राप्रपा नेपालले संविधानसभामा संघीयताको विपक्षमा राखेको संशोधनको पक्षमा २५ जना सभासदले मात्र मतदान गरेका छन्। संविधानको धारा ५६ मा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको सट्टा स्थानीय स्वायत्त शासनको प्रस्ताव गरेका थिए । प्रस्ताव ध्वनीमतले अस्वीकृत भएपछि मत विभाजनको माग गरेका थिए।
मत विभाजनमा पक्षमा २५ सभासदले मात्र समर्थन गरे । आवश्यक १० प्रतिशत अर्थात ६१ सभासदको समर्थन नपाएपछि मत विभाजन गर्नुपर्ने थापाको माग संविधानसभाले अस्वीकृत गरेको छ। मत विभाजनका लागि संविधानसभामा रहेका सभासदको १० प्रतिशतको समर्थन चाहिन्छ।
संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका तीन सभासदले पनि उभिएर राप्रपा नेपाललाई साथ दिएका थिए।