राजधानीको निम्स कलेज लैनचौरमा ११ कक्षाको अन्तिम दिनको परिक्षा सकेपछि १६ वर्षीया सदिक्षा सुवेदी(नाम परिवर्तन) क्याम्पस बाहिर आइनन्। सधै झै बाहिर पर्खेर बसेक बाबु छोरी नआएपछि अत्तालिए। क्याम्पसभित्र छिरेर छोरी यता उता खोजे, भेटेनन्। आफैँ गोंगबुस्थित घर गइन की भनेर घर पुगे। घरमा पनि छोरी थिइनन्। आजको कान्तिपुरमा खबर छ ।
सुवेदी पढ्ने रेडन कलेजमा पुगे। त्यहाँ पनि फेला परिनन्। उनका साथीहरुलाई फोन गरेर बुझ्दा छोरी परिक्षाहलबाट आधाघन्टा पहिले नै निस्किएकी रहिछन्। नातागोतातिर बुझे केहि पत्ता लागेन।
दिउँसो साढे १ बज्नै लाग्दा सुवेदीको घरमा भाडामा बस्ने दीपक नामको एक व्यात्तिको मोबाइलमा फोन आयो। सदिक्षाको नम्बरबाट आएको फोनबाट सदिक्षाले नै आफुँ अपहरणमा परेको बताइन्।
लगत्तै धरानमा रहेकी मामाकी छोरीलाई पनि फोन गयो। त्यता पनि क्याम्पसबाहिरबाट आफूँलाई तीन केटाले अपहरण गरेको बताइन्। एकछिनपछि मोबाइलमा म्यासेज आयो 'तिम्री छोरी जिउँदो चाहिए ५ लाख रुपैयाँ र गोगंबु घरको लालपूर्जा भक्तपुरको बाराही हलनजिक फोहोर थुपार्ने स्थानमा कालो प्लास्टिकमा राखेर फ्यालीदिनु' भन्ने सन्देश आयो।
अपहरणकारीले ५ लाख त मागे तर घरको लालपुर्जा कनि चाहियो?
फेरी एकछिनमा अर्को म्यासेज आयो ।' मलाई ठूलो बुबा (जो धुलीखेल क्याम्पसमा पढाएर बस्छन्) उनले अपहरण गराएका रहेछन्, अपहरणकारीले भनेको धुलीखेलतिर लैजादैछन् , मलाई बचाइदिनुहोस' लेखेको म्यासेज आयो।
प्रहरीले सदिक्षाको मोबाइलको लोकेशन हेर्यो, हेर्दात धुलीखेल भनेको त बल्खुतिर पो देखियो। विस्तारै विस्तारै फोन त धार्दिङ तिर लाग्यो। प्रहरीले अनुसन्धान गरिरहेको बेला उनको फोन त धरानमा देखियो।
प्रहरीले सदिक्षा बसेको सिटछेउमा बस्ने यात्रुको मद्धतमा उनलाई धरानस्थित स्थानिय प्रहरी कार्यालय पुर्याउन लगाइयो। उनी बस चढेर धरान लागेको थाहा पाएपछि प्रहरीले बस काउन्टरबाट बस र सिटका यात्रुको विवरण खोजी गर्दै सदिक्षाको सिट छेउमा बस्ने यात्रुको मोबाइल नम्बर फेला पारेर ती यात्रुबाट सहयोग लियो। अनि उनलाई काठमाडौं झिकायो।
काठमाडौं झिकाएर सोधपुछ गर्दामात्र थाहा भयो , यो अपहरण आफ्नै आमाले गर्न लगाएकी रहिछन्।