फोरम लोकतान्त्रिकका सभासद जनक चौधरीले टीकापुरको घटनालाई सीमांकनकै कारण घटेको बताएका छन्।
संविधानको मस्यौदामाथिको छलफलमा भाग लिँदै शुक्रबार उनले भने,‘टीकापुरको घटनाको परिणामको कारण यथार्थमा संविधानसभाभित्र छलफल गर्दै गर्दा सीमांकनको कारण हो। बाबुसाहेव र मुखीया शैलीमा कोर्नेहरु नै यसको कारक हुन्।’
संविधानको मस्यौदा तयार हुँदै गर्दा कैलालीको टिकापुरमा दुःखद् घटना भएको छ। जुन घटना घट्यो त्यो हत्या जहिलेपनि निन्दनीय हुन्छ। प्रशंसनीय हुँदैन।
संविधानसभा र राजनीतिक परिवर्तनमा देशका धर्तीपूत्र थारूहरुले दिएको महत्वपूर्ण योगदानले हो। थुप्रै पटक थारूहरुले शासकहरुसँग सम्झौता गरेका थिए। अहिले सोचेका थिए कि अबको संविधानले हाम्रा पहिचान, सघन बस्तीबारे सम्बोधन गर्ला। तर बाबुसाहेव र मुखिया जमिन्दारले कोरेको सीमांकनले थारूहरूसहित तराई आन्दोलित भएको छ। टीकापुरमा सुरक्षास्थिति कमजोर छ। म सभासदको घरमा कर्फ्युको बेला आगो लाग्छ भने सर्वसाधारणको घरमा के होला?