स्वतन्त्र विद्यार्थी युनियन(स्ववीयू) निर्वाचनका लागि गरिएको एकमुष्ठ भर्ना खारेज गर्न त्रिभुवन विश्वविद्यालय पदाधिकारी र विभिन्न विद्यार्थी संगठनका नेता सहमत भएको आजको राजधानीमा खबर छ ।
विश्वविद्यालयमा बुधबार भएको छलफलमा २ र ३ जेठमा भएको एकमुष्ठ भर्ना खारेजी र जनआन्दोलन तथा अपाङ्गताका आधारमा गरिएके भर्ना छानबीन गर्ने सहमती भएको हो । जनआन्दोलनका नाममा विद्यार्थीहरुले देशभर एक हजार एक रुपैयामा भर्ना हुन पाउने छन् ।
त्रिचन्द्र, आरआर, त्रिवि केन्द्रिय क्याम्पस कीर्तिपुरलगायतमा नेविवसंघ, अनेराश्ववियु र अनेराश्ववियु क्रान्तिकारीले एकमुष्ट भर्ना गरेका थिए । त्यसका लागि आवश्वक प्रक्रिाया पुगेको छ या छैन ? भन्ने छानबिन गरिने भएको छ ।