चलक अनुमतिपत्र लाइसेन्स र सवारी दर्ता किताव ब्लु बुकलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने आयोजनामा दाता एसीयाली विकास बैक एडिबीले हस्तक्षेप गरेको छ ।
इातायात व्यवस्था विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रका केहि पदाधिकारीले चाहेको ठेकेदार छनौट गर्न सिफारिस गरेपछि एडिवीले आयोजनामा हस्तक्षेप गरेको आजको अन्नपूर्णपोष्टमा खबर छ ।
एक लाख ६० हजार स्मार्ट कार्ड तयार गरी लाइसेन्स र ब्लु बुक विस्थापित गर्ने आयोजनामा अनियमितता भएपछि एडीबीले आइन्दा यस्तो नगर्न सम्बद्ध निकायलाई चेतावनी दिएको छ । विभाग स्रोतका अनुसार गत जनवरीमा सरु भएको आयोजनामा भारतके मद्रास प्रिन्टीङ प्रेसलाई लाजमर्दौ हिसाबले सबैभन्दा बढि अंक दिएर पूर्व योग्यता छनोट सूचिमा राख्न आयोजनाले एडीबीसँग सिफारीस गरेको थियो । आयोजनाले वित्तिय रुपमा अति कमजोर अर्को इन्द्रा भनने कम्पनीलाई पनि बढि अंक दिएर पूर्ण योग्यता छनोट सूचिमा राखेको थियो ।