भत्किएको गाउँको सम्झनाको मेरो दशैं

चुनाव
  • Get News Alerts

नेपालीहरुको महान् चाड दशैं यतिखेर सबैको घरदैलो र आँगनीहरुमा आइसकेको छ। वर्षौंवर्षदेखि नभेटिएका बाबुआमा–छोराछोरीदेखि सम्पूर्ण खालका नाता सम्बन्ध हुँदै गाउँघरसम्मको भेटघाट र आशीर्वाद आदान–प्रदान हुने गरेका कारण यसको विशेष महत्व रहँदैआएको छ।
 
वर्षभरि छुट्टिएर रहेका घरपरिवारको मिलन वास्तविक रुपमा दशैंको सबैभन्दा गुणी पक्ष मान्नुपर्छ। हालका वर्षहरुमा त दशौं लाखभन्दा बढीको संख्यामा समुन्द्रपारि बस्ने नयाँ पुस्तालाई आफ्नो घरगाउँ जाने, आफन्त र परिवारसँग भेट्ने र सम्झिने वातावरण मिलाइदिनका लागि कोशेढुंगा पनि सावित भएको छ, दशैं। 
 
यसै सन्दर्भमा धेरै वर्षपछि म पनि उत्सुक भई आफ्नो गाउँमा पुगेको थिएँ। समयले धेरै कोल्टो फेरेछ। धेरै चीजहरु परिवर्तन भइसकेछन्। आफ्नो गाउँले आफूलाई नै बिर्सन थालेछ। हिजो म झुक्किएको रहेछु ! मैले मेरो गाउँलाई बिर्सिन थालेँ भनी। त्यो मेरो जन्मस्थल थियो। त्यो मेरो जन्मस्थल र बालापनसँग बितेको आँगनी थियो। जहाँ रंगीबिरंगी फूलहरुले ढकमक्क बनेको एउटा आँगनी थियो। जहाँ हरेक साँझहरुमा चराचुरुङ्गीहरुको चिरविर आवाजहरुको गुन्जायमानसँग नीलो आकाशको सन्ध्याले अँधेरीलाई बोलाउने गर्दथ्यो। आज त्यहाँ ती पंक्षीहरुका गुँडहरु भत्काइएका छन्। उनीहरुका घरहरु विनाश गरिएछन्। ती वरपीपलका रुखहरुलाई सदाका लागि समाप्त गरी सहरीकरण गरिएछ। मेरा आगनीका फूलहरु सम्हाल्ने मेरी मुटुभन्दा प्यारी बैनीको विवाह भएको पनि वर्षौं भइसकेछ। त्यसलाई मलजल गर्ने ती मेरी आमा पनि धेरै बूढी भइसकिछन्। अरु पनि धेरै कुरा फेरिए। समय न हो, परिवर्तनको फन्को मारिरहँदो रहेछ! 
 
साथीहरुसँग लडीबुडी गर्दै त्यही आँगनमा धुलो र माटोको बीचमा बितेको बाल्यकालको सम्झनाले म मर्माहित भएँ। एकान्तमा बसिरहन सकिनँ। त्यहाँबाट आत्तिएर विचलित हुँदै छिमेकी माइला बुवाको घर अगाडि पुगेछु। उहाँले मलाई बोलाउनु भएन। उहाँले मलाई ठम्याउनै सक्नु भएन। कसरी बोलाउनु होस् र ? उहाँ त वृद्ध भई आँखा पनि कम देख्न थाल्नु भएछ ! कानले पनि सुन्न छाड्नु भएछ ! तर, के गर्ने मानिसको यो जिन्दगी समयको दाशत्व स्वीकार गर्नैपर्दोरहेछ। मलाई त्यो विगत सिनेमा दृश्यझैं अगाडि आएर आँखाभरि घुम्न थाल्यो। कुनै दिन उहाँ त्यो गाउँको रौनक हुनुहुन्थ्यो। उहाँ नै त्यहाँको रमाइलोको पात्र हुनुहुन्थ्यो। सबैको प्यारो हुनुहुन्थ्यो। त्यहाँबाट म अगाडि बढ्दै पर चोक पुगें। जहाँ हरेक साँझमा साथीहरु जम्मा भई ती थुप्रै जुनेली रातहरुमा देखिने आकाश लाखौं ताराहरुका साथमा मितेर लगाउँदैं कल्पनाका सागरहरुमा थुप्रै छलाङहरु मार्दथ्यौं। तर, त्यो किशोर अवस्थाको कल्पना सृष्टि भन्दा वर्तमान यथार्थताको कठिन धरातल नै जीवन वास्तविकता हुँदोरहेछ। 
 
म फेरि त्यहाँ रोकिएर एकछिन टोलाएछु। एकछिन बरालिएछु। त्यहाँ त धेरै अगाडिदेखि नै शून्यता छाइसकेको रहेछ। जुन दिनबाट गाउँका युवाहरु एकएक गर्दै परदेशिएका थिए, त्यो बेलादेखि त्यहाँ शून्यता छाइसकेको रहेछ। पाइनँ मैले कुनै साथीहरु पनि त्यहाँ। पाइन“ मैले ती छिमेकीहरु, जसले बाटो रोकेर बाबु के छ खबर, कता हि“डेको भनेर सोध्थे। ती कुरा कयौं युरोपका बाटाहरुमा खोजे“ तर कहिल्यै पाइन“। त्यही“ आफ्नोपनले मलाई सधैं गाउँको सम्झना गराइरह्यो। युरोपका चिल्ला सडकहरुमा पनि। 
 
म अगाडि बढ्दै गएँ। हरेक छिमेकीको घर अगाडि उभिदै हिँडे न त मलाई त्यहाँ कसैले भित्र बोलाए, न त कसैले सोध्यो नै ! धेरै पुराना घर र गोरेटो बाटाहरु पनि पक्की भएछन्। ती हामी हाँस्दै लुकामारी खेल्ने रातामाटे घरहरुले रंग फेरेछन्। 
 
म फेरि नोस्टाल्जिक हुँदै छिमेकी माइला बुवाको घर पस्न पुगेछु। माइली आमा पनि धेरै वृद्ध भइसक्नु भएछ। कुरा गर्दै जा“दा भन्न थाल्नुभयो, ‘बाबु तिमीहरु विदेश गई किन हरायौ ? त्यो त तिम्रो चर्ने ठाउँ थियो। गाईवस्तु त दिनभर जंगलमा चरेर  बेलुका आफ्नो गोठमा फर्किन्छन्। तिमीहरु किन फर्किएनौ ? गाउँ नै खाली बनायौ। घर नै खाली गरायौ। उतै रमायौ। खुसी हुनु पर्दैन तिमीले बेला–बेलामा बुवाआमालाई पैसा पठाई। मख्ख पर्नु पर्दैन तिमीले पैसाले देखभाल गरेको छु भनी। वृद्ध भइसक्नुभयो तिम्रा बुवाआमा पनि। बेला–बेलामा उनीहरु पनि हामीजस्तै छट्पटिने गर्छन्। बिरामी परेको बेलामा आफ्नै सन्तानहरुको हातबाट समयमा नै औषधिमूलो र तातोपानी यसै जुनीमा पाउ“छु कि भनी।’ सुन्दासुन्दै मेरो धैर्यता पनि हरायो र म पूरै विचलित भएछु। 
 
त्यहाँबाट जुरुक्कै उठेर आफ्नो घरतर्फ लागे। बाटोमा हिँड्दा–हिँड्दैं कुनै बेला यूरोपको पत्रिकामा पढेको याद आयो। नेपालका थुप्रै गाउँहरु बृद्धाश्रममा परिणत भएछन् भनी। चिन्ता लाग्यो। यसबाट देशको आर्थिक उन्नति र ग्रामीण विकासमा कति दूरगामी असर पर्छ भनी म सोचमग्न भएँ।
 
यतिञ्जेल मध्यरातको अँधेरीले गाउँलाई छपक्कै छोपी सकेछ। सारा रात मेरो कानमा अनौठो कर्कश बनेर गुञ्जिरह्यो। मीठो निद्रा पार्ने झ्याउँकिरीहरु कराएनन्। ती माइली आमाका शब्दहरु बिझाइरहे सुई बनेर। गढिरहे मुटुभित्र। जुन गाउँ हृदयलाई शीतल आ“चले भरिदिन्थ्यो। आज त्यही गाउँ तड्पनको सुईले घोचिरहेछ। यो हामीले गाउँ बिर्सिएको सजाय होला सायद। माइलीआमा गुञ्जिरहिन्। उनको त्यो वचन हाम्रो नयाँपुस्तालाई गरेको व्यङ्ग्य वा सन्देश थियो। त्यो एउटा गाउँको आमाले परदेशी छोराहरुलाई विलाप्दै जीवनका आखिर दिनहरुका अन्तिम इच्छाहरुको शंखघोष नै थियो। 
 
मैले आफूलाई प्रश्न गरेछु। तिमी पूर्वीय सभ्यताको श्रवणकुमार बनी ती आमाबुवाको अगाडि रहन नसकेपछि आफ्नो कर्तव्य र परिधिको सही सीमाङ्कनको दृष्टिमा आफू किन पछि परेछु। कुनै समयमा त यही घरमा हजुरबुवा र हजुरआमाको औँला समाई दायाँ र बायाँ घुमेको मलाई सम्झना आयो। फेरि एकाएक मैले आफ्ना बच्चाहरुलाई पनि सम्झिन पुगेछु। हिजो त आफ्नो बचपनकालमा ती हजुरबुवा र हजुरआमाको एउटा पारिवारिक पुस्तौली संस्कारसँग आफू हुर्किने मौका पाएको थिएँ तर आज यी मेरा बेलायती छोराछोरीहरुले त आफ्ना हजुरबुवा र हजुरआमाको वरिपरि रही त्यो पारिवारिक संस्कार सिक्ने मौका पनि मिलाउन सकेको छैन। यस्तै सोच्दासोच्दै अझै दुःखी हुँदै म निदाएछु। 
 
बिहानीपख त्यो मेरो भाँचिएको र टुक्रिएको मनका साथमा त्यही चोकको पुरानो चिया पसलतर्फ हिँडिरहेको छु। लाग्दैछ, चारैतर्फ सन्नाटाले मेरो गाउँलाई छोपिरहेको छ। त्यो मेरो गाउँको मुहारमा न त तिहारको आगमन देखिन्थ्यो, न त दशैंको रौनक नै ! न त मैले देखेँ, ती लामा–लामा हरिया बा“सहरु गाडी पिङमा मच्चिने गाउँलेहरु। फेरि, मलाई सम्झना आयो– ती मेरा साथीहरुसँगै दिनभर रौस्सिदै र पिङ खेल्दै दशैं मनाएको। त्यो चिया पसलमा पनि म बिरानो भएछु। मैले गाउँबाट विछोडिएपछि पीडा महसुस गरे। गाउँ नफर्किनुको दुःख अनुभव गरे। त्यसले मलाई एउटा व्यक्ति आफ्नो गाउँमा आफैँ कसरी परदेशी हुँदोरहेछ भन्ने अनुभव गरायो। अब मलाई यस पटकको तिहारमा गाउँलेहरुसँग मैले देउसिरे खेल्ने कुनै आ“ट रहेन। त्यो त मेरो अतीतको गाउँ थियो। आज रहेन। सम्पूर्ण हिजोको कुनै संरचनाको त्यहाँ वासना थिएन। मात्र गाउँ बदलियो। याम बदलिएझैँ। परिवेश बदलियो। ऋतु बदलिएझैँ। 
 
विगतका ती दिनहरु वर्तमानमा कथाका पानाहरुमा बदलिने रहेछन्। कुनै एउटा लक्ष्य बोकी छोडेको गाउँमा आज फर्किंदा उद्देश्यविहीनजस्तो लाग्ने रहेछ। त्यो १९ वर्षको अराजक नवयुवक गाउँबाट पलायन हुँदा त्यो मस्तिष्क पटलमा अग्निकुण्डका ज्वालाहरु खिचातानी गर्थे। त्यो उमेर नै त्यस्तो थियो। जतिबेला नौला कुरा मात्र मन पर्थे, पुराना सबै बेकार लाग्थे।
 
त्यो आफ्नो पवित्र जन्मभूमिका संगीत, साहित्य, दर्शन, समाज र संस्कारहरु सम्पूर्ण कुराहरु नै वाहियात लाग्ने गर्दथ्यो। तर, आज जीवनको ४२ औं वसन्त ऋतुको मार्गहरु सयर गर्दाखेरीका चिन्तनहरु ती चिसो पहाडका शिलालेखमा लेखिएका गीतहरुजस्ता हुन थालेछन्। त्यसबेलाको देश र गाउँलाई हेर्ने सोच, दृष्टिकोण र सम्झनाका समुद्रहरुमा धेरै छालहरु आएछन्। ती वालुवाका पदचापझैँ मेटिएछन्। तर, पनि यो आफ्नो भौतिक शरीर जहाँ उभिए पनि मनमा भने सदाको लागि जन्मस्थलमै कैद भएर घुमिरहने रहेछ। यस्तै हुँदारहेछन्, संघर्षशील जीवनका घुम्तीहरु।
 
हरेक उकाली र ओरालीहरुमा कोही कहाँ त कोही कहाँ। तर, जो जहाँ भए पनि यतिखेर मलाई लागिरहेको छ, म जस्तै परदेशिएका अरु सबैलाई पनि दशैंले आफ्नो मातृभूमि र गाउँठाउँ सम्झायो होला। समुन्द्रमा पारिको प्रदेशमा पनि त्यसरी नै टीका र जमरा लगाउने सुरसार गर्दै हौँला। 
 
सम्पूर्ण नेपालीहरुलाई मेरो तर्फबाट विजया दशमीको मंगलमय शुभकामना।
 
(लेखक एनआरएनए युकेका सहअध्यक्ष हुनुहुन्छ।)
 

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • छायाँ छार्का छायाँ छार्का

    कुनै किचकन्नीको फेला परेजस्तो डर लागेर आयो। के उसका पैताला उल्टा परेका थिए? प्रश्न उब्ज्यो। गौर गरेर सम्झन खोजेँ। अहँ सकिनँ। उसको अनुहारको आकार झलझली सम्झनामा आयो। पुष्ट अपुष्ट सम्झनामा उसका दुई थान नरम स्तनहरूको स्पर्शीय आकार सम्झनामा आयो। रौँविहीन उसको योनिको पनि सम्झना आयो। उसको अर्धचन्द्राकार नाइटो, डोलमडोल गर्धन, पातला ओठ, चिम्सी आँखा, भुक्के गाला...। शरीरका सबका सब अङ्गहरूको सम्झना आयो तर उसको पैतालाको सम्झना आएन। उसको पैताला कता फर्केको थियो? कतिवटा औँला थिए? नङ कत्रा थिए?

    गनेश पौडेल

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट