देशभरका २३ नगरपालिकासँग आगलागी नियन्त्रणका लागि नभइनहुने दमकल छैन । उपत्यकाभित्रैको कीर्तिपुर, मध्यपुर ठिमीपनि यो न्यूनतम आवस्यकताबा्ट बेखबर भएको आजको कारोबारमा खबर छ ।
पर्यात्त सडक र बजेट नभएकै कारण नगरपालिकाले दमकल नराखेका हुन् । संघिय मामिलातथा स्थानीय विकास मन्त्रालयका अनुसार दमकलविहीन नगरपालिकाहरुमा खाँदबारी,धनकुटा, त्रियुगा, सिरहा, कमलामाई, भिमेश्वर, धुलिखेल, बनेपा, पनौती, रत्ननगर, तानसेन, वालिङ, व्यास, गोरखा, लेखनाथ, बाग्लुङ, वीरेन्द्रनगर, नारायण, दरथचन्द र अमरगढी छन् ।मन्त्रालयको नगरपालिका व्यवस्था शाखाका अनुसार खाँदबारी, अमरगढी, नारायण, दशरथचन्द, वालिङ लगायतका नगरपालिकाहरुमा पर्यात्त सडक नभएकै कारण दमकल व्यवस्था नभएको मन्त्रालयका प्रवक्त दीनेश थपलियाले बताए ।