संविधानको प्रारम्भीक मस्यौदामा जनताका सुझावहरूबाट केही कुरा थपेर केही कुरा घटाएर मस्यौदा सम्वाद समितिमा पठाएको छ।
शनिबार मध्यरात भएको हस्ताक्षरमा रहेको केही प्रमुख कुराहरू यस्ता छन्।
· धर्म निरपेक्षता, थ्रेस होल्ड, संवैधानिक निकायका बारेमा पछि छलफल गर्ने।
· नागरिकतामा वा राख्ने
· प्रधानसेनापति र मुख्य सचिवलाई सुरक्षा परिषदमा राख्ने।
· राष्ट्रिय सभामा ५१ सदस्यीय हुने।
· राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी हुनुपर्छ।
· शासकीय स्वरूप पुरानै रहने।
· गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष राख्ने।
· वडाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने।
· वडा समिति गठन हुने।
· विभिन्न आयोगमा नियुक्तिका लागि स्नातकोत्तर पास गरेको हुनुपर्ने।
· संक्रमणकालीन ब्यस्थामा अर्को व्यक्ती नियुक्त नभएसम्म हाल कायम रहेका व्यक्ति पदमा बहाल रहने।