सरकारले बहुचर्चित भ्याट छली प्रकरणमा मुछिएकाहरुमाथि फेरी अनुसन्धान सुरु गरेको छ। आन्तरिक राजश्व विभागले भ्याट छल्ने करको दायरामा नपरेका,र परेर पनि कर नतिरेका व्याक्ति, व्यापारीक फर्म र संस्थाबारे अनुसन्धान सुरु गरेको आजको नागरिकमा खबर छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्की नियुक्त भएको भोलीपल्ट अख्तियारले अर्थसचिव शानतराज सुबेदी लगायत उच्च पदाधिकारीलाई बोलाएर नक्कली भ्याट छलिका मुद्दालाइृ थप हेर्न निर्देशन दिएको थियो।'अहिले भ्याट सहित राजश्व छल्नेमाथि अनुसन्धान सुरु गरिएको छ ' विभागका महानिर्देशक टंकमणी शर्माले आइतबार भने,'विभागले अनुसन्धान गरिहेकै हो, अख्तियारको निर्देशनपछि थप तदारुकता आएको छ।' विभागसँगै मातहतका कर कार्यलय पनि अनुसन्धानमा लागेको उनले बताए।