नाराणहिटी दरबार परिसरको पूर्व-उत्तरतर्फको क्षेत्रको गणतन्त्र स्मारक निर्माण गर्ने नाममा त्यसवरपर रहेका झन्डै २ सय रुख काटिएका छन् ।
भवन निर्माण विभागले सरकारसँग छलफल नै नगरी त्यहाँ रहेको नेपाली सेनासँग सामान्य कुराकानी गरी रुख काटेपछि काटिएका रुखको विषयमा प्रश्न उठ्न थालेको नेपाल सुमाचार पत्रमा खबर छ ।
नेपाल समाचारपत्र अघि लेख्छ- नारायणहिटी दरबार संग्रहालय विकास समितिको स्वामित्वमा रहेको उक्त स्थानमा रहेका ती रुख नेपाली सेनाले गायब बनाएको छ । सेनाले भने विभागसँग रुख काट्ने साधन नभएर सेनाको सहयोगमा रुख कटानी गरेको स्वीकार गरेको छ । झन्डै ५० बर्ष पुराना कटान गरिएका रुख कता पुग्यो भन्ने विषयमा सरकार नाजवाफ छ ।
गणतन्त्र स्मारक आयोजना प्रमुख मचाकाजी महर्जनले कटान गरिएका रुखका बारेमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । ‘स-साना रुखहरु सेनाले दाउराका रुपमा प्रयोग गरेको हुनसक्छ,’ उनले भने ।