गम्भीर अवस्थाका बिरामीको उपचार हुने सघन उपचार कक्ष (आइसियु) नेपालमा आफैं दीर्घरोगी छ । त्यहाँ न उपकरण छन्, न विशेषज्ञ । देशभरिका अस्पतालमा रहेका ५ सय शड्ढयाका खटिने विशेषज्ञ डाक्टर जम्मा पाँचजना छन् । आजको नागरिकमा खबर छ ।
नेपालका अधिकांश अस्पतालका आइसियुमा उपचार प्रभावकारी भए–नभएको क्षणक्षणमा जाँच्ने अत्यावश्यक एबिजी मेसिनसमेत छैन । ‘क’ श्रेणीका आइसियुका लागि आवश्यक जनशक्ति र उपकरणलाई आधार मान्दा कुनै पनि अस्पतालका एउटै आइसियु मापदण्डअनुरुप छैनन् । ‘वीर र शिक्षण अस्पतालका आइसियुमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उपकरण छैनन्,’ वीर अस्पतालका आइसियु विशेषज्ञ (इन्टेन्सिभिस्ट) डा. रविमान श्रेष्ठले भने, ‘सबैभन्दा भयावह अवस्था त जनशक्तिमा छ ।’
विज्ञहरुका अनुसार आइसियु वा भेन्टिलेटरमा राखिएका बिरामीलाई विभिन्न परीक्षणका लागि धेरै टाढासम्म लैजान नमिल्ने र अधिकांश परीक्षण तत्काल चाहिने भएकाले सबै सेवा त्यहीँ उपलब्ध हुनुपर्छ । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एएससिसिएम) का अध्यक्ष डा. मोदनाथ मरहठ्ठाका अनुसार २४ सै घन्टा इन्टेन्सिभिस्ट नभए पनि आइसियु कम्तीमा तालिमप्राप्त एनेस्थेसियोलोजिस्ट हुनैपर्छ ।
निजी अस्पतालका धेरै आइसियु नर्सको भरमा चलेका छन् । बिरामीको कुनै अंगले काम गर्न छाडेको अवस्थामा आइसियुमा राखिन्छ । विज्ञका अनुसार उचित इन्टेन्सिभ केयर पाए गम्भीर बिरामी पनि बाँच्ने सम्भावना अधिक रहन्छ
देशभरका ८० जति आइसियुमा ५ सयभन्दा बढी शड्ढया रहेको आँकडा छ । तर खास यही विषयका विशेषज्ञको संख्या भने जम्मा पाँचमात्र छ ।