संविधानको परिर्माजित विधेयकमाथि आइतबार पाँचौं तथा अन्तिम दिनको सैद्धान्तिक छलफलमा बोल्दै नेकपा एमालेका सभासद बामदेव गौतमले हामीले गरेको संघीयताको प्रयोग नयाँ भएको बताएका छन्।
उनले अगाडि भने-
गतिशिल संविधानको प्रस्ताव आएको छ। प्रस्तावित संविधानको मस्यौदामा जुन संघीयताको आधार प्रस्तुत भएको छ त्यो नयाँ प्रयोग हो। एक राज्यमा संघीयता प्रयोग नेपाल मात्रै हो। चार हजार वर्षको इतिहास बोकेको नेपालमा यो नयाँ प्रयोग हो।
विभिन्न जाति भाषा र संस्कृतिका मानिसको साझा पहिचान भनेको नेपाल र नेपाली हो। कतिपय दलले हाम्रो विशीष्ट राजनीतिक अवस्थालाई बुझ्न नसकी संघीयतामा जाने निर्णय गरेका राजनीतिक दलले अहिले पनि आँखामा पट्टी बाध्नेकाम गरेकोमा आर्श्चय लागेको छ। एक राष्ट्र बहुराष्ट्रिय भावनामा जानु हुँदैन।
अहिले मानवजातिको विकास निर्मम र निर्दयी छ। नेपाललाई कसैले समाप्त गर्छौ भन्नेहरू इतिहासमा नै समाप्त हुँदै आएका छन्।
नेपालको विकास नेपालमा भएको जलाधारको उपयोग हो। त्यसका लागि उत्तर दक्षिण नै प्रदेश उपयुक्त थियो। यसमा १६ बुदे सहमतिमा भए अनुसार संघीयताको विषय थाती राखी संधिवान बनाउनु उपयुक्त भए पनि अहिले फर्कन सक्ने अवस्था छैन। तर पनि संघीय आयोगले प्रदेशको विषयमा नमिलेका विषय मिलाउने छ।