नेपालको संविधानको परिमार्जित धारा ६१ मा रहेको राष्ट्रपतिको सट्टा राजा राख्नुपर्ने माग गरी राप्रपा नेपालका सभासद कमल थापाले पेश गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको छ। धारा ६१ मा राष्ट्रपतिको सट्टा राष्ट्रिय एकताको प्रतिकका रुपमा राजसंस्था रहनु पर्ने प्रस्ताव सदनको बहुमतले अस्वीकृत गर्यो। सभाध्यक्षले थापाको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेपछि थापाले उठेर नियमावलीको धारा ४२ अनुसार मत विभाजन माग गरेपछि अध्यक्षले थापाको पक्षमा रहेका सदस्य उभिन निर्देशन दिए।
थापाको समर्थनमा २५ जना सदस्य उभिएको भन्दै नियम अनुसार मतविभाजनको आधारमा ६१ सदस्य नभएको भन्दै मतविभाजनको माग अस्विकार गरे।