नयाँ संविधानमा निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोलका आधारमा गरिने भएको छ।
संविधानको धारा २८१ को उपधारा ५ अनुसार भूगोल र जनसंख्यालाई भन्ने सट्टा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्या बीचको अनुपान यथासम्भव समान हुने गरी निर्धारण गर्ने प्रावधान संविधानसभाको बुधबारको बैठकले पारित गरेको छ।
सत्तारुढ दलदेखि आन्दोलनरत मधेसवादी दलले निर्वाचन क्षेत्र निर्धारणमा उठाउँदै आएका एउटा माग यो संशोधनले सम्बोधन गरेको छ।