पिस प्यालेसले समेत चिनिने नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालत (इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्) रहेको भवनमा बुद्ध प्रतिमा राखीने भएको आजको कान्तपुरमा खबर छ ।
पिस प्यालेसको स्वामित्व लिएको कर्नेगी फाउण्डेशनले अनुमति दिएपछि आगामी १९ जुनमा प्रतिमा राख्ने तय भएको एनआरएन आइसीसी, बुद्ध प्रतिमा प्रतिस्थापन समितिका संयोजक सुरेन्द्र श्रेष्ठले जनाए । त्यहाँ राख्न २ दशमलब ५ फिट अग्लो प्रतिमा चार लाख ८० हजार रुपैयाँमा खरिद भइसकेको छ ।
श्रेष्ठका अनुसार बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलले बुद्ध प्रतिमा हस्तान्तरण गर्नेछन् प्रतिमा न्यायाधीशहरु रहेको भवनको तेश्रो तल्लामा राखिने छ ।