चाडबाडका बेला खानामा गति नछाडौँ

skoda
  • Get News Alerts

विवेकानन्द सुरुका दिनमा शंकालु युक्तिवादी अर्थात तर्कशास्त्रीझँै थिए। उनीभित्र अध्यात्मको ठूलो प्यास त थियो नै, उनी गुरुको खोजीमा पनि थिए। दैवी विधान नै थियो– रामकृष्ण परमहंश र विवेकानन्दको मिलन। तर, यो मिलन सहज थिएन, चानचुने पनि थिएन। अविश्वास, शंका र तर्कले छेडछाडबीच पनि यो मिलन स्थायी चाहिँ थियो। रामकृष्णलाई विवेकानन्द नभै नहुने र विवेकानन्द पनि उनलाई पछ्याउने। सुरुमा रामकृष्णका कुरा र व्यवहार नपचे पनि विवेकानन्दले उनको पिछा छोडेनन्। रामकृष्णले पनि उनले जति खिसिटिउरी गरे पनि मनमनै उनीबाट हर्षित, पुलकित भइरहे। गुरुले शिष्यलाई खुबै प्रेम गरे, शिष्यले गुरुको खुबै परीक्षा लिए। यो अनुपम सत्य खुबै चाखलाग्दो छ, अध्यात्ममा यो विशिष्ठ गाथा छ– गुरु शिष्यको।

विवेकानन्दलाई युक्तिवाद र कोरा दर्शनशास्त्रवाट शान्ति मिलेन, चैन भएन उनलाई। सुरुमा ब्राह्मसमाजका अग्रजहरु तथा धार्मिक सम्प्रदायका नेतागणहरुसँग उनले अध्यात्मको प्यास मेटाउने सामथ्र्य खोजे तर पाएनन् उनीहरुबाट त्यो सामथ्र्य। अनपढ रामकृष्णले भने कुशाग्र तथा अति वुद्धिवादी विवेकानन्दसँग निर्धक्क अधिकार जमाएर वार्तालाप गरे र आफ्नो दिव्य अध्यात्म शक्तिले ती युक्तिवादी चंचल युवकको मन शान्त बनाए। सुरुमा आफूमा पलाएको यो शान्तिको आगमन भ्रम मात्र पो हो कि भन्ने लाग्यो विवेकानन्दलाई, तर समय बित्दै जाँदा शंका दुर हुदै गयो। विवेकानन्दमा यी मन्दिरको पुजारी गुरु रामकृष्णको अनुहारमा व्याप्त सदावहार आनन्द र शान्ति अनि आफूमा चाहिँ रहेको द्विविधा तथा उल्झनबीचको फरक र यो फरक अवस्था ल्याउने कारक तत्व वारे जान्ने जिज्ञासा उत्पन्न हुन थाल्यो र यो फरकको दुरी विस्तारै बुझ्न थाले। त्यसपछि उनले  रामकृष्णलाई ध्यान सिकाउन आग्रह गरे। रामकृष्ण हृदय प्रधान थिए, त्यसैले भक्तिमार्गी थिए। उनका शिष्य चाहिँ मस्तिष्क प्रधान थिए, त्यसैले उनी ध्यानमार्गी भए। शुरुमा रामकृष्णले विवेकानन्दलाई सम्झाए, ईश्वरले त्यो प्रार्थना सुन्छन् जुन प्रार्थना सच्चा हृदयको भावले गरिन्छ, भलै त्यो कायर प्रार्थना किन नहोस्! तिमीलाई ईश्वरको साकार रुपमा विश्वास छैन भने पनि जगतको नियन्ता वा परम सत्ताको रुपमा विश्वास गरेर पुकार गर, तिम्रो प्रार्थना सुन्छन्– तर सच्चा दिलवाट त्यो प्रार्थना हुनुपर्छ।

बिस्तारै रामकृष्णले ध्यानबारे पनि सिकाउँदै गए र विवेकानन्दमा आफ्नै देहबोध हुन छाड्यो। यो भनेको शरीर र मनको विकार हट्दै गयो, उनमा र आन्तरिक शान्तिको अनुभव पनि गहिरो हुन थाल्यो। यो सवैमा हुन्छ, यदि अभीप्सा र समर्पणले ध्यान ग¥यो भने यो अवश्य हुन्छ। यो घटित हुन्छ पक्का । तर पूर्वशर्त छन यसका, निश्चित आधार तयार हुनैपर्छ। जडता विस्तारै शुक्ष्मतामा रुपान्तरण हुनु पर्छ।

ध्यान शरीर र मनको शुद्धीबाट प्राप्त हुने शान्त र आनन्दको अवस्था हो। यो आन्तरिक स्वतन्त्रताको साधन पनि हो। स्वतन्त्रता, शान्ति र आनन्द सबैलाई चाहिएको छ। सुख र आनन्दका लागि परनिर्भर हुनुपर्ने र मनमा उठने तृष्णा र द्वन्द्वहरुले सदा मानिस अशान्त रहने, त्यो कहिलै पूरा पनि नहुने अनि आनन्दको खोजीमा झनझन बोझ र पिडामात्र खेप्ने जीवनको पुनरावृत्ति भैरहने दुष्चक्रबाट मुक्त हुन उपायको खोजी गरी महान ऋषिमुनीहरुले, योगीहरुले ध्यानको आविष्कार गरे। यसको अन्तिम गन्तव्य भनेको निर्वाण, मोक्ष, कैवल्य दर्शन वा ब्रह्म साक्षात्कार हो। नाम जे भने पनि शुद्ध–वुद्ध अवस्थाको प्राप्ति हो। यसमा साधकहरुले सुरुदेखि होश पु¥याउनुपर्ने कुरा यम–नियम वा शीलको पालना हो। यो पालना नभएर अनि सृजित ऊर्जा शक्तिको अपव्यय भएर मानिसको आध्यात्मिक उन्नति कमजोर हुन जान्छ। अभीप्सा पलाउँदैन, समर्पण र अभ्यास कमजोर हुन्छ। यो जग तथा आधारशीला हो ध्यानको।

यसमा खानपिनको ठूलो भूमिका छ। परिणाम र गुणस्तर दुवैलाई ध्यान दिनु पर्छ सदा सर्वदा साधकले। उच्च अवस्थाको प्राप्ति शारीरिक र नैतिक अनुशासन बिना सम्भव छैन। निरोगी जीवन तथा स्वस्थ जीवनका लागि सामान्य व्यक्तिहरुमा पनि यो जग मजवुत हुनु पर्छ। आसन्न चाडवाडहरुमा सबैले हेक्का राखौँ– के के खाने, कति खाने, कतिपटक खाने? जिब्रोले स्वाद खोज्छ अनि पेट अघाउँदैन। त्यही हो तृष्णाको जड रुप र उदाहरण। अझ मांश–मदिरामा रुचि हुनेहरुलाई त झन यो तृष्णाले नराम्ररी लखेटछ, त्यसैले चाडबाडको बेला खानपिनमा होश जगाउनु सबैका लागि कल्याणदायी छ। साथै एकैनाशको आहार विहार सदा भए अति उत्तम। चाडवाडका वेला खानपानमा केही गति छाडे पनि स्वस्थ्य र साधना नविग्रने गरी रुचि जाग्नुपर्छ। सबैको कल्याण होस्! मंगल होस्!

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट