विवाहमण्डपमा हर्षोल्लास छ । छेउमा बाजाको तालमा नाच चलिरहेछ । जन्ती–लोकन्ती आ–आफ्ना झुन्डमा गफिँदै बिहे नियाल्दैछन् । दुलाहा–दुलहीलाई छेड हान्दै मण्डपको माहोल तताउनेको कमी छैन । सबै आ–आफ्नै सुरमा छन् ।
मण्डपमा एउटा अपरिचित ९जसलाई लोकन्तीले जन्ती, जन्तीले लोकन्ती र कसैकसैले पुरोहितका सहयोगी ठानिरहेछन्० को सक्रियता हेर्नलायक छ । अग्लो, ख्याउटे अनुहार, क्याप लगाएको ऊ दुवै पक्षलाई सहयोग गरिरहेको छ । यसो गर्नुस्, उसो गर्नुस् भनेर खटनपटनसमेत गर्दैछ । यत्तिकैमा खाने समय भयो, सबै भोजभतेर खान–खुवाउन व्यस्त भए ।
खानपिनपछि बाँकी विवाह प्रक्रिया सुरु भयो । दुलाहा–दुलहीले लगनगाँठो समातेर जग्गे परिक्रमा गर्ने बेला भयो । पुरोहितले विवाह–सम्बन्ध दिगो बनाउन राम्ररी कसिएको लगनगाँठो समातेर जग्गे परिक्रमा गर्न दुलाहा–दुलहीलाई अह्राए ।
लौ बर्वाद १ अघिसम्म जग्गेमै रहेको लगनगाँठो त्यहाँ देखिएन । कसले, कहाँ लग्यो रु हल्लीखल्ली भयो, तर भेटिएन । अचम्म त अघि लगनगाँठो कस्न सघाउने ती अनौठा व्यक्ति पनि त्यहाँ देखिएनन् ।
लगनगाँठो त उनैले टप्काएर भागेछन् । प्रहरी बोलाइयो । केहीबेरमै प्रहरी आए र निरीक्षण गरे । लगनगाँठो चोरिएको र ती अनौठा व्यक्ति कसैको निम्तालु वा सहयोगी नभएर चोर नै भएको खुल्यो ।
पण्डितले नयाँ लगनगाँठो कस्न लगाएर विवाह सम्पन्न गरे ।
चलचित्रको दृश्यझँ यो घटना सामाखुसीस्थित एबी पार्टी प्यालेसमा शुक्रबार भएको विवाहको हो । प्रहरीलाई खबर गर्ने र आफन्तले समेत वरपर खोजी गरे पनि ‘चोर’ भेटिएन । विवाहमण्डपमा फोटो र भिडियो खिच्नेहरुले समेत नजिकैका आफन्त ठानेर ती व्यक्तिलाई ‘फोकस’ गरेको बताए । हराएको लगनगाँठो चोर त्यही भिडियो हेरेर पहिचान भयो । प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले कम्तीमा एक÷डेढ घन्टा विवाहमण्डपमा सघाउँदा पनि दुवै पक्षका आफन्तले पत्तो पाएनन् ।