पर्साबाट निर्वाचित नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरीले आफू संविधानसभा नफर्केको र बहिष्कार कायमै राखेको जनाएका छन्। सेतोपाटीसँग कुरा गर्दै उनले भने,‘हिजोदेखिनै मैले संविधानसभा बहिष्कार गरेको छु, फर्केको छैन।’ चौधरीसहित सात सभासद संविधानसभामा फर्किएको कांग्रेसका सभासद राम अयोध्या यादवले सेतोपाटीलाई जानकारी गराएका थिए।
मुलुकको आधी जनसंख्या अहिलेको संविधानको मस्यौदाको विरोधमा सडकमा रहेकाले आफूले पनि संविधानसभामा मतदान प्रकृया बहिष्कार गरेको उनले बताए।
‘संविधानले शान्ति ल्याउनु पर्यो, विकास ल्याउनु पर्यो,’ उनले भने,‘ तर यो संविधानले द्वन्द्व बढाउने भयो। त्यसैले मैले संविधानसभामा रहेर समर्थन गर्न सकिनँ।’