नेपाली कांग्रेसका सभासद पद्मनारायण चौधरीले संविधान निर्माणको अन्तिम अवस्थामा जनताको माग अनुसार प्रदेशको सीमांकन सहित मस्यौदा ल्याएकोमा सकारात्मक भएको बताए।
त्यसका बाबजूद जनताले अहिले उठाएका आवाजहरु जसरी हुन्छ नेताहरुले आगोको झिल्का फैलीनु अघि नै निभाउन लाग्नु पर्ने बताए।
उनले सिराहा र सप्तरीलाई पाखा लगाएर कसरी अरू जिल्लाको मात्रै प्रदेश निर्माण भयो त्यो आफूलाई थाहा नभएको बताए।
उनले तराईको भित्रीमधेसका जिल्लाहरु उदयपुर, सिन्धुली, मकवानपुर र चितवनलाई कुन आधारमा दुई नम्बर प्रदेश बनाइयो त्यसको कुनै आधार नभएको भन्दै भित्री मधेस बिना तराई प्रदेश दिगो हुन नसक्ने बताए।
यदि यसरी मधेसलाई छुट्याउने नै हो भने अरु प्रदेशजस्तै पहाड र हिमालसँग मिलाउनु पर्छ।