नेपालको नयाँ संविधान २०७२ पारितका लागि मतदान कार्यक्रममा सत्तारूढ दल नेपाली कांग्रेस र एमालेकै तीन सभासद अनुपस्थित रहे।
नेपाली कांग्रेसका शीला खड्का र प्रदीप गिरी अनुपस्थित रहे। यसैगरी नेकपा एमालेकी समानुपातिक सभासद राज्य लक्ष्मी गोल्छा पनि अनुपस्थित रहिन्।
गिरी स्वास्थ्य उपचारका लागि दिल्ली गएकाले अनुपस्थित रहेका हुन्। भने शीला हिन्दु धर्मको पक्षमा आन्दोलनमा भएकीले अनुपस्थित रहिन्। यस्तै एमाओवादीका सभासद प्रभु साह पनि प्रक्रिया बहिष्कार गर्दै मतदानमा सहभागी भएनन्।