नेपालमा चीन विरोधी गतिविधि तत्कालको लागि रोकीने भएको छ । भारतस्थित धर्मशालामा रहेको धर्मगुरु दलाईलामाको तिब्बती सरकारले नेपालमा रहेका तिब्वती शरणार्थीहरुको सुरक्षालाइई ध्यानमा राखेर तत्कालै चीन विरोधी गतिविधि नगर्ने निर्णय भएको आजको राजधानीमा खबर छ ।
वर्षेदेखि नेपालमा रहेका तिब्बती शरणर्थीहरुले फ्री तिब्बतको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । नेपाल सरकारले पछिल्ला केहि दिनदेखि उनीहरुको बस्ने क्याम्प गतिविधिमा कडा निगरानी गरेपछि दलाई लामाको निर्देशनमा उनको सरकारले सो निर्णय गरेको स्रोतले जनाएको छ । नेपालस्थित क्याम्प सञ्चालकसहित धर्मशालामा भएको मन्त्रिस्तरिय वैठकबाट सो निर्णभ भएको स्रोतले दाबी गरेको छ ।