भारतमा जारी इन्डियन प्रिमीयर लिग आइपीएल क्रिकेटमा शनिबार मुम्बई इन्डियन्स र राजस्तान रोयल्स विजयी भएका छन् ।
जयपुरमा भएको पहिलो खेलमा राजस्तान रोयल्सले सनराइज हैदाराबादलाई ८ विकेटले हराएको छ । टस जितेर पहिला व्याटीङ गरेको हैदाराबादले खराब शुरुवातका बाबजुद ड्यारेन सामीले ६० रन जोडेपछि निर्धारीत २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । हैदाराबादको लागि अमित मिश्राले २१ र डेल स्टेनले नटआउट १८ रनको योगदान गरेका थिए । राजस्थानका लागि जेम्स फौल्क्नरले ५ विकेट लिए ।
१ सय ६१ रनको जिजयी लक्ष्य लिएर मैदानमा आएको राजस्तान रोयल्सका लागि शेन वाट्सनले अभिजित ९८ र राहुल द्रविडले ३६ रन बनाएपछि १३ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।
यस्तै गृह मैदानमा भएको खेलमा शनिबार अंक तालिकाको शिर्षस्थानमा रहेको रोयल च्यालेन्जर्स बैंलोरलाई ५८ रनले हराउँदै अंक तालिकाको मुम्बई चौथो स्थानमा उक्लिएको छ ।
टस जितेर पहिला व्याटीङ गरेको मुम्बइले द्वाने इस्थमितको ५० रनको मद्दतमा निर्धारीत २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । यस्तै मुम्बइका लागि दिनेश कार्तिक ४३, पोलार्ड ३४, तेन्दुलकरले २३ रनको योगदान दिएका थिए । १ सय ९५ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको बैंलोर निर्धारीत २० ओभरको खेलमा ७ विकेट गुमाउदै १३६ रनमा समेटीयो । विनय कुमार २६ र रवि राम्पालको २३ रनको अलावा अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
शनिबारको खेलपछि ९ खेल खेलेको बैंलोर १२ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा यथावत रहेको छ । यस्तै १ खेल कम खेलेको मुम्बई रनरेटमा हैदारावदलाई पछि पार्दै १० अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ । हैदारावाद पाँचौ स्थानमा छ । यस्तै चेन्नाइ ८ खेलबाट १२ अंकका साथ दोस्रो र राजस्तान १० अंकका साथ तेस्रो स्थानमा रहेका छन् ।