नेपालमा उत्पादीत पश्मीना तयारी कपडा र हस्तकलाका समान अमेरीका जाने गरेकामा कुकुरका लागि पनि छुर्पी निर्यात हुन थालेको खबर आजको नयाँपत्रिकामा छ ।
अमेरीकाका कुकुरका लागि नेपालको छुर्पी आहाराका रुपमा निर्यात हुनथालेपछि निर्यातसँगै मूल्य पनि बढेको छ ।
अमेरीकीले इलाम र पाँचथरका सिमावर्ती क्षेत्रका उद्योगबाट वर्षेनी घर पालुवा कुकुरका लागि छुर्पी लैजाने गरेका छन् । पाँचथरको प्राङ्बुङ र मेमेङबाट कुकुरका लागि छुर्पी निर्यात हुँदै आएको छ ।
सन् २००६ मा प्राङ्बुङ्को भैसेपोखरीमा खुलेको दुघ्ध प्रसोधन उद्योगले उत्पादीत छुर्पी अमेरीका पठाउँदै आएको छ । अमेरीकाबाट कुकुरो आहाराका लागि छुर्पीको माग बढेपछि उद्योगले हाल प्राङ्बुङ र मेमेङमा १० वटा भन्दा बढि उ-द्योगका शाखा खोली सकेको छ ।
इलामको जमुना र माइमझुवामा डेरी उद्योगले कमचिल्लोयुक्त छुर्पी उत्पादन गर्न थालेका छन् । छुर्पीको माग बढेँसँगै मूल्मा समेत वृद्धि भएको छ । एक वर्षअघि प्रतिकिलो २८० रुपैयाँमा विक्री हुने छुर्पीको मूलय अहिले प्रतिकीलो ५ सय रुपैया पर्न थालेका माइमझुवाका घिउ-छुर्पी व्यापारी ओम गुरुङले बताए ।