसा झिकौं न त भन्यो भने ‘ओहो१ म त त्यस्तो पैसा दिन सक्ने स्थितिको मान्छे त होइन नि हो’ भनेर पन्छिन्छन्। अधिकांश स्थितिमा त्यो आर्थिक विपन्नता होइन, हाम्रो घर, परिवार, समाजले रोपिदिएको मानसिक र भावनात्मक दरिद्रताको परिणाम हो। सामाज रूपान्तरणका सबभन्दा ठूलठूला कुरा गर्ने एउटा वर्ग राजनीतिज्ञहरूको हो। हाम्रा धेरै राजनीतिज्ञहरु असाध्य धनि छन्। तर तीमध्ये कतिजनाले राजनीतिक घेराभन्दा बाहिर गएर समाज रूपान्तरणलाई साँच्चिकै र ठोसरूपमा सघाएका होलान्।
 
तिनले त्यस्तो गर्दै गर्दैनन्, किनभने आफ्नो पेसा मार्फत समाज रुपान्तरणको कुरा र काम गर्न सजिलो छ तर आफैं, आफ्नै स्रोत प्रयोग गरेर उदाहरण भएर पेस हुन धेरै गाह्रो छ।
 
जबसम्म व्यक्ति  व्यक्तिले पेसामार्फत मात्र होइन, व्य क्तिगत तहमार्फत नै समाज रूपान्तरणका लागि योगदान पुर्‍याउन चाहाँदैन, समाज न्यायपूर्ण हुनै सक्दैन। त्यसका लागि व्यक्ति, व्यक्तिले आफ्नो भाग काटेर दिन जान्नै पर्छ। 
 
असाध्य हुनेले बर्षमा करोडौं काट्लान्, अलि कम हुनेले लाखौं काट्लान्, त्यो भन्दा नि कम हुनेले हजारौं, सयौं काट्लान्, तर सबैभित्र मैले अरूका लागि गर्नै पर्छ भन्ने भावनाको विकास हुनै पर्छ। धर्मकर्ममा खुब विश्वास राख्नेहरु, अटुटरुपमा पुजाआजा गर्ने अरबपति, करोडौंपतिहरुमा त त्यस्तो भावना झन बढी हुनुपर्ने हो किनभने हाम्रो शास्त्रले नै लाभांशको दश प्रतिशत सतकार्यमा खर्च गर्नु भन्छ। सतकार्यसम्वन्धी त्यस्तो वाणीलाई बेवास्ता गर्ने हो भने, साँझ(विहान मन्त्र जप्नुको के अर्थरु तिनलाई त पुजाबाट धर्म होइन, पाप लाग्छ।
 
संसारकै उदाहरण हेर्ने हो भने पनि जुन समाजमा हुनेहरुले नहुनेहरुलाई सक्दो बढी दिएका छन्, ती समाजहरू सबभन्दा सुसंस्कृत छन्। त्यहाँ झण्डै, झण्डै सदाबाहार शान्ति, स्थिरता, समृद्धी र खुशी छाएको पाइन्छ। लोककल्याणकारी राज्य व्यबस्था भएका नर्वे, स्वीडेन, फिनलण्ड, डेनमार्क जस्ता देशहरु त्यस्तो समाजका उत्कृष्ट उदाहरण हुन्। 
 
त्यहाँ हुनेहरु साठी प्रतिशतसम्म सरकारलाई कर तिर्छन्, जसमध्ये ठूलो अंश नहुनेहरूको हीतमा खर्च हुन्छ। अन्य समाजवादी पश्चीमी मुलुकहरू पनि हुनेहरुबाट सरकारले ठूलो रकम कर असुल्ने गर्दछ। त्यति कर तिरीकन पनि अझ तुलनात्मकरुपमा हरेक भनेजसो सबल ब्यक्तिले कुनै न कुनै र कतिपय स्थितिमा त कयौं लोककल्याणकारी कार्यहरूमा नियमितरुपले योगदान पुर्याइरहेका हुन्छन्। 
 
तसर्थ यो समाज, यो देश बनाउने हो भने व्यक्ति, व्यक्तिले पेसागत दायराभन्दा बाहिर गएर यो समाजलाई ठोसरूपमा थोरै नै किन नहोस् दिनै पर्छ। त्यसकालागि व्यक्ति र समाजप्रतिको हाम्रो धारणमामा आधारभूतरूपमैं परिवर्तन लेराउनु पर्ने देखिन्छ। शुरूवात यही दशैंबाटै किन नगर्ने?
 
यो दशैंमा हुनेहरू अधिकांशले जुवा, रक्सि, भोज(भतेर र मस्तिमा धेरै पैसा उडाउने छन्। के त्यसको सानो अंश उनीहरुले दशैंलाई दशा सम्झिन बाध्य गरिब र असाहायहरूलाई छुट्टाउन सक्लान् के तिनले कुनै बालगृह या बृद्धाश्रममा गएर मासुभात खुवाउन सक्लान् के तिनले कुनै या केही गरिब परिवारलाई ‘ल तपाईँ पनि रमाइलोसँग दशैं मनाउनोस् है !' भनेर दुई(चार हजार रूपैयाँ दिन सक्लान्?
 
तुलनात्मकरूपमा केही गर्नसक्नेहरुको मनमा त्यस किसिमको भावना आइदिने हो भने, अनुमान गरौँ यो दशैंले कति परिवारको मुहारमा खुशी लिएरअाउँथ्यो होला। दशैंको बेलामा त्यो भन्दा ठूलो धर्म के हुन्छ होला ? दुर्गा भवानीको आराधना गर्दैमा धर्म हुने होइन। त्यसैले, यो दशैँदेखि हामीले दिने आशीर्वादलाई पनि व्यक्तिमूखीबाट समाजमूखी बनाउने हो कि? र, आफ्ना कनिष्टजनलाई आशिर्वाद दिँदा पवित्रदेवीले झैँ नविर्सीकन भन्ने हो कि ? ‘खान पुगोस्, दिन पुगोस्’।
(मिश्रको फेसबुकबाट)

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

  • मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली? मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?

    टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ? मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।   खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्।

    शिव प्रकाश

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट