सरकारले मन्त्रालयका सचिव तथा सह–सचिवहरुलाई गैर सरकारी संस्थाको आर्थिक सहयोगमा विदेश जान प्रतिबन्ध लगाएको आजको नयाँ पत्रिकामा खबर छ। मन्त्रालयको प्सासनिक नेतृत्वमा रहेका सचिवह तथा सहसचिवहरु हप्तौसम्म मन्त्रालयको काम छोडेर लगातारविदेश जाने क्रम बढेपछि सरकारले रोक लगाएको हो।
अब सरकारका सचिव तथा सहसचिवहरुले सरकारी काम तथा बाहिरी देशका सरकारी निकायले आमन्त्रण गरेका महत्वपूर्ण कार्यक्रममा बाहेक अन्य प्रायोजनमा विदेश जान नपाउने भएका छन्। कुनैपनि मन्त्रालयका सचिवहरु विदेश भ्रमणमा जानुपूर्व मन्त्रिपरिषद वैठकबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ।