एक साताअघि मात्र प्रहरी कन्ट्रोलको १०० मा फोन आयो । बच्चाको तोतेबालीमा 'पुलीस अंकल खाना खाइस्यो ? पुलीस भनेके केहो ? पुलीसले के गर्छ ?' प्रहरीले कल डिटेल मार्फत नम्बर पत्ता लगाएर फोन गर्दा बसुन्धराकी सुमित्रा मानन्धरले बच्चाले खाना खान नमानेपछि बच्चा भुलाउन कल गरेको बताइन् ।
प्रहरीले उनलाई सचेत दिलाउँदै अब आइन्दा अनावश्यक कल नगर्नुहोला । नत्र हामी कानुनअनुसार कारबाही गर्छौ ।
अपराधिक गतिविधिका सूचनाहरु त्था प्रहरीको सहयोग लिनको लागि उपलब्ध गराइएको १०० नम्बर पछिल्लो समय मनोरञ्जनका साधनहरु पनि बनेका आजको अन्नपूर्णमा खबर छ ।
कसैको अज्ञानीमा त कसैल् जानाजान यो नम्बर दुरुपयोग गरिरहेका प्रहरीको बुझाई छ । बच्चाले खाना नखाएको अवस्थामा बच्चा भुलाउन मात्र हैन । युवतिहरु मायाँ पिरतीको कुरा गर्न समेत १०० मा फोन आउने गरेको प्रहरी बताउँछन् ।