शिक्षकहरू शिक्षक सेवा आयोगको परिक्षाको तयारीमा लागेपछि देशभरका सरकारी तथा सामुदायिक विद्यालयको पठन–पाठन ठप्प भएको छ। काठमाडौंका सरकारी तथा सामुदायिक विद्यालयले पनि परिक्षाको तयारीका लागि भन्दै विद्यालय बन्द गराएको खबर आजको कारोबारमा छ।
आगामी विहिबार, शुक्रबार र शनिबार आयोगको परिक्षा हुँदैछ।