संविधानमा थ्रेस होल्ड नराख्ने चार दलले सहमति गरेका छन्। शनिबार सिंहदरबारमा बसेको चार दलको बैठकमा शीर्ष नेताहरूले थ्रेस होल्ड नराख्ने सहमति गरेका हुन्। बैठकपछि बाहिरिदै नेकपा एमालेका नेता माधव नेपालले थ्रेस होल्ड नराख्ने निर्णय भएको बताए।
संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरूले थ्रेस होल्ड राख्न नहुने माग गर्दै आएका थिए।