एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादीले सम्झौता गरेर संविधान छिटो बन्ने मार्ग प्रशस्त गरेरको जनाएका छन्। चार प्रमुख दलहरूको बैठक सकिएलगत्तै फेसबुकमा लेख्दै भट्टराईले ‘क्रान्तिकारी आन्दोलनका सबै उपलब्धी गुम्ने खतराका बिच एमाओवादीले सम्झौता गरेको बताएका छन्।
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी समानुपातिक लोकतन्त्र जस्ता आन्दोलनका महत्वपूर्ण उपलब्धी संरक्षित भएको’ भन्दै उनले सबैबाट सहयोगको अपेक्षा गरेका छन्।