नयाँ सविधानका लागि प्रारम्भिक मस्यौदा बोकेर जनताको राय सुझाब संकलनका लागि कास्कीमा आएको टोलीले ६ हजारभन्दा बढी सुझाब संकलन गरेको छ। असार २७ गते पोखरा आएको टोलीले विभिन्न ठाउँ र सभासद्हरुसँग गरेका कार्यक्रममा ६ हजार भन्दा बढी सुझाब संकलन भएको संविधान सभा नागरिक सम्बन्ध तथा संविधान सुझाब सङ्कलन उपसमितिकी सचिव सृजना बरालले जानकारी दिइन्। बरालले गाविस सचिवहरुलाई दिएका सुझाब बाहेक लिखित रुपमा ४ हजार ५ सय २४, मौखिक रुपमा ७ सय १९ सुझाब संकलन भएको बरालले जानकारी दिइन्।
पोखरा सभागृहमा सोमबार भएको कार्यक्रमा करिब २ हजार रुपमा लिखित १ सय ८७ मौखिक सुझाब आएका छन्। त्यसैगरी मंगलबार कास्कीको क्षेत्र नम्बर एकमा लिखित ४ सय २१ र मौखिक रुपमा १ सय ५४ वटा सुझाब आएको बरालले जानकारी दिइन्। त्यसैगरी क्षेत्र नम्बर २ मा ४ सय ३५ लिखित, १ सय १० मौखिक, क्षेत्र नम्बर ३ मा ३ सय ६४ लिखित, १ सय ४९ मौखिक र क्षेत्र नम्बर ४ मा ३ सय ४ लिखित, १ सय १९ मौखिक सुझाब आएको बरालले जानकारी दिइन्।