नेपाली कांग्रेसकी सभासद सीतादेवी यादवको घरमा प्रदर्शनकारीद्वारा आगजनी गरेका छन्। संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सिराहामा रहेको सभासद यादवको घरमा आगजनी गरेका हुन्।
यादव सिरहा क्षेत्र नम्बर ३ की सभासद् हुन् । आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै, आन्दोलनकारीले दुईवटा मोटरसाईकलमा पनि आगजनी गरेका छन् ।