सभामुख सुवासचन्द्र नेम्वाङले वीर अस्पतालमा अनशनरत अधिकारी दम्पत्तिका सम्बन्धमा संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको संसद् बैठकको शून्य समयमा केही सभासद्ले अधिकारी दम्पत्तिको स्वास्थ्य स्थिति र उपचार सम्बन्धमा प्रश्न उठाएपछि सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन्।
शून्य समय सकिनासाथ सभामुख नेम्वाङले अधिकारी दम्पत्तिको स्वास्थ्य स्थितिको बारेमा सदनमा प्रश्न उठिरहेको हुनाले उहाँहरुको स्वास्थ्य स्थितिका बारे संसद् बैठकलाई अविलम्ब जानकारी गराउन भनेका हुन्। उनले भने, ‘अधिकारी दम्पत्तिको उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछु भने।’