पर्शुराम बस्नेत ४ जेठमा एमाले भातृ संगठन मोरङमा गरेको कार्यक्रममा प्रमुख अतिथि थिए। तर, उनी पक्राउ पर्ने भएपछि अघिल्लो दिनदेखिनै बेपत्ता भएको आजको नयाँपत्रिकामा खबर छ।
उनी विराटनगरमा खुलम खुल्ला रूपमा बसुन्जेल प्रहरीले ोजी नै गरेन। नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूरोले डनहरूमाथि समपत्ति शुद्धिकरण आयोगले मुद्दा दर्ता गर्न निश्चित भएपछि विराटनगर घर भएका डनहरू अभिषेक गिरी र पर्शुराम बस्नेतलाई पक्राउ गर्न जेठ १ मै मोरङ प्रहरीमा सर्कुलर गरेको भएपनि प्रहरीले जेठ ३को साँझ मात्र गिरी र बस्नेतको घरमा प्रहरीले छापा मारेको थियो।
आफू प्रमुख अतिथि बन्ने कार्याक्रमको प्रचार प्रसार गर्न गाँउ पुगेका बस्नेतलाई प्रहरीस्रोतबाट पक्राउ गर्ने जानकारी पाएपछि बस्नेत र गिरी उतैबाट भु्मिगत भएका थिए।