नयाँ शैक्षिक सत्रसँगै बजारमा नक्कली पाठ्यपुस्तकको खुलमखुला विक्री सुरु भएको छ। सरकारको लोगो र छाप दुरुपयोग गरि स्वीकृत मापदण्डभन्दा बाहिर गएर विद्यालयका पाठ्यपुस्तक धमाधम विक्री भइरहरेको आजको राजधानीमा खबर छ।
सरकारी स्वीकृत र मापदण्ड विपरित यस्ता पूस्तक कसले प्रकाशन गरेको भन्नेसमेत अन्यौल छ। कक्षा ६का लागि अंग्रजी माध्यममा तयार पारेर बजारमा पठाइएका सबै विषय पाठ्यपुस्तकमा शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको उल्लेख छ। तर, सरकारले भने हालसम्म ६ का लागि पाठ्यपुस्तक नछापेको जनाएको छ। यसरी बजारमा आएका पाठ्यपुस्तकमा प्रशस्त त्रुटी समेत देखिएका छन्।