अखण्ड बागलुङको माग गर्दै आन्दोलनमा उत्रिएका बागलुङबासीको माग सम्बोधन भएको छ। शनिबार सिंहदरबारमा बसेको चार दलको शीर्ष बैठकले बागलुङलाई अखण्ड राख्ने सहमति भएसँगै बागलुङ नटुक्रिने भएको हो।
‘बागलुङ अखण्ड रहने विषयमा सहमति भएको छ,’ बैठकपछि बोल्दै एमालेका नेता माधव नेपालले भने।