संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आज राति बसेको बैठक संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदन, २०७२ पेस गरेका छन्।
संविधानसभाको आजको बैठकमा उनले केही दलको फरक मतसहितको मस्यौदा पेस गरेका हुन्। दलबीच मस्यौदामा सहमति जुट्न नसक्दा आज अपराह्न ३ बजेका लागि निर्धारित बैठक राति ८ बजे सुरु भएको थियोे।
संविधान मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौलाले संविधान सभा बैठकमा एकीकृत मस्यौदा पेश गरेपछि मंगलबारको बैठक स्थगित भएको छ।
यसैबीत मधेसी दलका सभासदहरुले रोस्टम अगाडि आएर मस्यौदा च्यातेका छन्। नारावाजी पनि गरेका छन्। सभाध्यक्षले आजको बैठक सकिएको घोषणा गर्दै अर्को बैठक असार-१७ गतेलाई डाकेका छन्।
‘सर्वोच्चको अदालतविरूद्ध मस्यौदा ल्याइएकाले हामीले च्यात्यौ।अब कडा संघर्ष गर्छौ भएन भने जनआन्दोलन गर्न पनि तयार हुन्छौ,’ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने।