नेपाल बर्मुडामा जारी विश्व क्रिकेट लिग डिभिजन ३को पहिलो खेलमा अमेरीकासँग ९४ रनले पराजित भएको छ ।
टस हारेर पहिले फिल्डिङ गरेको नेपाल अमेरीकाले दिएको ३६७ रनको लक्ष्य पछ्याउने क्रममा ४९.५ ओभरमा सबै विकेट गुमाएर २७२ रन मात्र बनाउन सकेको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७३ सरद भेस्वाकरकले ७२ रन बनाएका थिए । प्रारम्भिक चरणका व्याट्समेन चल्न नसक्दा नेपालले पराजय वेहोरेको थियो ।
नेपालका लागि शक्ति गौचन ३९, सुबास खकुरेल २३,प्रदिप ऐरी र सन्जम रेग्मीले समान १४, ज्ञानेन्द्र मल्ल ९, बसन्त रेग्मी ७ र विनोद भन्डारीले चार रन बनाएका थिए ।
अमेरीकाका नेइल म्याकगारेलले सर्वाधिक ३ विकेट लिएका थिए ।
यसअघि स्टेभन टेलरको सानदार व्याटीङमा अमेरीकाले आइतबार नेपाल विरुद्ध ६ विकेट गुमाउदै ३६६ रनको बिशाल योगफल तयार गरेको थियो ।
टेलर एक्लैले १ सय ६२ रन बनाएका थिए । उनले १ सय २ बल खेली १२ चौका र १२ छक्का प्रहार गरे । टेलरले ओर्लान्डो बेकरसँग पहिलो विकेटमा १८ ओभरभित्र १ सय २५ रनको साझेदारी गरे । बेकरले ५६ बलमा ४ चौका प्रहार गरी ३७ रन बनाए । अमेरिकाका लागि टिमरोए एलियनले ३४ बलमा ६ छक्का र ४ चौकासहित अविजित ६७ रन बनाए ।
कप्तान स्टिभ मासिहले ११, उपकप्तान सुशील नाडकर्नीले २८, नेइल म्याकगारेलले अविजित २२, रशर्द मार्शलले ५ र बेरिङटन बार्टलीले १३ रन बनाए ।
नेपालका वशन्त रेग्मीले दुई तथा अमृत भट्टराई, सन्जम रेग्मी र सक्ति गौचनले एक÷एक विकेट लिए ।