विनाअनुमति सेवा परिवर्तन गर्ने स्वास्थ्य सेवाका एक कर्मचारीलाई सेवाबाट हटाइएको छ । नारायणी अञ्चल उपक्षेत्रीय अस्पताल पर्साको जनस्वास्थ्य शाखामा कार्यरत अनमी नानु श्रेष्ठलाई विनाअनुमति अस्पतालअन्तर्गतको विकास समितिमा जागिर खाएको भन्दै सेवाबाटै हटाइएको राजधानी दैनिकमा खबर छ । उनलाई करिब आठ महिनागावै २६ असोजमा स्वास्थ्य मन्त्रालयले सेवाबाट हटाएको भए पनि भर्खरै मात्र खुलासा भएको हो ।
१८ चैत ०३७ सालदेखि पर्साको जनस्वास्थ्य शाखामा अनमी पदमा कार्यरत श्रेष्ठ सात वर्षपछि १ वैशाख २०४४ मा अस्पतालअन्तर्गतको विकास समितिमा प्रवेश गरेकी थिइन् । २७ कात्तिक २०२९ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी श्रेष्ठले आफ्नो मान्छेको ‘फोर्स’ लगाई विकास समितिमा प्रवेश गरेकी थिइन् । सम्बन्धित निकायलाई जानकारी नै नगराई विकास समितिमा गएकी उनलाई सेवा परिवर्तन गरेको १ फागुन २०५२ मा मात्र थाहा भएको थियो । उनी कसरी विकास समितिमा गइन् भन्ने स्पष्ट प्रमाण अझै भेटिएको छैन । उनलाई आफूखुसी सेवा परिवर्तन गरेको भन्दै स्वास्थ्य सेवा विभागले पहिलो पटक २८ वैशाख २०५३ मा सेवाबाट हटाएको छ ।