खुसी खोसिएको दशैं

skoda
  • Get News Alerts

सफा र उज्यालो आकास, चारैतिर हरियाली, खेतका आलीआलीमा लहलह झुलेका धानका बाला, बारीभरि फलेको पहेँलपुर तोरी, जताजतै मखमली, गोदावरी अनि हजारी। असोज महिना आफैंमा मनमोहक छ। धेरैका लागि खुसी र मनमोहक बोकेर आउने महिना हो यो सबैंका लागि समान कहाँ हुदो रहेछ र? यहि असोजको रंगीन वातावरणका बीच दैवले हाम्रो खुसी सदाका लागि खोसिदियो। दुई वर्षअघि असोज २३ गते बिहान २६ वर्षको अल्पायुमै तारा रेग्मी (पत्रकार) लाई टपक्कै टिपेर लग्यो। समाचार पढेर राति एघार बजे घरमा छिरेको तारा बिहान कहिल्यै नउठ्ने गरी निदाएछ। निर्दयी कालले अलिकति पनि दया देखाएन हामीमाथि। तारा पोखिएर सुन्दर र रंगीन बनेको हाम्रो जीवनको हजारौं हजारको खुसी नदेखिने गरी मेटियो, नफर्कने गरी चुँडियो। अचानोको पीर खुकुरीलाई के था र? भोग्नेलाई मात्र थाह हुन्छ खुसी चुँडिएको पिडा कति हुन्छ। अभिव्यक्त गर्दा पनि मुटु चर्किन्छ, जीउ नै जिरिंग हुन्छ। रंग उडेर रंगहीन भइदियो जीवन। अनि जीवनको एक छेउ दशैँको त के कुरा भो र? कलरफोटोको नेगेटिभ जस्तो।

संझदा पनि बलिन्द्र आँसु झर्छन्। टीकाको दिन चार दिदी बहिनीको बिचमा बस्थ्यो तारा। उस्को स्थान नै बिचमा पर्ने। दुई दिदी र दुई बहिनी बीचको तारा थियो ऊ। म मायाले काले भन्थे ऊ आदरले दिज्यू भन्थ्यो। ममीबुबाले हामी पाँचै जनालाई बराबरी दक्षिणा दिनुहुन्थ्यो। त्यसैले पनि काले दशैंमा निकै नै खुसी हुन्थ्यो । हामी त्यसै रमाउँथ्यौ। साथीभाइ चाहिँदैनथ्यो, एकअर्का नै पर्याप्त। पाँच पाइला पनि नपर्ने मामा घरमा टीका लाउन हतारिन्थ्यौँ। दशैंको दक्षिणा कसैको तलमाथि भए बराबरी बनाइदिने काम बुबाको हुन्थ्यो। तर चार दिदीबहिनीबीच बस्ने तारा अब हामी बीच रहेन। ज्योतिबिनाको ममबत्ती बन्यौं हामी। ताराबिनाको रातजस्तो।

उमेर बित्दै गयो। २०६१ सालमा प्लसटु सकेर उच्चशिक्षाका लागि तारा काठमाडौं गए। होस्टेलमा बसी निस्टमा विज्ञान विषय पढिरहेको तारा मसँगै डेरामा आयो। बिहान कलेज जान्थिम् एघार बजे आएर खाना बनाउँथे। खाको नखाको गर्दै रिपोर्टिङमा दौडिन्थे। साँझ आउँदा ताराले खाना कुरिरहेको हुथ्यो। त्यो दशैंमा मैले उस्कै रोजाइमा बेन्टलीमा गएर १६ सयको जुत्ता किनिदिएँ, जुन उस्को बहूल्य जुत्ता बन्यो। कपुरधारास्थित डेराको बसाइ, दुइटा कोठा, न फोन? इन्टरनेटको कुरा त झन परको। राति कतिपटक गोलौरामा बजेको फोनको घन्टी कानमा गुन्जन्थ्यो। घर सम्झेर रुन्थिम्। हामी आफैँले कमाएको दुख थियो काठमाडौं बसाइ। आफ्नो खुट्टामा उभिनुपर्छ भनेर नै यसो गरिम्। दशैं कहिले आउला र रात्री बस चढेर दाङको रंगिन आँगनमा पुगिएला झैं हुन्थ्यो। बहिनीहरुलाई नयाँ लुगा, मरमसलादेखि लिएर तिहारका सामग्री समेत बोकेर दाङ हुँइकिन्थ्यो। दाङको समथर भुभागमा झुलिरहेका धानका बाला अनि चिसो चिसो हावाले हामीलाई नै स्वागत गरेको जस्तो भान हुन्थ्यो। पहेँलपुर तोरीले हामीसँगै प्रित लाएको आभास हुन्थ्यो। घरघरबाट आउने तेलको खारले हामीलाई पर्खिबसेको झैं लाग्थ्यो।

घर अगाडिको आधा कठ्टा जमिनमा हाम्रो फूलबारी थियो। हाम्रा औंला खियाएर बनाएको। जता गएनि फूलका बिरुवा बोकेर पुग्थिम् घर। थरिथरीका फूलहरु, रंगिविरंगी फूलहरु। फूल टिप्न लोभ लाग्थ्यो। तारा र मैले सजाएका दर्जनौं फूलहरु। गाउँघरमा पूजाआजा चल्दा डोकोभरी फूल हाम्रै घरबाट जान्थ्यो। मन मान्दैनथ्यो त्यसरी दिन त तर भगवानका नाममा चढाईम् धेरै फूलहरु। दशैंमा घर पुगेपछि फूलबारी गोडमेल गर्ने काम पहिलो हुन्थ्यो। मम्मीले तरकारी लगाउछु भन्दा पर्दैन् यहाँ लाउन्, घर पछाडि लाउनुस् भनेर धेरजसो जमिनमा लाएका फूल गोडमेल गर्न दुई तीन दिन नै लाग्थ्यो। यसरी गोडमेल गरेका फूलहरु बिहान फुलेको देख्दा मन दिनभरीलाई उज्यालो हुन्थ्यो। हामीले हुर्काएका सन्तान थिए ती। नरिवल, सुपारी, अनार, कफी, मेवा, आप अम्वा, धुपी, अशोकलगायत आँगनका थुप्रै बोटका जरा जरामा सेतो चुन र रातो माटो लाएर रंगिचंगी बनाउने काम बुवाको हुन्थ्यो। पेटीमा बसेर ममीले पकाएको सेल र काक्राको अचार खादा कति आनन्द आउथ्यो। सयौं संझनाहरु छन्, जुन म छताछुल्ल पारी पोख्न सक्दिन। पोंखौ त आफैलाई सम्हाल्न सक्दिन। बिहेपछि यी सबै कुरा सपना झैं लाग्थे। कुनै दिन त माइतीको आँगनीमा अघाउन्जेल बस्न पाइएला भन्ने आस हुन्थ्यो। तर अब तारा नरहेको घर कसरी उज्यालो होला? तारा नै नरहे के फूलको कुरा? मन भक्कान्छिन्, मुटु चिरिन्छ। ताराविनाको हाम्रो दशैं, खुसी खोसिएको दशैं, खोक्रिएको हाम्रो दशैं।

पीडाको पोखरीमा डुबेकी ममीलाई भुलाउनु मेरो पहिलो दायित्व। रोहन जन्मिएको खुसीयालीमा ममीलाई आफूसँगै राखे। रेगन र रोहनसँग खेल्दै जिस्कँदा छ महिना बितेको पत्तै पाउनुभएनछ। उनीहरुले मम्मीको मुहारमा यति खुसी छरिदिए कि उहाँ खित्का छोडेर समेत हाँस्न थाल्नुहुन्थ्यो। मेरो लिभिंग रुमको भित्तामा टाँसेका ताराका हँसिला तस्विर देखेर फेरि एक तमासले उहाँको मन खिन्न्न हुन्थ्यो। म आमा हुँ, मलाई मेरी आमाको मुहार पढ्न कठिन छैन् , उहाँको मन बुझ्न पहाड छैन। एउटा कोख रित्तिएको कथा सजिलै पढ्न सक्छु तर बुझाउन सक्दिन किनकी मेरो भाइ पनि त छैन। म बुझेर पनि अबुझ बन्न बाध्य छु। फुटेको मुटुले च्यात्तिएको मुटु कहाँ सिलाउन सकिन्छ र? यसका बावजुद पनि घटस्थापनाको अघिल्लो दिन ममीलाई नेपाल पठाएँ। संगिता र बवितामा खुसीका सीमारेखा कोर्न पनि मैले पठाउनुथियो। ताराको सम्झनामा भएपनि जमरा उमार्न भनेकी छु। सायद उमारिदैँछ।

यतिबेला म संझिरहेकी छु। मेरो गोलौराको माइती घर। जहाँ तारा छैन अब। रेखाले नेपालको नक्सारेखा काटेकी छ। तर हामीले त्यसरी हुर्काएका फूलहरु फक्रेका छन् कि छैनन् होला। लाग्छ, ती फूलहरु पनि ताराको सम्झनामा रोएका होलान्। रेखाको विछोडमा तड्पेका होलान्। सायद तारा भएको भए हाम्रो दशैं फरक बन्थ्यो। धेरै कल्पिन्छु, धेरै तडपिन्छु आँसुबाहेक केही हात पर्दैन।

यसपालि क्यालेन्डरमा दशैं आएको छ। घटस्थापनाको दिन पूजास्थलमा ताराको तस्बिर सजाएँ। उसैले पठाएर दिएका भगवानका तस्बिरहरु लस्करै टाँसे। पूजाका भाडाकुँडा धोएँ, अपार्टमेन्टमा सजाउन रोपेका केही फूल टिपेँ, अघिल्लो दिन नै समुद्र तटबाट ल्याएको बालुवामा माटो मिसाई जमरा छरेँ। दुई वर्ष पछि मेरो घरमा जमरा उम्रदै छ। नवदुर्गाको समयभरी मैले ताराकै प्रतिमामा पूजाआजा र बत्ती बालिरहेकी छु। मेरो भगवान भनेको अब एउटा नै छ, तारा। मान्छेहरु ढुंगालाई भगवान मान्छन्, म भाइलाई। जे माग्नु छ, जे पुकार्नु छ, जे आस्था अनि बिस्वास छ ताराप्रति नै छ। हरेक छाक खानुअघि तारालाई नदिई खाएकी छैन। मलाई थाहा छ तस्बिर अभौतिक हो, तर विश्वास सबैभन्दा महान रैछ। तस्बिरअगाडि दिएको खाना उसैले खाएको अनुभूति हुन्छ, हामीसँगै रहेको तृप्ति मिल्छ।

हर्ष र उल्लासले आउने दशैं मेरा लागि बाध्यता बन्दैछ। सात समुन्द्र पारिको देश, त्यसमाथि अंग्रेजी भाषा। रेगन र रोहनलाई दशैँ सिकाउन दशैं मनाउनु छ मलाई। दशैं पढाउन दशैं मनाउनु छ मलाई। घटस्थापनाको दिन पहिलोपल्ट अक्षता र फूलले पूजा गर्न सिकाउँदा कति रमाएको थियो रेगन। अब उस्को खुसी देख्न पनि मनाइदिनु छ मैले दशैं। मामालाई चिनाउन पनि मनाइदिनु छ मैले अब। मेरो च्यात्तिएको खुसीमा उनीहरुका खुसीका रंगहरु मार्न पाउँदिन । रंगहीन दशैंमा खुसीका रंगहरु खोजिदिनुछ मैले अब।

फिलाडेल्फिया, अमेरिका

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • के हामीलाई हयाण्डसम केटा हेर्न मन लाग्दैन? के हामीलाई हयाण्डसम केटा हेर्न मन लाग्दैन?

    केटा मानिसको डिम्पलको वर्णन किन कसैले गर्न सकेनन्? केटाको गालामा भएको कोठीले म भुतुक्क भएँ भन्ने चर्चा किन कोही नारीवादी साहित्यकारले समते गरेनन्? मलाई थाहा छ यी तमाम मेरा प्रश्नहरुको उत्तर हामी सबैसँग छ। र त्यो उत्तर हो –केटा मानिस हेर्ने पात्र हो र हामी स्त्री जाति हेरिने पात्रका रुपमा समाजमा स्थापित छौं। हेर्ने पात्रले आफूलाई हेर्न चाहेको दृश्य वर्णन गरिदिए पुग्छ तर हेरिने पात्र तदअनुरुप बन्नुपर्छ। हेर्ने पात्रले चाहेको के हो त्यही जस्तो बन्न अभ्यास गर्नुपर्छ, नजानेको भए सिक्नुपर्छ ।

    शितल दाहाल

  • 'म मर्दा एक दिन बिदा हुन्छ हो?' 'म मर्दा एक दिन बिदा हुन्छ हो?'

    साँच्चै, हामी मर्दा कसैलाई केही फरक परेन भने हामी त कोहीसँग रिसाउन वा दु:खी हुन पनि नपाउने रहेछौं। जीवनभरि आशैआशमा बाँच्न बानी परेका हामी मृत्युबाट पनि आस गर्दा रहेछौँ है?

    नवराज पराजुली

  • दन्त्यकथा रिटर्न्स दन्त्यकथा रिटर्न्स

    १५ पाथी मकै किन्न हिँडेको हर्कमान बाटोमा कसैसँग भेटे नबोली हिँड्न सक्दैन। बगरको बाटो एक्लै काट्न दिक्क लागिरहेको बेला एकजना मान्छे आइपुग्छ। तर ऊ मरिकाटे बोल्ने हैन। भाइ, दाइ र हाकिमको सम्बोधनले बोलाउँदा पनि ऊ नबोलेपछि अन्ततः हर्कमान त्यो मान्छेलाई गुरू थाप्न तयार हुन्छ। तर गुरू एकचोटी बोलेको एक रुपियाँ लिने सर्तमा मात्रै बोल्न तयार हुन्छ।

    सौरभ कार्की

साहित्यपाटी

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

  • वृद्धाश्रमको एउटा कथा वृद्धाश्रमको एउटा कथा

    म मेरो जीवनभरिको सपना
    उपहार दिन चाहन्छु तिमीलाई!
    म आज तिमीलाई सुनाउन चाहन्छु यो कथा!
    तिम्रो देश यतिखेर बृद्धाश्रम बनिरहेको छ!
    तिम्रो देशका हरेक घरहरु
    रोइरहेका बृद्धाश्रम बनिरहेका छन् आज!
    तर म तिमीलाई
    मेरो समयको अर्कै कथा सुनाउन चाहन्छु!

    विप्लव ढकाल

  • लुरी केटी लुरी केटी

    काकीले कथा सुनाउँदा ती हजारौँ सेता परीहरुमा ऊ आफूलाई पनि कतै उभ्याउँथी। परीहरुसँगै आकाशबाट सेता हाँसमा चढेर धरतीमा ओर्लन्थी। सेतो फ्रक लगाएर, जादुको छडी बोकेर खिसिक्क हाँस्थी। सँगसँगै काकी पनि हुन्थिन्। आन्टी पनि उस्तै राम्री थिइन्। सेता लुगा लगाउँदा ठयाक्कै परीजस्तै देखिन्थिन्। बेला–बेला काकीले सेता कोट लगाएर सेतो घोडा चढी परीलाई लिन राजकुमार आएको कथा सुनाउँथिन्। यस्तो सुन्दा लुरीलाई बिछट्टै लाज लाग्थ्यो।

    विनिता बराल

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट