सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले समितिका सदस्यलाई सहमतिको पत्र वितरण नै नगरी कसरी अध्ययन हुन्छ भन्दै आपत्ती जनाएका छन्। शनिबार मध्यरातमा गरेको सम्झौताको कपी हरेक समितिका सदस्यलाई बाढ्ने भनेपनि सभापति बाबुराम भट्टराईले त्यसो नगरेको र आफूहरूलाई हेपेको उनको आरोप थियो। यसैबीच उनले आफ्नो पार्टी पनि आजको संवाद समितिको बैठक बहिष्कार गर्ने भन्दै बोलिसकेर बाहिरिएका छन्।
सीमाङ्कनमा विगतको आयोगले दिएको मर्म विपरित अन्तरिम संविधानको धारा १३८ को १ ‘क’मा जनताको आकांक्षा विपरित आयो। यो भन्दा त कमसेकसम कांग्रेस एमलेले ल्याएको ७ प्रदेशको खाकामा दुई मधेस प्रदेश थियो। विवेक र द्वन्द्वलाई चर्काउने र संविधानलाई असफल बनाइ पुरानै अवस्थामा फर्काउने स्थिति आयो। द्वन्द्व समाधान गर्न प्रदेशको संख्यामा हेरफेर गर्नुपर्छ। यो चार दलको निर्णय हो यसलाई हामी विरोध गर्दै समितिको बैठक बहिस्कार गर्छौ,’ कर्णले भने।
संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना र तमससपाले आजको समिति बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन्।