मकवानपुरको हटियामा संविधानको मस्यौदा जलाउने क्रममा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
झडपमा एक दर्जन कार्यकर्तासहित ३ जना प्रहरी घाइते भएका छन्। सुझाव संकलनका क्रममा राप्रपा नेपालका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले धरपकड गरेको हो। प्रहरीको लाठीचार्जबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाकी श्रीमती प्रलिता, केन्द्रीय सदस्य राजाराम बर्तौला लगायत घाइते भएका छन्।
स्थानीयको घरको झ्यालको सिसा फुटेको छ। मस्यौदा सुझाव संकलनस्थल अहिले प्रहरीको नियन्त्रणमा छ।